×
Bajaj Top
Khukuri
FONEPAY

अस्थायी टहरामा डोजर चलेपछि बाढीपीडितको बिचल्ली

खोला र डोजरले खेदेका दुलारीहरूको कथा

काठमाडाैं | पुस २७, २०७८

NTC
TVS INSIDE

कैलालीको भजनी नगरपालिका ७ हिम्मतपुरकी ८० वर्षीया दुलारी थरुनी पहिले बस्दै आएको घर भएको ठाउँमा मोहना नदी बग्दैछ । वनको छेउमा बनाइएको ओत लाग्ने टहरामा वनले डोजर चलाएपछि उनी स्तब्ध छिन् ।

Sanima Bank
morang Auto yamaha

जीवनमा यसरी विपत्ति आउनुमा उनी आफ्नै कर्म खोटो भएको ठान्छिन् । थारु लोकलयको ढमार भाका गुनगुनाएर चित्त बुझाउँछिन् अचेल, ‘मनमे सोचु करममे लागल आग किहिरे लगाउँ बदनाम हो ? (अर्थ : आफ्नो कर्ममा आगो लागेपछि कसलाई दोष लगाउनू ?)’


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

पुस ७ गते बाढीपीडितको नाममा वन अतिक्रमण भएको भन्दै सब-डिभिजन वन कार्यालय भजनीले बाढी प्रभावितहरू बस्दै आएको बस्तीमा डोजर चलाएको हो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

टहरा उजाडिएपछि उनी जाग्राम बस्न थालेको ३ साता पुगेको छ । यो बुढेसकालमा अझै माघको कठ्यांग्रिँदो जाडो कसरी सहने भन्ने पिरलो दुलारीलाई छ ।

टहराबाट त्रिपालमुनि पुगेको बताउँदै उनले भनिन्, ‘यहे त्रिपालभिटट्र सुट्ठी । रातके शीत टपकके सारा पठ्री ठकठक होजाइठ । रातभर लुगलुग–लुगलुग करके बैठल रठु, कि आगी तापके रात कटैठु । (अर्थ : यही त्रिपालमुनि सुत्छौं । राति शीत चुहिएर ओछ्यान भिज्छ । काँपेरै बस्छु । कि आगो तापेरै रात बिताउँछु ।)’

दुलारीका ७ छोरा छन् । उनी कान्छो छोरासँग बस्छिन् । गत साउनमा मोहना नदीमा आएको बाढीले उनको पुरानो बस्तीको घर लग्यो । हाल पुरानो घर भएको स्थानमा मोहनाको धार बग्छ ।

बाढीको बितण्डा स्मरण गर्दै उनले भनिन्, ‘घरेम सुटल रहु हेरो । एक फाले पानी पैठगिल । पुठ्ठासम पुगगिल । घरेक् खुटा पकरके मरगिनु रेउ, मरगिनु रेउ, कहिके चिल्लाइ लग्नु टे मनै आएके बचैलै । (घरमा सुतेकी थिएँ । एक्कासि पानी पस्यो । कम्मरसम्म पुग्यो । घरको खामा समातेर कराएँ, मरेँ-मरेँ भनेपछि मान्छेहरू आएर बचाए ।)’

आगोको सहारामा दिन गुजार्ने बस्तीकी ७३ वर्षीया मुन्नी थरुनीको पनि टहरापछि त्रिपालमुनिका रातहरू कहालीलाग्दा छन् ।

कुहिरो छिचोल्दै भुइँसम्म पुगेको दिउँसोको मलिनो घाममा ढाँड सेकिरहेकी उनले भनिन्, ‘बरा विपद् होगिल । उहाँ मोहना लडिया काट डेहल । यहाँ घर उखार डेलै । (ठूलो विपत्ति आइलाग्यो । त्यहाँ मोहना नदीले काट्यो । घरै भत्काइदियो ।)’

