×
Bajaj Top
Khukuri
FONEPAY

‘राखेप सदस्य सचिव विवादको बहानामा खेलकुद गतिविधि नराेकाैं’

काठमाडाैं | पुस ३०, २०७८

NTC
TVS INSIDE

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन आग्रह गरेको छ । 

Sanima Bank
morang Auto yamaha

संघले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव विवादको टुंगो नलागेको बहानामा खेलकुदका सबै गतिविधि रोकिने अवस्थाको अन्त्यका लागि प्रभावकारी पहल कदमी गर्न खेलकुद मन्त्रालयलाई आग्रह गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

‘खेलाडीले प्रशिक्षण र प्रतिस्पर्धाको मौका नपाउने हो भने उसको मेहनतको कुनै अर्थ रहन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अदालतबाट मुद्दा टुंगो नलागेसम्मका लागि राखेपका विभिन्न विभागलाई सक्रियताका साथ तयारीमा जुट्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ आह्वान गर्न चाहन्छ ।’

यस्तै संघले सर्वोच्च अदालतलाई पनि राखेप सदस्य सचिवको मुद्दाको टुंगो चाँडो लगाएर खेलकुदलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन आह्वान पनि गरेको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

राखेपको कार्यकारी प्रमुख सदस्य–सचिवसम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । यसको असर ९ औं राष्ट्रिय खेलकुदमा पर्ने संघले जनाएको छ । 

‘राष्ट्रिय खेलकुद परिषदले गरेको पछिल्लो घोषणा मान्ने हो भने नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव यही फागुनको तेस्रो साता गण्डकीमा शुरू हुनुपर्छ,’ संघले भनेको छ, ‘तर त्यसअनुसार जिल्ला र प्रदेशका छनोट तालिका अझैसम्म सार्वजनिक गरिएको छैन, यसबाट पनि राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय गम्भीर नरहेको प्रमाणित हुन्छ ।’ 

नवौं राष्ट्रिय खेलकुद भनेको चीनमा आगामी सेप्टेम्बरमा हुने १९औं एसियाली खेलकुदको राष्ट्रिय छनोट भएकाले त्यहाँबाट खेलाडी छनोट गरेर नियमित प्रशिक्षणमा राख्न ढिलो भइसकेको संघको भनाइ छ । 

नवौं राष्ट्रिय खेलकुद मात्र नभई अन्य गतिविधि, खेलाडीका प्रशिक्षणलगायतका विषय पनि राखेपको उदासिनताका कारण अलपत्र अवस्थामा रहेको संघको आरोप छ । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

माघ १५ बाट हुने भनिएको राष्ट्रिय महिला लिगका खेलहरू स्थगित भएका छन् ।  कोरोना महामारीका कारण लिगका खेलहरू स्थगित भएका हुन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना प्रकाशित गर्दै महिला लि...

माघ १०, २०७८

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि नेपाली क्रिकेट टोली ग्लोबल छनोटलाई लक्षित गर्दै प्रशिक्षणमा फर्किएको छ ।  आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको टो...

माघ ८, २०७८

सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ । पोखरा रङ्गशालास्थित फुटबल...

माघ ९, २०७८

एस्टन भिल्लाका लुकास डिग्ने तथा म्याटी कासमाथि प्लास्टिकको बोतल प्रहार गर्ने एक फुटबल समर्थनलाई पक्राउ परेका छन् ।  गुडसिन पार्कमा शनिबार राती एभर्टनविरुद्धको खेलका क्रममा लुकास र म्याटीमाथि बोतल प्रहार गरे...

माघ १०, २०७८

आयोजक नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि सोमवार मोरिससको फुटबल टोली काठमाडौं आइपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)  पदाधिकारी...

माघ ९, २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएलले शनिवार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जन...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...