×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

सार्वजनिक बसमा अनिवार्य डस्टबिन राख्न निर्देशन

बुटवल | पुस ३०, २०७८

NTC
TVS INSIDE

पश्चिम नेपाल बस व्यवसायी प्रालि रूपन्देहीले मातहतका सम्पूर्ण व्यवसायी, चालक, परिचालक, हेल्पर तथा शाखा इन्चार्जहरूलाई गाडीभित्र अनिवार्य रूपमा डस्टबिनको व्यवस्था गर्न/गराउन निर्देशन दिएको छ ।

Sanima Bank
morang Auto yamaha

तिलोत्तमा नगरपालिकाको पत्र अनुसार प्रालिले गाडीमा निस्कने फोहोरमैला डस्टबिनमा राखी फोहोरमैला फाल्ने ठाउँमा मात्र फाल्न निर्देश गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

प्रालिले यात्रुलाई पानीका खाली बोत्तल, कागज, प्लास्टिक वा अन्य फोहोरहरू बाटोमा फाल्न नदिन पनि सम्पूर्ण व्यवसायी व्यवसायी, चालक, परिचालक, हेल्परलाई निर्देशन दिएको छ ।

निर्देशनको बोधार्थ तिलोत्तमा नगर प्रमुख, उपप्रमुख, वातावरण शाखा तथा नगरस्तरीय टोल विकास संस्थालाई पठाइएको छ । जथाभावी फोहोरमैला फालेको पाइएमा सम्बन्धित निकाय, प्रशासनद्वारा फोहोरमैला व्यवस्थापन ऐन तथा कार्यविधिअनुसार कारवाही एवं दण्ड जरिवाना हुने प्रालिले जारी गरेको निर्देशन पत्रमा स्पष्ट पारिएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

तिलोत्तमा नगरपालिकाले प्रालि मातहत सञ्चालित बसहरूमा डस्टबिनमा अनिवार्य व्यवस्था गर्ने व्यवस्था मिलाउन पुस २० गते पत्राचार गरेको थियो । पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषित तिलोत्तमामा गाडीबाट फालिने फोहोरका कारण सडकमा प्रदूषण बढेको पाइएपछि पश्चिम नेपाल बस व्यवसायी लगायतका यातायात संघसंस्थालाई आवश्यक सहयोगको लागि आग्रह गरिएको थियो ।

तिलोत्तमामा हरेक महिनाको १ र १५ गते नियमित सरसफाई हुँदै आएको छ भने टोल विकास संस्थाहरूले आ–आफ्नो अनुकूलतामा शनिवार वा सार्वजनिक बिदाको दिन नियमित सरसफाई गर्दै आएका छन् ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै बागलुङमा सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् । सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ । बढ्दो सङ्क्रमणलाई हेरेर सार्वजन...

माघ १०, २०७८

पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमित हुनेको सङ्ख्या बढेको छ ।  आमनागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा मात्र तीन ...

माघ १०, २०७८

प्रदेश १ सरकारले कोशी पुलदेखि मेची पुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सीसी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति...

माघ १०, २०७८

ललितपुर महानगरपालिकाले सोमवारबाट अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।  महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसमेत संक्रमित भएकाले माघ १५ गते (पाँच दिन)सम्मका लागि सेवाहरू बन्द गरिएको हो । ...

माघ १०, २०७८

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली बजारस्थित मुख्यचोकमा कटान गरिएका रुख । मुग्लिङ पोखरा सडक विस्तारका लागि अहिले रुख कटान कार्य जारी छ । तस्वीरः कृष्ण न्यौपाने/रासस

माघ १०, २०७८

काठमाडौं तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिँदै गरेको टेलिकमको तार चोरी गरेको आरोपमा पाँच जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं गैरीधारा डेरा ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...