गएको बर्खामा हिम्मतपुरको १८ घर बाढीले बगाउन थालेपछि सशस्त्र प्रहरीले त्यहाँका बासिन्दालाई उठाएर हिम्मतपुर सामुदायिक वनको छेउमा स्थानान्तर गरिदियो ।

स्थानीय राजनीतिक दल, सामुदायिक वन उपभोक्ता समिति र स्थानीय सरकारको सहमतिमा उनीहरूको बस्ती मोहना किनारबाट सामुदायिक वनको छेउमा सारिएको थियो । 

स्थानीय बिरमा चौधरीले भनिन्, ‘भएको घर मोहना नदीले बगाएपछि प्रहरी, नगरपालिका लगायत निकायबाट आएर हामीलाई यहाँ सारे । यहाँ आएपछि अहिले यो पुसको जाडोमा डोजर चलाइदिए । पुरानो ठाउँ बगरमा परिणत भएको छ । अब कहाँ जाने ठेगान छैन ।’

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित वन कार्यालयले बस्ती उजाडेपछि ती बाढी विस्थापित परिवारको बिचल्ली भएको छ ।

पुसको चिसोमा घरबारविहीन भएपछि उनीहरू सडकमा आएका छन् ।

पूर्वपश्चिम हुलाकी मार्ग छेउमा आफ्नो घरायसी सामान राखेर उनीहरू रात कसरी काट्ने भन्ने चिन्तामा बसेका छन् । २ महिनाको बच्चाकी आमा माया डगौराले छोरालाई रातको शीतलहर र चिसोबाट कसरी जोगाउने भन्ने चिन्ताले मन खान थालेको बताइन् ।

‘नदीले जमिनसँगै घरै लग्न थालेपछि यहाँ घर सारिदिएका थिए’, उनले भनिन्, ‘५ महिना पुग्न नपाउँदै फेरि उही वेदना थपियो । यो चिसोमा कसरी बस्ने, छोरालाई कसरी जोगाउने ?’

यसै वर्ष साउनमा आएको बाढीले उनीहरू बस्दै आएको जमिन कटान गरेर घर नै भत्किने स्थितिमा पुगेपछि सशस्त्र प्रहरीको टोली र स्थानीयले उद्धार गरी वन छेउमा बसालेका थिए । 

‘नदीले घरबास बगायो । वनले बसेको घर भत्कायो । अब कहाँ जाने ?’ सोही बेला वन छेउमा बसाइँ सरेका बाबुराम डंगौराले भने, ‘ठाउँ छैन, कहाँ गएर बस्ने टुंगो छैन । त्रिपाल टाँगेर सडकमा बस्नुको विकल्प छैन । त्रिपालभित्रको चिसो हामी ठूलोले सहौंला, तर साना बालबालिका र बुढापाकालाई साह्रै अप्ठ्यारो भयो ।’ 

गहुँसँगै घुन पिसिए

मोहना नदीका कारण बस्तीका अरू नागरिक पनि जोखिममा रहेको भन्दै सो वन छेउमा बस्ती सारेका थिए । खानेपानी, विद्युतलगायतको समस्या समेत रहेको बस्ती भरिन थालेको थियो ।

१ सय २० घरपरिवार रहेको हिम्मतपुरका सबैले सोही ठाउँमा घर बनाउन थालेपछि वन कार्यालयले घर टहरा हटाउन सूचना जारी गरेको गाउँका भलमन्सा बालकिसन चौधरीले बताए ।

‘पहिला १८ घरपरिवार मात्र बस्दा वन कार्यालयले पनि सहमति जनाएकै थियो,’ उनले भने, ‘स्थानीय सरकारले विस्तारै अन्यत्र बसोबास गराउँछु भनेको थियो, तर १८ घर परिवार बसेको देखेर बस्तीका अन्य मानिस पनि यहीँ आएपछि वन कार्यालयले डोजर चलायो ।’

स्थानीय विश्राम डंगौरा अगाडि थप्छन्, ‘अरू केही होइन, हामीलाई देखेर अरू आए । हामी त गहुँसँग घुन पिसिएझैँ भयौं ।’

