×
Bajaj Top
Khukuri
FONEPAY

कजाकस्तानको हिंस्रक दंगा नियन्त्रणमा

कजाकस्तानमा ‘कलर रिभोल्युसन’को असफल प्रयास: चर्चा अमेरिकी गिल्ला र रुसी जवाफको

काठमाडाैं | पुस २८, २०७८

NTC
रुसी शान्ति सेना । Photo : RUSSIAN DEFENSE MINISTRY PRESS SERVICE
TVS INSIDE

कजाकस्तानमा सन् २०२२ को आरम्भमा ग्यासको मूल्य बढाइएपछि शुरू भएको विरोध प्रदर्शन र दंगामाथि सरकारले नियन्त्रण कायम गरेको छ ।

Sanima Bank
morang Auto yamaha

शान्तिपूर्ण रूपमा शुरू भएको विरोध प्रदर्शन पछि हिंस्रक दंगामा परिणत भएको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

राष्ट्रपति कासीम–जोमार्ट तोकाएभले हिंस्रक दंगा नियन्त्रणका लागि रुसी नेतृत्वको कलेक्टिभ सेक्युरिटी ट्रीटी अर्गनाइजेसन (सीएसटीओ) लाई अनुरोध गरेका थिए ।

रुसले आफ्ना २५ सय शान्ति सैनिकहरू कजाकस्तान पठाएको थियो । त्यस तैनाथीलाई सीएसटीओले स्वीकृति दिएको थियो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

कजाकस्तानमा शान्तिबहाली गर्न सफलता पाएपछि रुसी सैनिकहरू अब दुई दिनभित्रै त्यहाँबाट हट्न शुरू गर्ने तयारीमा छन् ।

तोकाएभले यसरी सीएसटीओलाई बोलाएकोमा अमेरिकाको चित्त बुझेको थिएन । अझ अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले रुसीहरू जुन देशमा पस्छन्, त्यहाँबाट उनीहरूलाई बाहिर निकाल्न गाह्रो पर्ने गरेको इतिहास छ भनी गिल्ला गरेका थिए । 

ब्लिन्केनको आरोप आधारहीन थियो भन्ने कुरा सीएसटीओका शान्तिसैनिक काम पूरा भएपछि निस्कन लागेको तथ्यले स्थापित गरेको छ । 

बरू भियतनाम, अफगानिस्तान र इराकमा अमेरिकी सैनिकहरू लामो समय बसेर विनाश मच्चाएको इतिहासले चाहिँ ब्लिन्केनको भनाइ आफैंतिर सोझिएको भान हुन्छ ।

कजाकस्तानको दंगा प्रकरणले अमेरिकाको प्रभाव अब संसारमा घट्दै गएको देखाएको छ । त्यसो त अमेरिकाको हालीमुहाली रहेको एकध्रुवीय विश्व व्यवस्था परिवर्तन भएर बहुध्रुवीय व्यवस्थाको निर्माण भइरहेकोमा यो त्यति आश्चर्यजनक पनि छैन ।

त्यसमाथि कजाकस्तान रुसको प्रभाव रहेको मुलुक हो । अनि त्यसबाहेक पूर्वी सोभियत गणराज्य कजाकस्तानमा रुसी मूलका मानिस लगभग २६ प्रतिशत छन् । त्यसैले त्यहाँ हुने कुनै पनि किसिमको प्रतिकूल परिस्थितिको सामना गर्न रुस तत्पर रहन्छ र अमेरिकालाई अशान्ति चर्काउन दिँदैन ।

कजाकस्तानमा रुसको सैन्य उपस्थितिका अनेकौं महत्त्वपूर्ण भूरणनीतिक परिणाम रहेको तर्क १९ फोर्टीफाइभ नामक वेबसाइटमा एन्ड्रु मिक्टाले गरेका छन् । उनका अनुसार, रुसको सैन्य हस्तक्षेपले अमेरिकालाई स्पष्ट सन्देश दिएको छ । 

