बैशाख २३, २०७९
नेपालका पहाडहरूमा पाइने जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान छ । आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा गरिएको छ र यसलाई जडीबुटीहरूको राजा मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्...
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सुविधासम्पन्न हुने दिशामा अगाडि बढेको छ ।
अस्पतालले सेवासुविधा थप र सर्वसुलभ बनाउँदै लगेको छ ।
अस्पताल परिसरभित्रै हालै निर्माण सम्पन्न भएको विशाल भवनमा समेत आफ्नो विस्तारित सेवा शुरू गरेर सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको छ । प्रादेशिक अस्पतालभन्दा नाक खुम्चाउने बिरामीहरूको रोजाइँमा अस्पतालको उपचार सेवा पर्न थालेको छ ।
आफ्नो १०० दिने कार्यप्रगतिबारे बिहीवार जानकारी दिँदै मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले अस्पताललाई नमूना र जनताको सहज उपचार पाउने अस्पतालको रूपमा विकास हुँदै गएको बताए ।
उनले आफ्नो १०० दिनमा १९ वटा महत्त्वपूर्ण काम भएका फेहरिस्त समेत प्रस्तुत गरे । अस्पतालले हालै विस्तारित सेवा सञ्चालनमा ल्याएको छ ।
अब अस्पतालमा दैनिक ५ जना बिरामीले शल्यक्रिया सेवा रातिको समयमा पनि लिन सक्नेछन् । पेइङ वार्ड पनि सञ्चालनमा आएको छ । १० शय्याको पेइङ सञ्चालनमा आएको छ । यसलाई छिट्टै २२ शय्यामा विस्तार गरिने डा. ढकालले बताए ।
कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानसँग एमडीएमएस अध्ययन र अध्यापनको निम्ति सम्झौता गरिएको छ । बढ्दो मुटु रोगका विरामीलाई मध्यनजर गर्दै सुविधासम्पन्न मुटु रोग विभाग स्थापना प्रक्रिया अगाडि बढाई ‘क्याथ ल्याब’का लागि टेन्डर गरिएको छ ।
न्यूरो सर्जरीलाई व्यवस्थित गर्दै २४सैं घण्टा ४ शय्याको न्यूरो एचडीयू सेवा विस्तार गरिएको छ । ट्रमा सेन्टर रूम स्थापना, इमरजेन्सी वार्डलाई ३५ शय्यामा विस्तार, क्यासलेस डिस्चार्ज काउन्टर, पेपरलेस डिस्चार्ज सिस्टम तथा इमरजेन्सी काउन्टर बनाइएको ढकालले बताए ।
कोरोना महामारीको सहज व्यवस्थापनका लागि कोरोनाका सबै बिरामीका लागि एउटै भवन सञ्चालनमा ल्याइएको छ । बिरामीको भिजिटिङ कार्य, डायलाइसिस सेवालाई १२ बाट १७ वार्डमा विस्तार, अक्सिजन प्लान्ट स्थापना, दाँतको उपचारको जाँच गर्न सीबीसीटी सञ्चालन, न्यूरो विभागमा ईईजी सेवा विस्तार, स्त्री रोगको ओपीडी र ईसीजी विस्तार, इन्डोस्कोपी हप्तामा ४ पटक लगायतका सेवा थप भएका छन् ।
अस्पतालमा दैनिक १ हजार बिरामी उपचारका लागि आउने गरेका अस्पतालको तथ्यांकमा छ । ६ शय्याको आईसीयूलाई ४० शय्यामा विस्तार गर्ने अस्पतालको योजना छ । क्यान्सर रोग विस्तार, अनलाइन टिकटिङ, टेलिमेडिसिन सेवा पनि सञ्चालन गर्न पहल थालिएको छ ।
अस्पतालमा अहिले ५२० शय्या सञ्चालनमा छन् । ७० चिकित्सकसहित अस्पतालमा ७२० जना कर्मचारी कार्यरत छन् । अस्पतालमा अहिले कोरोना चेकजाँचका लागि बिरामी बढे पनि भर्ना हुने दर भने नबढेको अस्पतालले जनाएको छ ।
‘पीसीआर जाँच बढेको छ । इमर्जेन्सीमा बिरामी आएका छन् तर जटिल संक्रमण भएका बिरामी बढेका छैनन्,’ डा. ढकालले भने ।
मुलुक संघीय शासन प्रणालीमा गएपछि अस्पताल प्रदेश मातहत आएको हो । लुम्बिनी अञ्चलका १२ जिल्ला, गण्डकीका बागलुङ, स्याङ्जा र पर्वतका बिरामीहरूको लागि पायक पर्ने अस्पताल हो । अस्पताल उपचारका लागि आउने सबैजसो बिरामीहरूको उपचारमा समेत थप सहज भएको जनाइएको छ ।
नेपालका पहाडहरूमा पाइने जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान छ । आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा गरिएको छ र यसलाई जडीबुटीहरूको राजा मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्...
निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)ले सरकारले आइतवार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा पहिलो सं...
मौसम परिवर्तनको संघारमा रुघाखोकीको प्रकोप बढ्न गर्दछ । कतिपयले रुघाखोकी बढ्नेबित्तिकै अस्पताल धाउने र अनेक खालका ओषधी प्रयोग गर्ने गरेका छन् तर रुघाखोकी ‘सामान्य र नियमित प्राकृतिक परिवर्तन’ भएका...
हरियो खुर्सानी प्रत्येकको भान्सामा हुने गर्दछ । धेरै मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन् । हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ । हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन ...
जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउदा पाचक क्र...
वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...