×

Dabur
Nic Asia
Marvel

'पुष्पा'बारे अल्लू अर्जुनलाई प्रश्न- यो लुक्समा आउन कति समय लाग्यो ?

काठमाडाैं | पुस २४, २०७८

TVS INSIDE

दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा–द राइज’ले रिलिजदेखि नै बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ ।

morang Auto yamaha

‘पुष्पा–द रुल’ को छायाँकन कहिलेबाट शुरू गर्नुहुन्छ ?


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

दुई महिनापछि ‘पुष्पा २’ को छायाँकन शुरू हुनेछ । म केही दिन आराम गर्न चाहन्छु । ‘पुष्पा–१’ देखि ‘पुष्पा–२’ बीचमा ३०–४० दिनको ब्रेक लिँदैछु । यो समय म कतै गएर बिताउन चाहन्छु ।

‘पार्ट–१’ भन्दा ‘पार्ट–२’ बाट दर्शकले बढी अपेक्षा गरेका छन्, के होला ?

Vianet communication
Maruti inside

हामीले ‘पुष्पा–१’ भन्दा ‘पुष्पा २’ मा धेरै काम गर्नुपर्नेछ किनभने हामीले यति ठूलो अवसर पाएका छौं । त्यसैले हामीले राम्रो उत्पादन बनाउनु पर्छ, यसका लागि हामी थप प्रयास गरिरहेका छौं । भाग २ मा धेरै चुनौतीहरू छन्, यो धेरै रमाइलो पनि हुनेछ।

‘पुष्पा’ ब्लकबस्टर बन्यो, तर पहिलो सकारात्मक प्रतिक्रिया कसको थियो ?

मेरो संगीत निर्देशक देवीश्री प्रसादले संगीत गरिरहनुभएको हुनाले हाम्रो पहिलो अडियन्स पनि उहाँ नै हुनुहुन्थ्यो । उहाँलाई यो फिल्म निकै मन पर्यो । त्यसपछि हाम्रो सम्पादकबाट प्रतिक्रिया प्राप्त भयो । सम्पादन गर्दा उहाँले अभिनय हेरिरहनुभएको थियो, त्यसैले उहाँलाई पनि फिल्म निकै राम्रो लाग्यो । दुवैबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो ।

बलिउडमा कुन निर्माता–निर्देशकसँग काम गर्न चाहनुहुन्छ ?

म राम्रो स्क्रिप्ट लिएर आउने जो कोहीसँग काम गर्न चाहन्छु । बलिउडमा धेरै राम्रा फिल्ममेकर छन् । म राम्रो प्रोजेक्ट गर्न चाहन्छु, यसका लागि म खुला नै छु । तर, अहिलेसम्म यस्तो कुरामा कसैले सम्पर्क गरेका छैनन् ।

तपाईंले भन्नुभएको थियो, दुई वर्षमा बलिउडमा केही गर्छु ?

एक–दुई अनौपचारिक बैठक बसे पनि निर्णय भने भएको छैन । कहिले पार्टी आदिमा फिल्मकर्मी भेटिन्छन्, नमस्तेपछि पक्कै पनि सँगै केही राम्रो गर्छौं भन्नुहुन्छ । जब केही हुन्छ तब थाहा भइहाल्छ । यी सबै कुराहरू अहिलेसम्म भएका छन्, तर केही टुंगो लागेको छैन ।

बलिउडमा कुन नायक-नायिकासँग स्क्रिन सेयर गर्न चाहनुहुन्छ ?

मलाई त्यो क्यारेक्टर मन परेको जो कोहीसँग काम गर्न मन लाग्छ । म स्क्रिप्ट धेरै महत्त्वपूर्ण मान्छु । स्क्रिप्टले माग गरेको कलाकारसँग काम गर्न चाहन्छु । मेरो त्यस्तो व्यक्तिगत मनपर्ने कोही छैन । आवश्यकता मेरो मनपर्ने हो । यदि मैले आवश्यकता अनुसार कलाकार पाएँ भने मलाई रमाइलो लाग्छ । जब म स्क्रिप्ट सुन्छु, तब अनुभूति आउँछ कि यो क्यारेक्टर यो कलाकारले गर्नुपर्छ ।

साउथका स्टारजस्तो फ्यान फलोइङ अरू उद्योगमा देखिँदैन, के भन्नुहुन्छ ?