कजाकस्तानलाई आफ्नो एकल प्रभावक्षेत्रका रूपमा राख्ने मस्कोको चाहना रहेको सन्देश रुसले दिन खोजेको हो । त्यहाँ अमेरिका वा युरोपेली संघ वा टर्कीले अशान्ति मच्चाउन खोजेमा रुसले त्यसको जवाफ अवश्य फर्काउनेछ भन्ने स्पष्ट सन्देश रुसले दिएको छ ।

त्यसो त कजाकस्तान दंगामा अमेरिकाको प्रत्यक्ष सहभागिता रहेको कुरा आधिकारिक रूपमा आएको छैन । राष्ट्रपति तोकाएभले विदेशमा तालिमप्राप्त आतंकवादीहरूले दंगा मच्चाएको भने तर अमेरिकाको नाम लिएनन् । 

रुसले पनि कजाकस्तानमा युक्रेनी शैलीको कलर रिभोल्युसन अर्थात् सत्ता परिवर्तनको अभ्यास गर्न खोजिएको बतायो । त्यसमा पश्चिमको हात रहेको उसले बतायो तर अमेरिकाको नाम किटेन ।

तर कतिपय जानकारहरूले देशद्रोहको आरोपमा पक्राउ गरिएका पूर्व सुरक्षा प्रमुख करिम मास्सिमोभको सम्बन्ध अमेरिकाका राष्ट्रपति जो बाइडन र उनका छोरा हन्टरसँग रहेको बताएका छन् । 

त्यस्तै अमेरिकी संस्था नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीले विगत केही वर्षयता कजाकस्तानमा लोकतन्त्रका लागि भन्दै लाखौं डलर खन्याइरहेको थियो । त्यस पैसाले पनि देशमा दंगा भड्काउनेहरूलाई उत्प्रेरित गरेको कतिपयको भनाइ छ ।  

अमेरिकाको नेसनल साइन्स फाउन्डेसनको लगानीमा अनुसन्धान गर्ने कम्प्युटर वैज्ञानिक क्लिन्ट एरलिकका अनुसार, पूर्वराष्ट्रपति नुरसुल्तान नजरबायेभको दाहिने हात मानिने मास्सिमोभले तोकाएभविरुद्ध दंगा भड्काउनका लागि भूमिका खेलेको खुलासा भएको छ र त्यस्ता विवादास्पद पात्रको सम्बन्ध बाइडनसँग हुनु आफैंमा असहज कुरा हो । 

नजरबायेभको निरंकुश शासनविरुद्ध वर्षौंदेखि कजाकी जनतामा असन्तुष्टि रहेका कारण सन् २०१९ मा उनी अपदस्थ भएका थिए ।

उनले आफ्ना विश्वासिला सहयोगी तोकाएभलाई सत्तामा ल्याए । तर तोकाएभको डेढ वर्षे शासनकालपछि नजरबायेभ पुनः सत्तामा फर्किन खोजेकाले शान्तिपूर्ण विरोध प्रदर्शनको आडमा उनका सहयोगीहरू हिंस्रक दंगा मच्चाउन लागिपरेका थिए । त्यससँगै अनेकौं सामाजिक समस्या रहेको कजाकस्तानमा सार्थक सुधार ल्याइयोस् भन्ने युवा कजाकी राष्ट्रवादीहरूले पनि दंगामा भाग लिएका थिए ।

सत्ता पल्टाउने नजरबायेभको उक्त प्रयासलाई तोकाएभले विफल तुल्याइदिएका छन् । यसमा उनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको पनि साथ मिलेको सीएसटीओको शान्तिसैनिक तैनाथीले स्पष्ट पारेको छ । कजाकस्तानमा दंगा मच्चाएर सत्तापरिवर्तन गर्ने तत्त्वहरूलाई नसहने सन्देश पुटिनले दिएका छन् । 

