×

Nic Asia
Marvel

घुम्तीमा चालकले गाडी मोड्न नसक्दा बुटवलबाट शव बोकेर रिडी जाँदै गरेको बस आइतवार पाल्पाको रिब्दीकोट गाउँपालिका–२ मा दुर्घटना हुँदा ७ जनाको अकालमै ज्यान गयो । 

IME BANK INNEWS
morang Auto yamaha

बुटवल–१७, रानीगञ्जका ७० वर्षका वीरबहादुर विश्वकर्माको शवलाई दाहसंस्कारका लागि गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल धार्मिक तीर्थस्थल रिडी लैजाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पा–तम्घास सडकखण्डअन्तर्गत पर्ने लघुवाबाट ५० मिटर तल खसेको थियो । 


Advertisment
NMB BANK
Saurya island

दुर्घटनामा मलामी गएका गाडीमा सवार ३५ जनामध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । १५ जना घाइते छन् । 

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनामा मृत्यु हुनेमा अर्घाखाँची मालारानी गाउँपालिका–२ का शंकर विक (२५), मोहन कुँवर (३६), भोजेन्द्र विक (२८), अर्जुन विक (३३), रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ का विजय थापा (३२), पशुपति रसाइली (३०), खुमबहादुर थापा (४०) रहेका छन् । 

Vianet communication
Maruti inside

मृतकमध्ये ४ जनाको शव गाडीले च्यापिएको अवस्थामा थियो । एक्जाभेटरले गाडी हटाएर ती शव निकालिएको थियो । 

पशुपति वीरबहादुरका छोरा हुन् । वीरबहादुको इच्छाअनुसार उनको दाहसंस्कारका लागि बुटवलबाट झण्डै १०० किलोमिटर टाढा रिडीतर्फ गाडी जाँदै थियो । बुबाको चाहना पूरा गर्न जाँदै गरेका उनी अन्ततः आफैँ रहेनन् । 

बुटवलबाट बिहान साढे ७ बजे हिँडेको गाडी पौने ११ बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले चालक सकुशल रहेकोले उनलाइ नियन्त्रणमा लिइएको बताए । ‘घुम्ती, चिप्लो र ओरालो सडकमा चालकले मेसो नपाउँदा दुर्घटना भएको देखिन्छ,’ त्वाँतीले भने, ‘पाल्पा–गुल्मी सडक साँघुरो छ । त्यो दुर्घटनाग्रस्त क्षेत्र पनि हो ।’ 

दुर्घटनामा घाइते हुनेहरूमा बुटवल–१७ का ३८ वर्षका विशाल रसाइली, सैनामैना–६ का ३१ वर्षका मीरा रामदास, सोही ठाउँका श्यामबहादुर विक, बुटवल–१७ का ४५ वर्षका धनबहादुर सुनार, अर्घाखाँची पाणिनी–१ का ५४ वर्षका गोपाल नेपाली, अर्घाखाँची छत्रकोट–३ का ४३ वर्षका लालबहादुर विक, मालारानी–२ का ३७ वर्षका रमेश टोहटो, तिलोत्तमा–१४ का ४५ वर्षकी दिलमाया सुनार, सोही ठाउँकी ४५ वर्षकी तारा सुनार रहेका छन् । 

यस्तै अर्घाखाँची, मालारानी–२ का ३९ वर्षका तुल्सीराम विक, सोही ठाउँका २२ वर्षका दीपक विक, बुटवल–१२ का ४८ वर्षका माधवप्रसाद बस्याल, मालारानी–२ का ४० वर्षका अर्जुन रसाइली, सोही ठाउँकै ३५ वर्षका लक्ष्मण टोहटो, सोही ठाउँका २७ वर्षका विष्णु विक घाइते छन् । उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रभास र मिसन अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनामा घाइते यात्रु थम्मन पचभैयाले पहाडमा नचलाएको चालकलाई गाडी चलाउन दिँदा दुर्घटना भएको बताए । ‘म गाडीको बीच भागतर्फको सिटमा बसेको थिएँ,’ घाइते पचभैयाले लोकान्तरसँग भने, ‘ठूलो बस, चालकले पहाडमा कहिल्यै चलाएका छैनन् भन्थे । जब बाटो ओरालो आयो चालक ‘होपलेस’ भए । गाडी हेर्दाहेर्दै सडक छाडेर ढल्यो ।’  बसमा यात्रा गरेका घाइते कृष्णबहादुर नेपालीले ओरालो बाटो र शीतले भिजेर चिप्लो र  घुम्तीका कारण चालक अलमल पर्दा दुर्घटना भएको हुन सक्ने बताए ।  

तर, चालकले पहाडमा चलाएको हो कि होइन भन्ने आफूलाई जानकारी नभएको त्वाँतीको भनाइ छ । 

चालक पाल्पाको रम्भा गाउँपालिका–१ का ५८ वर्षका रुक्मांगत बस्याल प्रहरी नियन्त्रणमा छन् । 

उनी दुर्घटनाको एक घण्टापछि आफैं प्रहरी कार्यालय पुगेका थिए । दुर्घटनापछि अहिले बुटवल–१७ रानीगञ्ज र अर्घाखाँचीको मालारानी शोकमा डुबेको छ ।

TATA Below
NLIC
जेठ ११, २०७९

वैदेशिक रोजगारी ठगी कसूरमा सजाय सुनाइएका बागलुङका एक पुरुषलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ ।  बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्...

जेठ ११, २०७९

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाबीच मङ्गलबार मुख्यमन्त्री कार्यालयमा भेटवार्ता भएको छ । कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत सञ्चालित ...

जेठ ११, २०७९

काभ्रेको पनौतीमा धान रोपाइँ शुरू भएको छ । सामान्यतया देशका अन्य भागमा असार लागेसँगै रोपाइँ शुरू हुने भए पनि यहाँ भने जेठमै शुरू भएको हो । केही दिनदेखि पानी परेकाले पनि किसानलाई सहज भएको छ ।  ...

जेठ ११, २०७९

विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी देश जाम्बियाको झण्डा फहराइएको छ ।  नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो ।&n...

जेठ ११, २०७९

मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार ...

जेठ ११, २०७९

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षकलाई बर्खास्त गरिएको छ ।  काठमाडौं चावहिलमा रहेको कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x