×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

पाटन अस्पतालमा मेडिकल अक्सिजन प्लान्ट सञ्चालन

काठमाडाैं | पुस ३०, २०७८

NTC
TVS INSIDE

ललितपुरस्थित पाटन अस्पतालमा जडान गरिएको मेडिकल अक्सिजन प्लान्ट शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

Sanima Bank
morang Auto yamaha

नेपाल सरकार र ललितपुर महानगरको आर्थिक सहयोगमा पाटन अस्पतालमा जडान गरिएको प्लान्टको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

भदौंदेखि नै परीक्षणमा रहेको प्लान्टलाई औपचारिक रूपमा शुक्रवारबाट सञ्चालनमा ल्याइएको हो । ३ करोड लागतमा जडान भएको प्लान्टका लागि महानगरले १ करोड गत माघ महिनामा हस्तान्तरण गरेको थियो । 

महानगर प्रमुख चिरीबाबु महर्जनले कोरोना संक्रमणको महामारी अझै बाँकी रहेकाले अक्सिजन प्लान्टको जडानले कोराना बिरामीको उपचार गर्न सहज हुने बताए । पाटन अस्पतालले कोरोनाको पहिलो र दोस्रो लहरमा बिरामीको उपचारमा गरेको कामको उनले प्रशंसा गरे ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उनले भने, ‘त्यतिबेला म स्थानीय सरकारको प्रमुखको हैसियतले चिकित्साकर्मीको हौसला बढाउन अस्पताल आएको थिएँ, यहाँको अक्सिजन प्लान्ट बिग्रिएर जानकारी पाएपछि सहयोगको कुरा अघि बढाएको हुँ ।’

अस्पताललाई आवश्यक अन्य सहयोग महानगरले गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । उनले भने, ‘त्यत्तिबेला मर्चरी हाउसको पनि कुरा उठेको थियो तर अक्सिजन प्लान्ट आवश्यक भएर प्लान्टका लागि सहयोग गर्‍यौं, अब अर्को पटक चुनाव जितेर आएपछि मर्चरीको लागि सहयोग गर्छौं ।’

प्लान्टले दैनिक ५० लिटरको २२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यले जानकारी दिए । 

डा. शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिँदा आफूहरूले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै प्लान्टको सहयोगले कोभिडको सम्भावित तेस्रो लहरलाई समेत थेग्न सक्ने गरे ।

उनले भने, ‘महानगरले हाम्रो अस्पतालप्रति अभिभावकत्व ग्रहण गरेको देख्दा आवश्यक सहयोग पाउने अपेक्षा गरेका छौं ।’

प्रतिष्ठानका उपकूलपति डा. राजेशनाथ गोगंलले कोभिडको दोस्रो लहर रहँदा आफूहरूको सामथ्र्यले भ्याएसम्म बिरामीको सेवा गरेको जानकारी गराउँदै आगामी दिनमा जस्तोसुकै विपत सिर्जना भए तापनि प्लान्टले नै अक्सिजन पुग्ने जिकीर गरे ।

उनले भने, ‘ललितपुर भित्रको एक मात्रै महानगरले जनताको स्वास्थ्यप्रति संवेदनशील भएर गरेको उदारहणीय सहयोगले हामीलाई सेवामा खट्न ऊर्जा मिलेको छ ।’ 

अस्पतालका कोभिड फोकल पर्सन डा. आशिस श्रेष्ठले अस्पतालले बनाएको विपद् व्यवस्थापन योजनाका कारण आफूहरूले कोरोनाको जोखिमलाई व्यवस्थित गर्न सफल भएको बताए । कोरोनाको पहिलो र दोस्रो लहरमा अक्सिजन अभावले काम गर्न असजिलो भएको बताउँदै प्लान्ट जडानले महामारीसँग लड्न ऊर्जा दिएको प्रस्ट पारेका छन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

 विगत २४ घण्टामा  एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ ...

माघ ९, २०७८

धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) ...

माघ ७, २०७८

विगत २४ घण्टामा तीन लाख सात हजार ४०१ ले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ३७९ र पूर्णमात्रा एक करोड २७ लाख ४६ हजार ५८० जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज ५०...

माघ ६, २०७८

चितवन जिल्लामा रहेका २ ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन् । भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडको बिरामीको उपचार हुँदै आएका छन् । क्यान्सर...

माघ १०, २०७८

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी ५० जनाभन्दा बढी संक्रमित भएपछि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले ...

माघ ७, २०७८

तौल घटाउनका लागि मानिसहरू अनेक किसिमका डाइट लिन्छन् र जिममा गएर व्यायाम गर्छन् । तर कोरोनाका कारण जिमहरू बन्द भइरहेका छन् । यस्तो अवस्थामा घरैमा योगाभ्यास गर्ने अनि स्वस्थकर चिया पिउने गर्दा तौल नियन्त्रणमा रहन्...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...