तर सत्ता पल्टाउने नजरबायेभको उक्त प्रयासलाई तोकाएभले विफल तुल्याइदिएका छन् । यसमा उनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको पनि साथ मिलेको सीएसटीओको शान्तिसैनिक तैनाथीले स्पष्ट पारेको छ । कजाकस्तानमा दंगा मच्चाएर सत्तापरिवर्तन गर्ने तत्त्वहरूलाई नसहने सन्देश पुटिनले दिएका छन् । 

तोकाएभले यसरी आफ्नो भविष्य पुटिनको हातमा सुम्पिएर देशले अपनाउँदै आएको मल्टीभेक्टरिजम परराष्ट्रनीतिलाई त्यागेको तर्क कार्नेगी युरोपको वेबसाइटमा प्रकाशित ग्लास्गो विश्वविद्यालयमा युरेसियन स्टडीजका प्राध्यापक लुका आन्सेचीले गरेका छन् । 

चीन र रुसको बीचमा रहेको क्षेत्रफलका आधारमा विशाल मुलुक कजाकस्तानले नजरबायेभको शासनकालमा आफ्ना दुई ठूला छिमेकीका साथै अमेरिका, युरोपेली संघ र विश्व समुदायसँग सम्बन्ध विविधीकरण गर्ने नीति लिएको थियो । तर अब तोकाएभ युग शुरू भएपछि कजाकस्तान रुस र चीनप्रति बढी बफादार बन्ने र युरेसियन इकोनोमिक युनियनमा पनि जोडिने सम्भावना रहेको आन्सेचीको संकेत छ ।

यसरी अमेरिकासँगको सम्बन्धलाई कजाकस्तानले पहिलेको जस्तो महत्त्व नदिनु अमेरिकाको विफलता हो । त्यसबाहेक चीनको बेल्ट यान्ड रोड इनिसिएटिभको महत्त्वपूर्ण साझेदारका रूपमा रहेको कजाकस्तानमा रुसले आफ्नो प्रभुत्व कायम रहेको सन्देश चीनलाई पनि दिएको भनी अमेरिका तथा पश्चिमले दिन खोजेको सन्देश पनि निरर्थक बनेको छ । 

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा चाओ सिछी र सु यलुले तयार पारेको रिपोर्टमा उल्लेख भएअनुसार, चीनका परराष्ट्रमन्त्री वाङ यी र उनका रुसी समकक्षी सर्गे लाभरोभबीच कजाकस्तानमा विदेशी शक्तिले गर्न खोजेको कलर रिभोल्युसनको प्रतिकार गर्ने विषयमा सहमति बनेको छ । 

त्यस्तै वाङले कजाकस्तानका उपप्रधान तथा परराष्ट्रमन्त्री मुख्तार त्लेउबेर्दीसँगको कुराकानीमा पनि कानून कार्यान्वयन र सुरक्षाका विषयमा चीनले सहकार्य गर्न चाहेको बताए । अर्थात्, कजाकस्तानको दंगाको आडमा रुस र चीनबीच मध्य एसियामा फाटो ल्याउन सकिन्छ भनी अमेरिका र पश्चिमले बनाएको योजनालाई दुवैले विफल बनाइदिएका छन् । 

उल्टो, यस प्रकरणबाट यी दुई युरेसियाली शक्तिहरूको साझेदारी थप बलियो बनेको छ । आरटी डट्कममा ग्लेन डीसनले गरेको विश्लेषणमा उल्लेख भएअनुसार, मस्को र बेइजिङले ग्रेटर युरेसियन पार्टनरशिपको मर्मबमोजिम आआफ्नो अडानलाई समान उद्देश्यका लागि एकसाथ उभ्याएका छन् । यस घटनाबाट उनीहरू थप बलियो बनेको देखिएको छ ।

