×
Bajaj Top
Khukuri
FONEPAY

फेसबूकको एक कमेन्टकै भरमा जब एकदेव लिम्बू स्पीकर-माइक बोकेर फ्यानको घर पुगे

काठमाडाैं | पुस २८, २०७८

NTC
TVS INSIDE

युवापुस्तामाझ लोकप्रिय नाम हो एकदेव लिम्बू । उनले गाएका गीतहरू युवापुस्तामाझ चर्चित छन् । 

Sanima Bank
morang Auto yamaha

त्यही चर्चित गीत र उनको जादूमय स्वरकै कारण उनका फ्यान फलोइङ पनि बढ्दै गएको छ । उनी आफ्नो कलाका कारण मात्रै होइन, फ्यानहरूलाई गर्ने व्यवहारका कारण पनि चर्चामा आउँछन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

हालै उनी एक फ्यानको घरमै ‘कन्सर्ट’ गर्न पुगे । स्पीकर, माइक र कन्सर्टमा लगाउने ड्रेससँगै फ्यानको घर पुगेका हुन् । 

खासमा उनी धरान कन्सर्टका लागि गएका थिए । उनकी एक फ्यान जो शारीरिकरुपमा अपाङ्गता छिन्, उनी भने मन भएर पनि सो कन्सर्टमा जान पाइनन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

एकदेवले कन्सर्टको सानो झलक फेसबुकमा राखेका थिए । सो भिडियोमा प्रतिक्रिया दिँदै फोङसु लिम्बु नाम गरेकी फ्यानले आफू एकदेवको ठूलो फ्यान भएको र शारीरिकरुपमा अपाङ्गता भएका कारण आउन नसकेको लेखिन् । धरानमै आएर भेट्न नपाउँदा आफूलाई दुःख लागेको र जीवनमा केही गुमाएको महसुस भएको उल्लेख गरेकी थिइन् । 

त्यसपछि एकदेवले सो प्रतिक्रियाको जवाफ दिँदै ठेगाना पठाउन भने । 

ठेगाना पाइसकेपछि एकदेव स्पीकर, माइक र कन्सर्टमा लगाउने ड्रेससहित पुगे फोङसुको घर । उनलाई आफ्नो घरमा देख्दा फोङसुको खुशीको सीमा नै थिएन । उनलाई सपना जस्तो महसुस भएको थियो रे । 

एकदेवले त्यहाँ 'तिम्रो मुटुमा', 'सिउँदोमा सिन्दूर'लगायतका गीत गाएका थिए । ‘मेरो प्रोफाइलमा कमेन्ट गरेपछि मैले उनीसँग भेट्ने फैसला गरेँ र उनले कन्सर्ट जस्तै महसुस गरुन् भनेर स्पिकर, माइक र जुन ड्रेस मैले कन्सर्टमा लगाएको थिएँ, त्यही लगाएर उनको सामु गीत गाएँ,’ एकदेवले फेसबुकमा लेखेका छन्, ‘मेरा लागि मेरा सबै स्रोताहरू महत्त्वपूर्ण हुनुहुन्छ, म आज जे छु उहाँहरूले नै बनाउनु भएको हो ।’

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १, २०७८

मौनी रोयले आफ्नो ताजा फोटोसुटका तस्वीरहरू इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनी बोल्ड र हट पोज दिएको देख्न सकिन्छ । तस्वीरमा मौनी रोयले ट्रान्सपरेन्ट सेतो नेटेड अफ सोल्जर टप लगाएकी छन् । यसका अलावा उनले...

माघ ८, २०७८

'पुष्पा' फिल्मबाट देश र विश्वका करोडौं दर्शकको मनमा राज गरेका तेलुगु फिल्म स्टार अल्लु अर्जुनलाई धेरै चर्चामा रहन मन पर्दैन । उनी आफ्नो सादगीका लागि चिनिन्छन् । तर, उनी कार कलेक्सनका भने सोखिन छन् । उनीसँ...

माघ १०, २०७८

बलिउड अभिनेत्री सोफी चौधरी आफ्नो लुक र स्टाइलिस स्टाइलका कारण निकै चर्चामा छिन् । उनी सामाजिक सञ्जालमा आफ्ना तस्वीरहरू आफ्ना फ्यानहरूसँग भिडियो शेयर गरिरहन्छिन् ।  यसैबीच उनको एउटा तस्वीर भाइरल भइरहेक...

माघ ६, २०७८

बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फीटनेशका कारण सामाजिक सञ्जालमा चर्चित छिन् ।  उनले फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन्, जुन भाइरल भइरहेको हुन्छ । हालै मलाइकाले नयाँ फोटोशूट...

माघ ३, २०७८

बलिउड अभिनेत्री जान्हवी कपूर आजकल खुबै अंगप्रदर्शन गर्न थालेकी छन् ।  अभिनयबाट खासै प्रभावित पार्न नसकेकी जान्हवी कपडा खोलेर प्रशंसकहरूलाई लोभ्याउन खोजिरहेकी छन् ।  हालै उनले इन्नरवेयर देखिने गर...

माघ ८, २०७८

'बिग बोस ओटीटी' पूर्व प्रतियोगी उर्फी जावेदले लोकप्रियताका सबै पुराना रेकर्ड तोडिरहेकी छन् ।  आफ्नो ग्लैमरस लुक्सले इन्टरनेटमा आगो लगाउने उर्फीलाई कसरी मानिसहरूको ध्यान खिच्न सकिन्छ भन्ने थाहा छ ।...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...