यस्तै छ यहाँको जनताको माया । म धेरै भाग्यमानी छु कि फ्यानहरुको यति धेरै माया पाएको छु । धेरै माया र सम्मान गर्छन् । हामी हाम्रा फ्यानहरूलाई पनि धेरै माया गर्छौं र जिम्मेवार महसुस गर्छौं । मैले केही गल्ती गरेमा त्यसको असर पर्छ भन्ने जिम्मेवारी पनि मेरो हो । त्यसैले म अलि सामाजिक सचेत छु । गिफ एण्ड टेक जस्तै हो ।

फिल्ममा एउटा संवाद छ कि 'पुष्पा झुकेगा नहीँ' वास्तविक जीवनमा यस्तो कुनै फिलोसोफी छ ?

हो, पक्कै पनि हो। म झुक्ने छैन । म पछाडि फर्कने छैन । मलाई अगाडि बढ्नु छ ।

पुष्पराज भन्छन्– यो ब्राण्ड आफैँले बनाएको हो, यहाँसम्म आइपुग्दा कतिलाई श्रेय दिने र आफूले कति लिने ?

यो सबै दर्शकको माया हो, यसमा मेरो केही छैन । यहाँसम्म पुग्ने श्रेय दर्शकलाई जान्छ ।

हिन्दी सिनेमामा कुन फिल्ममेकरलाई विश्वास गर्नुहुन्छ, जसले पर्दामा आफ्नो ट्यालेन्टलाई राम्रो तरिकाले देखाउन सक्छ ? 

हामी साउथ इन्डियन हौं र कमर्शियल फिल्म गर्छौं । यदि हामी व्यावसायिक फिल्मको विधाको कुरा गर्छौं भने रोहित शेट्टी बलिउडमा उत्कृष्ट व्यावसायिक फिल्म निर्देशक हुन् ।

पात्रभन्दा बिल्कुलै फरक हुनुहुन्छ, यो लुक्समा आउन कति समय लाग्यो ?

चार लुक टेस्ट दिएँ, जसमध्ये एउटा फाइनल भयो । एकपछि अर्को लुक टेस्ट गरिरहँदा यी चार वटा लुक टेस्ट दिन पूरा दुई महिना लाग्यो । -भास्करबाट

Mega
TATA Below
NLIC
असार ९, २०७९

स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रवार धनगढीमा विशेष कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन तथा कलाकार क्षेत्रीलाई ...

असार १२, २०७९

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घनचक्कर’ले निकै कमजोर व्यापार गरेको छ । चलचित्र प्रदर्शनको दुईदिनमै धेरै हलबाट उत्रिसकेको छ । वितरक सुनिल मानन्धरले चलचित्रको व्यापार निकै कमजोर रहेको जान...

असार ८, २०७९

गीतकार प्रकाश योन्जनले यो वर्षको संस्करणमा नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२२ मा सर्वोत्कृष्ट गीतकारको उपाधि पाएका छन् । यस वर्ष ‘परदेश’ गीतका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। टीका बम्जनले ...

असार ८, २०७९

एकता कपूरको टेलिभिजन शो नागिन ६ निकै लोकप्रिय छ ।  यस सिरियलमा अहिले नयाँ ट्वीस्ट आएको छ ।  यस शोमा अहिले यतिको ‘इन्ट्री’ भएको छ । शेष नागिनसँग युद्ध गर्नका लागि यति आएको छ ...

असार १३, २०७९

असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ ।  राजधानीस्थित नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समया...

असार १५, २०७९

सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ कात्तिकमा प्रदर्शनमा आउने भएको छ । बुधवार पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले कात्तिक १८ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।  पोस्टरमा...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

ad
x