×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

लिखित जवाफ पेश गर्न गृह सचिवलाई सूचना आयोगको आदेश

काठमाडाैं | पुस ३०, २०७८

NTC
TVS INSIDE

सूचना नदिने गृहमन्त्रालयको सचिवलाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ ।

Sanima Bank
morang Auto yamaha

पत्रकार बालकृष्ण अधिकारीले आयोगमा दिएको पुनरावेदन माथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय रत्नप्रसाद मैनाली र कमला ओली थापाको बिहीवार बसेको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

पत्रकार अधिकारीले संगठित अपराध ऐन, २०७० को दफा १२ को प्रावधान बमोजिम नेपाल सरकारले २०७४ चैत २० गते गरेको निर्णय अनुसार ३३ किलो सुन लगायतको विषयमा गठित विशेष अनुसन्धान टोलीको प्रतिवेदन माग गरेका थिए । 

सूचना मागकर्ताले मागेको उक्त प्रतिवेदन नदिन गृह मन्त्रालयले सुरक्षा र अनुसन्धानको विषय भएको भन्दै पटक–पटक सूचना दिनबाट पन्छिएको थियो । 
    
तर,  ३३ किलो सुन प्रकरणको मुद्धाको अनुसन्धान तहकिकात सम्पन्न गरी यसको अभियोजनसमेत भई मोरङ जिल्ला अदालतबाट फैसला भएकाले सूचना नदिनुपर्ने कारण नदेखिएको भन्दै आयोगले गृह मन्त्रालयको सचिवलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

आयोगको ५०/०७६/७७  नम्बरको मुद्धा माथि निर्णय नं ११७६ रहेको आदेशमा सूचना मागकर्ताले माग गरेको प्रतिवेदन उपलब्ध गराउँदा वा सार्वजनिक गर्दा अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने कुनै तथ्यगत प्रमाण तथा आधारसमेत विपक्षीले दिन नसकेको उल्लेख छ ।  
 
आयोगको उक्त आदेशमा भनिएको छ – गठित अनुसन्धान टोलीले दिएको प्रतिवेदन सार्वजनिक गर्न कुनै कानुनले बाधा पर्ने नभई यसबाट यस्ता अपराध नियन्त्रण तथा रोकथाम गर्न सार्वजनिक निकायले गरेको कार्यको सकारात्मक प्रभाव पर्ने देखिन्छ । साथै, सूचना मागकर्ताले माग गरेको सूचना सूचना उपलब्ध गराउनुपर्ने आयोगको ठहर छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

देशका विभिन्न ठाउँमा ५ जना मृत फेला परेका छन् ।  संखुवासभा, पर्वत, मोरङ, लमजुङ र डोटीमा एक-एक जना मृत फेला परेका हुन् ।  संखुवासभा, चैनपुर नगरपालिका-१ सिङरिङ बस्ने ३० वर्षीय दोर्जी शेर्पा स...

माघ १०, २०७८

कोरोना संक्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ ।  कार्यालयका प्रमुख कमलप्रसाद काफ्ले...

माघ १०, २०७८

हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ । यहाँका बासिन्...

माघ १०, २०७८

देशमा विभिन्न ठाउँमा भएका दुर्घटना ६ जनाको मृत्यु भएको छ । बारा, दाङ, सिन्धुली, सुनसरी, मकवानपुर र सिरहामा एक-एक जनाको मृत्यु भएको हो ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ना.३ च ८८५...

माघ १०, २०७८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महा...

माघ १०, २०७८

मोरङ, रतुवामाई नगरपालिका-८ डाँडागाउँमा एक जना अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।  सोही ठाउँ बस्ने ४५ वर्षीय कृष्ण राईलाई ५ केजी ३९० ग्राम गाँजासहित आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...