×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

हिमालयन बैंकले धोका दियो, हाम्रो डेढ वर्षको मेहनत खेर गयो– पृथ्वीबहादुर पाण्डे

काठमाडाैं | पुस ३०, २०७८

NTC
TVS INSIDE

नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरका लागि भएको सम्झौता करीब १० महिनापछि तुहिएको छ ।

Sanima Bank
morang Auto yamaha

हिमालयन बैंकका ३६ प्रतिशत शेयरधनीले नचाहँदा यसको मर्जर शुक्रवारदेखि औपचारिक रूपमै भाँडिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

मर्जर भाँड्नमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र कर्मचारी सञ्चय कोषको भूमिका रह्यो ।

इन्भेस्टमेन्ट बैंक भने अन्तिमसम्म पनि मर्जर सम्झौताप्रति प्रतिबद्ध देखिएको थियो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अर्थमन्त्री जनार्दन शर्माको हस्तक्षेप, मर्जरमा जान नहुने हिमालयनका अध्यक्ष श्रेष्ठको स्वार्थ र सरकारी कर्मचारी –कर्मचारी सञ्चय कोष) ले मर्जर भाँड्न भूमिका खेले ।

हिमालयन बैंकका अध्यक्षले आफ्नो स्वार्थपूर्ति गर्न नौ महिनादेखि रोकिएको शेयर किनबेच, शेयर धनीले पाउने नगद लाभांश अनिश्चितकालका लागि रोकेरै मर्जर भाँडेका भाँडेका छन् ।

यी दुई बैंकले अब अर्को कुनै बैंकसँग मर्जरमा नगएसम्म शाखा विस्तार गर्न पाउने छैनन् । राष्ट्र बैंकबाट प्राप्त हुने सुविधाबाट पनि उनीहरूलाई वञ्चित गरिने छ ।

कर्मचारी सञ्चय कोषबाटै प्रतिनिधित्व गरेका व्यक्तिले गरेको सम्झौता, आफैं अध्यक्ष रहेको बोर्डले गरेको सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) प्रतिवेदनलाई अस्वीकार गरेर हिमालयन बैंकका तर्फबाट मर्जर भाँडिएको छ । 

हिमालयन बैंकले बनाएको प्रतिवेदन पन्छाएर बाहिरैबाट तयार अर्को प्रतिवेदनलाई आधार बनाउँदै सञ्चय कोषले नै आफ्नो शेयरधनीलाई धोका दिएको इन्भेस्टमेन्ट बैंकका अधिकारीहरू बताउँछन् ।

हिमालयन बैंकले गरेको र उसैले छनोट गरेको व्यक्तिबाट भएको डीडीए रिपोर्ट नमानेका कारण मर्जर भाँडिन पुगेको छ । अर्थ मन्त्रालय, अख्तियार दुरुपायोग अनुसन्धान आयोगसहितका निकायबाट दबाब दिन लगाएर मर्जर प्रक्रिया भाँडिएको बैंककै कर्मचारीहरू बताउँछन् ।

हिमालयन बैंकले धोका दियो– पाण्डे

नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले हिमालयन बैंकले धोका दिएको बताए । 

इन्भेस्टमेन्ट बैंकको कर नलाग्ने एफपीओमा अनावश्यक बहस गरेर र नक्कली डीडीए बनाएर मर्जरमा धोका दिने काम भएको उनको बुझाइ छ ।

हिमालयन बैंकसँग मर्जरका लागि डेढ वर्ष अगाडि छलफल भएको र ९ महिनाअगाडि मर्जरको सम्झौता गरिएको थियो । हिमालयनले अन्तिम समयमा आएर धोका दिँदा आफूहरूको डेढ वर्षको समय समेत खेर गएको पाण्डेले बताए ।

पाण्डेका अनुसार हिमालयनसँग मर्जर जाँदा ठूलो बैंक हुने, बैंकिङ प्रणालीको विकास गर्ने र अरू दुईवटा बैंक मर्जर गराएर दायरा बढाउने तयारी थियो । 

बैंक आफ्नो (पृथ्वीबहादुर पाण्डेको) पकडमा रहने भन्ने भ्रामक कुरा गरेर प्रचण्डबहादुर श्रेष्ठ र उनलाई साथ दिने कर्मचारी सञ्चय कोषले मर्जर भाँड्न भूमिका खेलेको पाण्डेले बताए ।

बाहिरबाट डीडीए गराएर मर्जर भाँड्ने काम भएको उनको गुनासो छ ।

‘हिमालयन बैंक आफैंले गराएको डीडीए नमान्न पनि सकिन्थ्यो, यहाँ त बाहिरबाट अर्को डीडीए गराएर मर्जर नै असफल बनाउने काम भयो,’ पाण्डेले भने, ‘हाम्रो मेहनत र समय मात्र खेर गयो । अब त सञ्चय कोषको पैसा भएको अरू बैंकसँग समेत मर्जरमा जान सोच्नुपर्छ ।’

मर्जरको पहिलो प्रस्ताव नै हिमालयनबाट आएको उनले खुलाए । 

हिमालयन बैंकले अहिले दिएको धोकाले राम्रो सन्देश नगएको उनले बताए ।

अब के हुन्छ ?

राष्ट्र बैंकका अनुसार यी दुई बैंक मर्जरमा जान जसरी सम्झौता गरेर आएका थिए, अब फेरि त्यसैगरी मर्जरमा नजाने कारण खुलाएर निवेदन दिनुपर्छ ।

मर्जरमा नजाने मनासिव कारण खुलाएको अवस्थामा मात्रै अहिलेको मर्जर सम्झौता रद्द हुनसक्ने राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल बताउँछन् ।

उनका अनुसार मर्जर भाँडिएपछि अब दुबै बैंकलाई ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्जिविसन) सम्बन्धी विनियमावली, २०७३’ अनुसार कारवाही हुन्छ ।

अब यी बैंकले मनासिव कारण खुलाएर सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर वा प्राप्ति समितिको निर्णयसहित राष्ट्र बैंकलाई जानकारी दिनुपर्छ । 

त्यसपछि पनि यी दुई बैंकले जति समय माग्छन्, त्यति नै समय अर्को संस्था खोजेर मर्जरमा जानुपर्छ । 

त्यतिबेलासम्म राष्ट्र बैंकले गर्ने कारवाही स्वरूप शेयर कारोबार रोक्का, लाभांश वितरण गर्न नपाउने, राष्ट्र बैंकले दिने सुविधा नदिने र शाखा विस्तारसम्म गर्न नपाउने कारवाही भने भोग्नुपर्छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

सामान्यतया व्यापारमा कमी आयो र औद्योगिक उत्पादन घट्यो भने आर्थिक मन्दीको लक्षण हुन्छ । कतिपय अवस्थामा कुल गार्हस्थ्य उत्पादन दुई वर्षसम्म लगातार घट्यो भने पनि मन्दीको संकेत हुन्छ ।  नेपालमा सन २०२०/०२१ र...

माघ १०, २०७८

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् ।  सोमवार भर्चुअल माध्यमबाट भएको बैंकको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै शर्मा...

माघ १०, २०७८

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा व...

माघ १०, २०७८

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा २ गुणा बढी लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा २ गुणा लगानी बढाउन आग्रह ग...

माघ १०, २०७८

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ ।  निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड रूपैया...

माघ १०, २०७८

निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना शुरू हुने भएको छ ।  सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड&...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...