×

Nic Asia
Marvel

राजनीतिसँगै उद्मम

जनताको सेवा सँगसँगै व्यवसायमा रमाएका यी नेताहरू

बुटवल | पुस १७, २०७८

NTC
TVS INSIDE

राजनीतिमा झण्डै ३ दशक बढी खर्चेका रूपन्देहीको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले राजनीतिसँगै स्वाभिमानको लागि उद्यमी बन्नुपर्छ भन्ने राम्रोसँग बुझेका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

मेयर हुनु अघिदेखि नै खत्री पशुपालन र दुग्ध उत्पादनसँग जोडिँदै आएका हुन् । उनको देवदहमा शिवगंगा डेरी उद्योग र गोधुली डेरी सप्लायर्स थियो ।


Advertisment
NMB BANK
Saurya island

जनताको सेवासँगै गत वर्षदेखि उनले देवदह ग्रीन एग्रो एण्ड रिसर्च एण्ड रिसोर्स प्रालि सञ्चालनमा ल्याएका छन् । १ करोड ५० लाख लगानीमा सञ्चालनमा ल्याइएको एग्रो फर्ममा सामूहिक रूपमा उत्पादनसँग जोडिएका हुन् खत्री ।

नेपाली कांग्रेस रुपन्देहीको १ नम्बर क्षेत्रमा संस्थापन समूहबाट क्षेत्रीय सभापतिमा निर्वाचित खत्री राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । उनी राजनीतिसँगै दुध उत्पादन र प्रशोधनमा रमाएका छन् । 

Vianet communication
Maruti inside

नेताहरू राजनीति गर्न आत्मनिर्भर पनि हुनुपर्ने उनले बताए । ‘राजनीति गर्ने नेताहरूले भाषण मात्र गर्ने होइन, केही आफैं गरेर देखाउन सक्नुपर्छ,’ खत्री भन्छन्, ‘कृषिमैत्री नीति निर्माण गर्ने, अनुदान किसानसम्म पुग्ने वातावरण बनाउनेदेखि आफैं उत्पादनसँग जोडिन सक्नुपर्छ ।’

खत्रीको एग्रोले अहिले उत्पादन दिन थालिसकेको छ । स्ट्रवेरी, सन्डोबी (कोरियन फर्सी), वाटरमेलन, लोकल काक्रो, करेला जस्ता उत्पादनले बजार लिन थालेको छ । जहाँ थोपा सिचाइँ प्रणाली र प्राङ्गारिक मल प्रयोग गरी ग्रीन हाउसभित्र उत्पादित बेमौसमी तरकारी अहिले सबैको रोजाइमा परेको छ ।

उनको परिवार नै कृषिमा जोडिएको छ । जनतासँग भिजेका जनप्रतिनिधिको छवि बनाइसकेका खत्री कृषि क्षेत्रलाई हेर्न दृष्टिकोण परिवर्तन गर्न लागेका हुन् ।

‘हलो जोत्नेलाई हली र गोबर सोहोर्नेलाई गोठालो भन्ने होइन,’ मेयर खत्री भन्छन्, ‘कृषि पेशा सम्मानको पेशा नबन्दासँग नेपालको कृषि क्षेत्रको व्यावसायिक विकास हुँदैन । युवा शक्तिले कृषिमा रचनात्मक काम नगरेर देश बिग्रिएको हो ।’ खत्रीले नगरमा कृषि उत्थानका विभिन्न कार्यक्रम अगाडि सारेका छन् । 

... ...

जिल्लाकै सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारू अध्यक्षमा निर्वाचित भएपछि पनि मोटरसाइकलमा दूध बिक्री गर्न घरघर पुग्थे । धेरै दूधवाला मेयर (गाउँघरतिर अध्यक्षलाई पनि मेयर भन्छन्) भन्न थालेपछि उनले त्यो काम कामदारलाई सिफ्ट गरे । २५ वर्षदेखि व्यावसायिक गाईपालन गर्दै आएका थारूको सियारी–२ भगदरीमा कामधेनी पशु फर्म छ, जहाँ ७० वटा दुधालु गाई छन् ।

थारूले अहिले पनि दैनिक ६०० लिटर दूध बुटवल, भैरहवा हुँदै भारतको कोल्हुई बजारसम्म पुर्‍याउँछन् । ४ दशकदेखि एमालेको राजनीति गर्दै आएका उनले आफ्नो कृषि कर्मलाई कहिल्यै छाडेनन् । उनी २०५४ सालमा तत्कालीन मैनहियाको अध्यक्षमा पनि निर्वाचित थारू अहिले पनि बिहान–साँझ आफैं गाईको भकारो सोहोर्छन् । गोबर फाल्दा आफूलाई गर्व लाग्ने थारू बताउँछन् । थारूले अहिले पनि दूध बिक्रीबाटै मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य र गाउँपालिका इन्चार्ज समेत रहेका थारू नेताहरूले मेहनत गरेर आफैं कमाउनुपर्ने बताउँछन् । ‘राजनीतिलाई सेवा नभई कमाउने पेशा बनाउनु गलत छ,’ अध्यक्ष थारू भन्छन्, ‘नेताहरूले मेहनत गर्नुपर्छ । मलाई दूधवाला भन्नेहरूले अहिले अयोध्याले राम्रो गरेको रहेछ भन्ने बुझे । झूटको राजनीति र भाषण ठीक होइन, नेता आफैं उत्पादनसँग नजोडिँदासम्म कार्यकर्ताले विश्वास गर्दैनन् ।’

