×
Bajaj Top
Khukuri
FONEPAY

हिमालयन-इन्भेष्टमेन्ट मर्जर

हिमालयन बैंकको साधारण सभामा शेयरधनीबीच चर्काचर्की, भाँडियो इन्भेष्टमेन्टसँगको मर्जर

काठमाडाैं | पुस ३०, २०७८

NTC
TVS INSIDE

हिमालय  बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सम्झौता भएको १० महिनापछि मर्जर प्रक्रिया भाँडिएको छ  ।

Sanima Bank
morang Auto yamaha

मर्जर विपक्षमा रहेका करीब ३६ प्रतिशत शेयरधनीका कारण यी दुई बैंक एक नहुने भएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

शुक्रवार भएको हिमालयन बैंकको २९ औं वार्षिक साधारण सभामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले शेयर आदानप्रदान अनुपात नमिलेको भन्दै मर्जरमा नजाने निर्णय सुनाएपछि औपचारिक रूपमै यी दुई बैंकबीच मर्जर भाँडिएको हो ।

हिमालन बैंकको वार्षिक साधारण सभाले मतदानबाट मर्जरमा नजाने टुंगो लगाएको हो । मर्जरमा जान ७५ प्रतिशत शेयरधनीको समर्थन आवश्यक भए पनि विपक्षमा रहेका शेरधनी ३६ प्रतिशत भएका कारण मर्जर भाँडिएको हो । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

हिमालय बैैंकमा शेयर रहेको कर्मचारी सञ्चयकोष, अध्यक्ष श्रेष्ठको छायाँ इन्टनरनेशनल र एन ट्रेडिङको विरोधपछि मर्जर प्रक्रिया भाँडिएको हो । यो बैंकमा सञ्चय कोषको १४.५८, श्रेष्ठको छाँया इन्टरनेशनलको ८.९ र एन ट्रेडिङ १२.७७ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

३६ प्रतिशत शेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने विपक्षमा भोट दिएपछि मर्जर असफल बनेको हो ।  

मर्जरको लागि विशेष प्रस्ताव स्वीकृत हुनका लागि कम्तीमा ७५ प्रतिशत शेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानूनी प्रावधान छ । विशेष प्रस्ताव अस्वीकृत भएपछि हिमालयन बंैकको वार्षिक साधारण सभामा सञ्चालकहरूबीच नै वादविवाद र चर्काचर्कीसमेत भएको छ ।

साधारण सभामा ‘शेयर आदनप्रदान अनुपात’ नमिलेको भन्दै अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले शुरूमै विरोध गरेका थिए । 

उनले भने, ‘स्वार रेसियो इन्भेस्टमेन्ट र हिमालयको १००:७८ मात्रै हुनेछ । प्रतिकित्ता २२ रूपैयाँ घाटा खाएर इन्भेष्टमेन्टसँग मर्जरमा जान सकिँदैन । त्यसैले यो मर्जर प्रक्रिया अगाडि नबढ्ने निर्णय भएको छ ।’

हिमालयन बैंकले शुक्रवार केन्द्रीय कार्यालय कमलादीमा बोलाएको साधारण सभामा सञ्चालकहरूले नै लफडा गरेका थिए । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।  नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधार...

माघ १०, २०७८

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।  आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने र सरल सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सहकारीले एटीएम सेवा स...

माघ १०, २०७८

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ’खल्ती’ बाट तिर्दा प्रयोगकर्ताहरूले रू. १००० सम्मको क्यास ब्याक पाइने अफर ल्...

माघ ९, २०७८

एशियन लाईफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ ।  कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूत राज सा...

माघ ७, २०७८

एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणक...

माघ १०, २०७८

राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जिल्लामा पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी गर्न सुरु गरेको छ । बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ भएका ग्राहकको सहजताका लागि जिल्लामै पहिलोपटक उक्त सेवाबाट भुक्तानी दि...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...