अझ, मध्य एसियामा कानून व्यवस्था कायम गर्नका लागि बेइजिङले मस्कोलाई अपरिहार्य सहयोगीका रूपमा हेरिरहेको छ । यसले युरेसियाका दुई विशाल मुलुकहरूबीचको साझेदारीमा थप समानता समेत प्रदान गरेको छ ।

अमेरिकाले कजाकस्तान दंगा नियन्त्रणका लागि मस्कोले शान्तिसैनिक पठाएको विषयलाई सोभियत संघ ब्युँताउने पुटिनको प्रयास भने पनि त्यसलाई कजाकी जनताले पत्याएनन् । रुसी सैनिकहरू दंगा नियन्त्रणपछि स्वदेश फर्किन लागेकाले कजाकी भूमिलाई रुसले निल्न लागेको भन्ने पश्चिमको मनगढन्ते आरोप पनि आधारहीन रहेको प्रमाणित भएको छ । 

आफ्नो छिमेकमा अशान्ति मच्चाउन प्रयास गरी रुसको भूसुरक्षालाई चुनौती दिने सबै किसिमका प्रयासलाई रुसले निस्तेज बनाउनेछ भन्ने कुरा पनि कजाकस्तान दंगा प्रकरणले प्रमाणित गरेको छ ।

शीतयुद्ध सकिएको ३० वर्षपछि मध्य एसियामा मस्कोकै हात माथि परेको यसबाट स्पष्ट भएको एन्ड्रु मिक्टाको भनाइमा दम छ । मध्य एसियाको छिमेकी मुलुक अफगानिस्तानबाट बाहिरिएको अमेरिकाले अब उक्त क्षेत्रमा थप प्रभावहीन बनेको पनि कजाकस्तान प्रकरणले देखाएको छ । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

युक्रेनको विषयमा रुस र पश्चिमबीचको तनाव चरममा पुगेको छ । युक्रेनमाथि रुसले कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै अमेरिका, बेलायत र केही अन्य पश्चिमी मुलुकहरूले सेना तथा हातहतियार युक्रेन र छिमेकी मुलुकहरूम...

माघ १०, २०७८

स्थानीय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्ने भनी निर्वाचन आयोगले प्रस्ताव गरे पनि सत्ता गठबन्धनले चुनाव पर धकेल्ने तयारी गरेको छ । गत पुस ३० गते आयोगले सर्वदलीय बैठकमार्फत उक्त प्रस्ताव गरेको दुई साता बित्न ल...

माघ ६, २०७८

स्थानीय तहको चुनावलाई पछि सारेर वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनमा राखेको प्रस्तावले राजनीति तरंगित छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले...

माघ ९, २०७८

निर्वाचन आयोगले प्रस्ताव गरेको जेठ ५ गतेको मितिभित्रै स्थानीय तह निर्वाचन हुन नसके देशमा संवैधानिक संकट उत्पन्न उत्पन्न हुने चिन्ता संवैधानिक कानूनका विज्ञहरूले व्यक्त गरेका छन् । त्यस्तो भएमा देश संवैधानिक सं...

माघ ५, २०७८

रुसले आफ्नो सीमासँग जोडिएका मुलुकहरूलाई प्रभावक्षेत्र मानेर अमेरिका तथा पश्चिमी सैन्य गठबन्धन नेटोलाई त्यहाँ उत्तेजक गतिविधि नगर्न आग्रह गर्दै आएको छ ।  विशेषगरी युक्रेनलाई प्रभावक्षेत्र मानेर रुसले त्यस दे...

माघ ६, २०७८

अमेरिकामा राष्ट्रपति जो बाइडनले बिहीवार (२० जनवरीमा) कार्यकालको एक वर्ष पूरा गरेका छन् ।  उनको एक वर्षे यात्रामा आशाभन्दा बढी निराशा देखिएको छ । कोरोनाको कहर चलिरहेको बेलामा राष्ट्रपति बाइडनले त्यसको ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...