×
Bajaj Top
Khukuri
FONEPAY

चौधरी र दुगड ग्रूपको टकराव : आईएफआईसीको ४१% शेयर चौधरीलाई नबेच्न अदालतको आदेश

काठमाडाैं | पुस २८, २०७८

NTC
TVS INSIDE

काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकमा रहेको ढाकाको आईएफआईसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत शेयर चौधरी ग्रूपलाई नबेच्न आदेश दिएको छ ।

Sanima Bank
morang Auto yamaha

एमभी दुगड ग्रूपका अध्यक्ष मोतिलाल दुगडले शेयर किन्न अप्रिल २०२१ मै स्वीकृति पाइसकेको र करार सम्झौता समेत भइसकेको दाबी गरेका छन् । दुगडसँग करार सम्झौता गरिसकेपछि चौधरीले ग्रूपलाई शेयर बिक्री गर्न गरेको सम्झौताविरुद्ध दुगड १ हप्ताअघि अदालत गएका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले शेयर चौधरीलाई बिक्री गर्ने कार्य नगर्न आदेश दिएको छ । अदालतले शेयर खरिदको विषयमा ७ दिनभित्र विपक्षी नेपाल बंगलादेश (एनबी) बैंकलाई लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

दुगडले चौधरी ग्रूपलाई शेयर खरिद गर्न नदिन र आफैैंले खरिद सम्झौता गर्ने भनेपछि २ कर्पोरेट संस्थाबीच टकराव समेत सतहमा देखाएको छ । चौधरी ग्रूप र एमभी दुगड ग्रूपबीच नेपाल बंगलादेश बैंकमा रहेको आईएफआईसी बैंकको ४१ प्रतिशत शेयर किनबेच विषयमा विवाद सिर्जना भएको हो । यही विवादको टुंगो लगाउन दुगड ग्रूप अदालत पुगेको हो ।

अदालतले यो शेयर खरिदका विषयमा विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु/नगराउनु भन्ने आदेश दिएको छ । 

दुगड ग्रूपले नेपाल बंगलादेश बैंकमा रहेको ३ करोड ६८ लाख २७ हजार ३२६ कित्ता शेयर प्रतिकित्ता १५७ रुपैयाँका दरले खरिद गर्न ३१ मार्च २०२१ मै सम्झौता गरेको दाबी पेश गरेका छन् । आफूहरूले शेयर खरिद सम्झौता गरिसकेपछि चौधरी ग्रूपलाई नै सोही दरमा शेयर बिक्रीको सम्झौता गरिएको उल्लेख छ ।

यद्यपि चौधरी ग्रूपले खरिद सम्झौता गरेको शेयरको मूल्य सार्वजनिक गरेको छैन ।

सनराइज बैंकमा लगानी गरेको एमभी दुगड ग्रूपले आईसीएफआईसीको स्वामित्वमा रहेको शेयर खरिद गरेर एनबी र सनराइजबीच मर्ज गर्ने तयारी गरेको थियो तर शेयर नबिल बैंकका अध्यक्ष विनोद चौधरीले खरिद गरेर नबिलसँग मर्ज गराउन चाहेका छन् ।

आईएफआईसीले असार २९ गते एनबीमा रहेको आफ्नो संस्थापक शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो । आईएफआईसीको सूचनापछि चौधरी ग्रूपले शेयर खरिदका लागि आवेदन दिएको र ३० डिसेम्बर २०२१ मा एनबीमा रहेको शेयर बेच्न खरिदकर्तासँग सम्झौता भएको थियो । चौधरीले पत्नी सारिकाको नाममा शेयर किन्ने सहमति गरेका थिए ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस २९, २०७८

जिल्ला अदालत कपिलवस्तुले गोला प्रक्रियाबाट पेशी तोक्ने तयारी थालेको छ । सर्वाेच्च अदालतको निर्णयअनुसार कपिलवस्तुमा तयारी थालिएको हो । तयारीअन्तर्गत बिहीवार सम्बन्धित व्यक्तिबीच अन्तक्र्रिया गरिएको अदालतले जनाए...

माघ ३, २०७८

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश, रजिष्ट्रारसहित २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  न्यायाधीश सीताराम मण्डल, रजिष्ट्रार गजेन्द्रबहादुर सिंहलगायत अन्य कर्मचारीहरूलाई सोमवार कोरोना ...

माघ ४, २०७८

राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालय सहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोशाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालू आर्थिक वर्षमा १४७ कार्य...

पुस २८, २०७८

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयले बुधवार एक सूचना प्रकाशित गर्दै सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू भएको जनाएको छ । मन्त्रालयले हा...

माघ २, २०७८

सर्वोच्च अदालतले परम्परागत नेपाली वर्णविन्यास परिवर्तन खारेजको माग गर्दै परेको रिट निवेदनलाई विशेष अग्राधिकारसहित सुनुवाइ गर्दै सक्कल कागजात झिकाउन आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्यायधीशद्वय दीपक कार्क...

माघ ४, २०७८

सर्वोच्च अदालतका केही न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत ३१ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै अदालतले आगामी दुई हप्ता (माघ ५ देखि १८ गते) विभिन्न सेवाहरूमा कटौती गरेको छ ।  सर्वोच्च अदालतको पूर्ण ब...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...