जेठ २, २०७९
धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा १६ वटा मतपत्र बढी भेटिएपछि झडप भएको छ । मतपत्रको विषयमा झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी...
पाेखरा | पुस २९, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेका अवस्थामा बृहत् आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने बताएका छन् ।
प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा बिहीवार उनले विकासको विशिष्ट सम्भावना बोकेको भए पनि देशको कूल ग्रार्हस्थ उत्पादनमा ८.७ प्रतिशत मात्र योगदान रहनुले प्रदेशको अवस्था कमजोर रहेको देखाएको बताए ।
मुख्यमन्त्री पोखरेलले अधिकांश सामाजिक सूचक राम्रो रहेको भए पनि जिडिपिमा योगदान कम भएकाले यसमा सुधार हुनुपर्ने उल्लेख गर्दै प्रदेशले १०.२ प्रतिशतको औसत आर्थिक वृद्धिको लक्ष्य लिएको र यसका लागि १० खर्ब १२ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने प्रक्षेपण गरिएको बताए ।
‘यसमा ६४.४ प्रतिशत निजी क्षेत्रको लगानी आउने अपेक्षा गरिएको छ,’ उनले भने, ‘निजी क्षेत्रमैत्री नीति तथा कार्यक्रम र कार्यशैली निर्माण गर्नु आवश्यक रहेको छ ।’
मुख्यमन्त्री पोखरेलले पहिलो चौमासिकमा भएको खर्च प्रगति सन्तोषजनक नरहेको बताउँदै वर्षभर कार्यान्वयन गर्ने योजना तथा कार्यक्रमको तयारी पूरा गर्ने र दोस्रो चौमासिकदेखि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने नै हो तर गएको पहिलो चौमासिकमा हामीले गरेको खर्च र प्राप्त गरेको भौतिक प्रगतिले आगामी दिनमा थप मेहनत गर्न नसक्ने हो भने निर्धारित कार्यक्रम सम्पन्न हुने नदेखिएको बताए ।
उनले विगतमा जस्तै सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, आम नागरिक सबैले योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्दै नागरिकको जीवनमा सहजता ल्याउने, सामाजिक र आर्थिक अवस्थामा सुधार गर्ने र भौतिक सर–सुविधामा स्तरोन्नति गर्न धेरै मेहनत गर्नुपर्ने आवश्यकता औंल्याए ।
धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा १६ वटा मतपत्र बढी भेटिएपछि झडप भएको छ । मतपत्रको विषयमा झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी...
चितवनको भरतपुर महानगरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् । सोमवार बिहान सम्मको गणनामा एमाले उम्मेदवार विजय सुवेदीले ३ हजार ८ सय ९९ मत पाएका छन् । माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ८ सय ...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको अवसर पारेर नेपाल र भारतले ६ वटा सहमतिमा हस्ताक्षर गरेका छन् । बौद्धदर्शन अध्ययनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय र इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन्सबी...
पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य अगाडि देखिएका छन् । सोमवार बिहानसम्म १० हजार ४ सय ९३ मतगणना हुँदा नेकपा एसका उम्मेदवार आचार्यले ४ हजार १ सय ९१ मत ...
झापाको कचनकवल गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसले वडाध्यक्ष सहित प्यानल जितेको छ । वडाध्यक्ष उम्मेदवार ग्यास अजमल मियाले १३ सय ७५ मत ल्याएर विजय प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्ध...
आदरणीय बालकृष्ण दाई, तपाईं सन्चै हुनुहुन्छ होला । तर, म यतिबेला फ्रन्टलाइन अस्पतालको आइसियु बेड नम्बर–१ मा छु । तपाईंलाई गृहमन्त्री भनेर सम्बोधन गर्न मन लागेन । किनकी मैले तपाईंलाई दाईको नाताले चिनेक...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...