×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

बालबालिकालाई विद्यालयमै प्राविधिक शिक्षा दिनुपर्छ : मुख्यमन्त्री भट्ट

डोटी | पुस २२, २०७८

NTC
TVS INSIDE

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै विद्यालयमा अनिर्वायरूपमा प्राविधिक पढाइ हुनुपर्ने बताएका छन् ।

Sanima Bank
morang Auto yamaha

डोटी जिल्लाको शिखर नगरपालिका–६ स्थित हरिहर माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा बिहीवार उनले अहिलेको आवश्यकता भनेको प्राविधिक शिक्षा भएकाले सबै विद्यालयमा अनिवार्य प्राविधिक विषय पढाइनुपर्ने बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

उनले भने, ‘आजको समाज प्रविधिमय भइसकेको छ, डिग्री गरेका युवा बेरोजगार छन् । रोजगारीमूलक प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्छ, अब बालबालिकालाई विद्यालयमै प्राविधिक शिक्षा दिनुपर्छ ।’

प्राविधिक शिक्षाको थालनी गर्ने विद्यालयलाई प्रदेश सरकारले पूर्णरूपमा सहयोग गर्ने समेत मुख्यमन्त्री भट्टले आश्वासन दिए । प्रदेश सरकार पनि प्राविधिक शिक्षा क्षेत्रमा लगानी गरिरहेकाले सबै क्षेत्रका विद्यालयमा अब प्राविधिक पढाइ हुनुपर्ने उनको भनाइ थियो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्राविधिक शिक्षा सञ्चालन नभएका कारण पनि शिक्षा क्षेत्रमा विकास हुन नसकेको मुख्यमन्त्री भट्टको जिकिर थियो । प्रदेश सरकारको कूल ४० लाख रुपैयाँको आर्थिक सहयोगमा निर्मित विद्यालयको २ तले भवनको समेत मुख्यमन्त्री भट्टले बिहीवारै उद्घाटन गरेका थिए ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

बाहुनले मात्रै पढ्ने र कामै नलाग्ने भाषाको रूपमा लिइने संस्कृत भाषामा अब जनजातिका छोराछोरी पनि रमाउन थालेका छन् । कुनै बेला नेपाली पाठ्यक्रममा अनिवार्य विषयको रूपमा समावेश गरिएको संस्कृत भाषाको पढाइमा १०...

माघ ७, २०७८

पूर्वाञ्चल विश्वविद्यालयले सबै परीक्षाहरू स्थगित गरेको छ ।  कोरोना संक्रमणको जोखिम बढेको भन्दै माघ ९ गतेदेखि माघ मसान्तसम्मका सम्पूर्ण परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।  पूर्वप्रकाशित ...

माघ ७, २०७८

शैक्षिक गुणस्तर मापनमा उत्कृष्ट भएपछि बुटवल उपमहानगरले शैक्षिक गुणस्तर सुधारमा नौलो अभ्यास शुरू गरेको छ । बुटवलका सबै विद्यालयको गुणस्तर अभिवृद्धि गराउँदै कमजोर विद्यालयको गुणस्तर वृद्धि गर्न ‘सिंगो बुट...

माघ ७, २०७८

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड-१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ । ...

माघ ६, २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययनरत एमबीबीएस विद्यार्थी बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको बताएका छन् । संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालय...

माघ ६, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले पूर्वाञ्चल विश्वविद्यालयले लिइरहेको बीए एलएलबी चौथो वर्षको परीक्षालाई निरन्तरता दिने कि कोभिड–१९ संक्रमणको दर उच्च दरमा बढेकाले केही समय रोक्ने भनेर टेलिफोनमा संवाद गरेका छन् । ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...