गाउँलाई दूध उत्पादनको पकेट क्षेत्र बनाउन उनले बाच्छी हुर्काउने कार्यक्रम ल्याएका छन् । जुन किसानले १० महिनाको गाईको बाच्छी हुर्काउँछन्, उनीहरू १० हजार रुपैयाँ अनुदान पाउँछन् । थारू भन्छन्, ‘१० महिनाको बाच्छी ब्याउने भएपछि १ लाख रुपैयाँमा बिक्री हुन्छ । अहिले किसानहरू बाच्छी हुकाउन लागेका छन् ।’

२०५२ सालदेखि गाईपालनमा लागेएका थारूले आफ्नो फर्मलाई २०६५ सालदेखि व्यावसायिक बनाएका हुन् । युवाशक्तिले रचनात्मक केही काम नगरी भाषण, सभा र गुण्डागर्दीमा लाग्दासम्म देशमा सच्चा परिवर्तन हुन नसक्ने थारूको बुझाइ छ ।

उनी भन्छन्, ‘मेहनत गरेर आफैं नकमाएसम्म घर खर्च त चल्दैन, देश कसरी चल्छ ? मागेर होइन, कमाएर केही गरेर दिन सक्नुपर्छ ।’

... ...

पार्टीको राजनीतिबाहेक अन्य काम नगर्ने युवा व्यवसायतिर आकर्षित हुने क्रम बढिरहेको छ । रूपन्देहको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट ‘राहुल’का हातमा कुनै बेला बम, बारूद र गोली हुन्थे । अहिले उनको हातमा माछाका दाना हुन्छन् ।

दशकसम्म जनयुद्वमा लडेका राहुलले त्यो बेला कति बंकर खने तर अहिले तिनै हातले माछापोखरी खनेर व्यावसायिक माछापालनमा छन् उनी । हिराले माछापालनबाट वार्षिक ५० लाख रुपैयाँ आम्दामी गर्छन् । उनले १५ विगाहा क्षेत्रफलमा ३० वटा पोखरी निर्माण गरी माछा पालेका छन् ।

राजनीतिक परिवर्तनसँगै अब कृषि र पशुपालनबाट मात्र नेपालको समृद्धि सम्भव रहेको भन्ने निचोडका साथ उनले आफू कृषिमा जोडिएर उद्यम बन्ने लक्ष्य लिएका छन् । बिस्तारै–बिस्तारै अब नेताहरू उद्यममा नजोडिई सुखै नहुने अध्यक्ष राहुलले बताए ।

‘नेताको भाषणले देश विकास हुँदैन,’ अध्यक्ष केवट भन्छन्, ‘राजनीति विना लगानी सम्पत्ति कमाउने क्षेत्र होइन, आफै उद्यम गर्नुपर्छ र बल्ल कार्यकर्ताले सिक्छन् ।’ 

नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य केवट माओवादी केन्द्रीय सदस्य बन्नका लागि माओवादी महाधिवेशनमा सहभागी लागि काठमाडौं पुगेका छन् । 

उनी जनताको सेवाबाहेक अन्य समय माछापालनमै रमाउँछन् । ‘अफिसियल कामबाहेक चोकमा बसी फाल्तु कुरा गरेर समय कटाउँदिनँ । माछा र आफ्नो उद्यमलाई समय दिन्छु,’ गर्वका साथ अध्यक्ष केवटले भने । 

गाउँबाट रित्तै शहर पसेका नेताहरू भव्य महल र बिलासी जीवनशैली बाँचेर भोका कार्यकर्तालाई कुदाउने प्रवृत्ति बढेकोमा उनी असन्तुष्ट छन् । ‘राजनीति सेवा नभई कमाउने पेशा बन्नु गलत हो,’ उनी भन्छन्, ‘नेताको आयस्रोत र जीवनशैली पारदर्शी हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’

कृषिमा जोडिएको केवट परिवारको घरमा बुटवल, भैरहवा र पश्चिम क्षेत्रका बिक्रेताहरू बिहानै माछा लिन पुग्छन् । 

उनी अध्यक्ष हुनुअघिसम्म आफैं माछालाई बजारसम्म पुर्‍याउँथे तर अहिले त्यो काम गर्दैनन् । बजारसम्म माछा लैजाने बेलासम्म जीपमा माछा लोड गर्छन् । बिहान उठेर पार्टी कार्यालयमा पुगी झण्डा र पर्चा बोक्ने मात्र नभई युवाहरू उद्यममा जोडिएपछि मात्र समृद्धि सम्भव हुने राजनीति, जनसेवा र कृषिमा लागेका नेताहरू बताउँछन् । 

TATA Below
NLIC
जेठ ११, २०७९

ठूला राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।  उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने ...

जेठ ११, २०७९

तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएकी हुन् ।  खड्काले ३१ हजार ४०८ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गेहेन्द्...

जेठ ११, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन् ।  नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले आज यहाँ आय...

जेठ ११, २०७९

नेकपा एमाले संसदीय दलको बैठक बुधवार संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरू भएको छ ।  विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र संसदमा पार्टीको भूमिकाबारे छलफल गर्न बैठक बसेको हो ।  ...

जेठ ११, २०७९

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन् ।  बुधवार न्युज ए...

जेठ ११, २०७९

राष्ट्रिय सभामा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । एमालेका सांसद देवेन्द्र दाहालले बुधवार राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका हुन् ।  दाहालक...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x