×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

सम्पादकीय

जीवन बचाऊ, अर्थतन्त्र जोगाऊ

काठमाडाैं | पुस २८, २०७८

NTC
TVS INSIDE

ओमिक्रोन नाम दिइएको कोरोना भाइरसको नयाँ भेरिएन्टले विश्वभर संक्रमणको तेस्रो लहर शुरू भएको छ । 

Sanima Bank
morang Auto yamaha

संक्रमणदर तीव्र रहेको ओमिक्रोन नेपालमा व्यापक मात्रामा देखिन थालेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

कोरोनाको तेस्रो लहर शुरू भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा जिल्ला प्रशासन कार्यालयहरूले संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसारको आदेश जारी गरेका छन् । 

कोरोना संक्रमणको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी बनाउन कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने लगायत विभिन्न सुझाव सरकारलाई दिएको थियो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

सोहीअनुसार काठमाडौं उपत्यकाका तीन लगायत धेरैजसो जिल्ला प्रशासन कार्यालयले पुस २७ गतेदेखि भीडभाड कम गर्न आदेश जारी गरेका छन् । 

घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाइने, सार्वजनिक यातायातले सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगायत नियम जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ ।

विमानस्थल, पार्क, रंगशाला लगायतका स्थानमा प्रवेश गर्दा खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । 

एकातर्फ सबै नागरिकले खोप नपाएको र अर्कातिर सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गर्ने कुरा आफैँमा विरोधाभाषपूर्ण छ । 

कोरोना संक्रमणको त्रास बाँकी नै रहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको आदेशका धेरैकुरा पालना गर्नुपर्ने किसिमका थिए । 

कोरोना महामारी पूर्ण रूपले नियन्त्रणमा नआउँदै स्वास्थ प्रोटोकलका मापदण्डलाई नजरअन्दाज गर्ने र भीडभाड गर्ने काम रोकिएको थिएन । राजनीतिक दलका सभा सम्मेलन पनि संक्रमण बढ्ने कारक बनेका छन् । 

लापरवाहीकै कारण संक्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको छ । मंगलवार २ हजार ४ सय ४४ जनामा संक्रमण देखिएको थियो । 

संक्रमण बढेकै समयमा राष्ट्रिय एकता दिवसको नाममा मंगलवार नै राप्रपाले पृथ्वीनारायण शाहको सालिक अगाडि भीडभाड जम्मा गरेर संक्रमण फैलिने जोखिम बढायो । 

तराईका जिल्लामा सिके राउत नेतृत्वको जनमत पार्टीले राजनीतिक गतिविधि कायम राखेको छ, यस्ता राजनीतिक गतिविधि पूर्ण रूपले रोकिनुपर्छ । 

कोरोना संक्रमण नियन्त्रणको नाममा दुई वर्षयता पटक– पटक गरिएका बन्दाबन्दी (लकडाउन)का कारण देशको अर्थतन्त्र जर्जर बनेको थियो । 

फेरि गरिने लकडाउनले भर्खर लय समात्न थालेको अर्थतन्त्रलाई फेरि नराम्रोसँग आघात पार्नेछ । अहिलेको आवश्यकता मानव जीवनको रक्षासँगै अर्थतन्त्रलाई जोगाउनु हो । 

ओमिक्रोनको संक्रमण दर धेरै भएपनि मृत्युदर कम रहेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आइरहेका छन्, त्यसैले पनि बजार नै बन्द गर्ने खालको लकडाउन या बन्द गर्न हतारो गर्नु हुन्न । 

संक्रमण फैलिने जोखिम रहेका सार्वजनिक यातायातमा भीडभाड कम गर्न कडाइ गर्ने तथा भीडभाड हुने अन्य क्षेत्रमा प्रशासनको कडा अनुगमन जरुरी छ । 

आदेश जारी गर्ने तर कार्यान्वयन फितलो भयो भने त्यसको अर्थ हुने छैन । 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश र स्वास्थ्य मापदण्डको कडाइका साथ अनुगमन र कार्यान्वयनमा सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी छ । 

महामारी नियन्त्रण र रोकथाममा आम नागरिकको भूमिका र दायित्व उत्तिकै छ । जनताको जीवन रक्षालाई प्राथमिकतामा राख्दै अर्थतन्त्रलाई पनि चलायमान बनाइराख्नु आजको आवश्यकता हो । 

पूर्वतयारी र सावधानीले क्षति कम गर्दै महामारीको सामना गर्न सकिनेछ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
असोज २७, २०७८

हिन्दू नेपालीहरूको महान चाड दशैंको मुखमा फेरि सवारी दुर्घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ । पछिल्ला दुई दिनमा सडक दुर्घटनामा ४० जनाभन्दा बढीको मृत्यु भएको छ । कर्णालीको दुर्गम पहाडी जिल्ला मुगुमा दशैं मन...

कात्तिक ५, २०७८

निष्पक्ष र तटस्थ रहनुपर्ने न्यायालय अहिले चरम विवादको भूमरीमा फसेको छ, न्यायालयको नेतृत्व गर्ने व्यक्तिकै भूमिकाका कारण । आममानिसले न्यायालयबाट न्याय पाउने आशा मार्न थालिसकेका छन् । न्यायालयप्रति आमनागरिकको विश्...

भदौ २७, २०७८

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आपसी द्वन्द्वका कारण जनताको सार्वभौम थलो संसद् अवरुद्ध छ । भदौ २३ गते अधिवेशन शुरू भएकै दिनदेखि अवरोध खुलाउन ठोस प्रयास भएको देखिएको...

मंसिर ७, २०७८

नेपालको सर्वोच्च अदालत स्थापनाको ६ दशकपछि २०७८ मंसिर २ गते नेपालको न्यायिक इतिहासका एउटा ठूलै क्रान्ति भएको छ । सर्वोच्च अदालतका १८ जना न्यायाधीशले पेशी तोक्दा गोलाप्रथा लागू गर्ने गरी सर्वोच्च अदालत नियमावली...

कात्तिक ७, २०७८

नेपालको न्यायिक इतिहासमा सम्भवतः पहिलोपटक आइतवार सर्वोच्च अदालतका न्यायाधीशहरू औपचारिक रूपमै प्रधानन्यायाधीशविरुद्ध एक ठाउँमा उभिएका छन् । १४ जना न्यायाधीशले बैठक बसेर साझा निष्कर्ष निकाले– अहिलेको ने...

असोज १२, २०७८

सोमवार एकै दिन नेपाली आकाशमा दुईवटा सम्भावित हवाई दुर्घटना टरे । नेपालमा तुलनात्मक रूपमा ‘भरपर्दो’ भनिने बुद्ध एयरका दुईवटा जहाज सम्भावित दुर्घटनाबाट बचेका हुन् । काठमाडौंबाट पोखराका लागि उड...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...