वन सबडिभिजन कार्यालयका सहायक वन अधिकृत दिलिपकुमार यादवले बाढीबाट विस्थापितभन्दा पनि अरूले नै वन अतिक्रमण गर्न थालेपछि डोजर प्रयोग गरी अतिक्रमण हटाएको बताए । उनले १ महिने सूचना दिँदा पनि अटेरी गरेर बसेकाको करीब ५० वटा घरटहरा भत्काएको बताए । उनले हिम्मतपुरका १ सय २० घरपरिवारले नै त्यहाँ घर बनाउन थालेकाले बस्ती हटाउनु परेको दाबी गरे ।

भजनी नगरपालिका ७ नं. वडा सदस्य समेत रहेका अर्का पीडित टीकाराम डंगौराले समस्या समाधानका लागि नगरपालिका र जिल्ला प्रशासनसँग पनि पहल भइरहेको सुनाउँछन् । तर आफैं द्विविधामा रहेको उनको भनाइ छ ।

वडा सदस्य डंगौराले भने, ‘विस्थापित नभएकाहरू आफैँ पुरानै ठाउँमा फर्किदिए राम्रो हुन्थ्यो । म आफैँ पीडित हो, उनीहरूलाई फर्कनूस् भन्दा उल्टै आफ्नो दुनो सोझ्याउने काम गरेको आरोप लगाउँछन् ।’

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

मोरङको बेलबारीका सन्तोष प्रसाई पढाइ सकेर जागिरको खोजीमा लागेका थिए । धरानको इन्जिनीयरिङ कलेजबाट मेकानिकल इन्जिनीयरिङ गरेका  प्रसाई आफ्नो पढाइसँग सुहाउँदो जागिरको खोजीमा थिए । तर उनले पढाइसँग मिल्द...

माघ १०, २०७८

गुल्मीका १२ स्थानीय तहमध्ये विकट गाउँपालिकाको रूपमा मालिकालाई चिनिन्छ । पालिकाका ७४ प्रतिशतभन्दा बढी महिलाहरू घरमै जोखिमपूर्ण रूपमा सुत्केरी हुन्थे । अस्पताल आउनुपर्ने अवस्थामा पुगे ६० किलोमिटर टाढा तम्घास व...

पुस २९, २०७८

कीर्तिपुरका राजमान मानव सफाइ अभियन्ता हुन् । विश्वका हरेक कुनाकाप्चामा पुगेर सफाइ गर्ने लक्ष्यका साथ अगाडि बढेका उनले विभिन्न देश पुगेर सफाइ अभियान चलाइसकेका छन् । १२ वर्षदेखि निरन्तर यस अभियानमा होमिएको...

माघ ८, २०७८

लोकेन्द्र भण्डारी लुम्बिनी क्षेत्रका चर्चित भलिबल खेलाडी हुन् । राष्ट्रिय भलिबल खेलाडी तथा ‘लेबल वान कोच’ भण्डारीलाई कोरोना महामारीले यस्तो असहज परिस्थति सिर्जना गरिदियो, आफ्नै गर्भवती पत्नी शोभा र पेटक...

माघ ९, २०७८

भक्तपुरको सूर्यविनायक बस्ने २३ वर्षीय रोशन बानियाँ (चार्ली) गहुँको छ्वालीबाट आकर्षक चित्र बनाउँछन् । सानैदेखि विभिन्न चित्र कोर्ने गरेका चार्लीले गहुँको छ्वालीबाट चित्र बनाउन थालेको झण्डै ४ वर्ष हुन लाग्यो ।...

माघ ८, २०७८

कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३८ वर्षीय दिपेन्द्र ऐरको नियमित दिनचर्या बिहान ५ बजदेखि शुरू हुन्छ । ६–१० बजेसम्म उनी ३ वटा क्याम्पसका विद्यार्थीसँग साक्षात्कार गर्छन् । प्राध्यापन अवधिपछि...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...