जेठ ११, २०७९
दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ । ...
बुटवल | माघ २, २०७८
कोरोनाभाइरस (कोभिड– १९)को तेस्रो लहर तीव्र गतिमा फैलिएका बेला त्यसको रोकथामका लागि प्रभावकारी काम गर्नुपर्ने समयमा लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समितिलाई नेतृत्वविहीन बनाएको छ ।
प्रदेश मातहतका सबै अस्पताल विकास समितिका अध्यक्षहरूलाई बर्खास्त गरेर नेतृत्वविहीन बनाएपछि सरकारी अस्पतालहरू भूसको आगोसरी फैलिएको कोरोना रोकथाम र बिरामीको चापलाई कसरी व्यवस्थापन गर्ने भन्नेमै अलमलमा परेका छन् ।
कोभिडको उपचारका लागि पूर्वाधार र जनशक्ति अभाव छ । सरकारको कामले कोभिड नियन्त्रणमा अड्चन पैदा भएको छ ।
गत शुक्रवारको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समितिमा प्रदेश सरकारबाट मनोनित अध्यक्ष र सदस्यहरूलाई हटाएको थियो ।
प्रदेश सरकार मातहतमा अहिले २५ अस्पताल छन् । जसमा ३ साविक अञ्चल अस्पताल, ११ जिल्ला अस्पताल र ११ आयुर्वेद अस्पताल छन् ।
कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएका बेला सरकार उल्टो दिशामा हिँडेको जानकारहरू बताउँछन् ।
कोरोनाको दोस्रो लहरबाट लुम्बिनी प्रदेश ‘इपिसेन्टर’ बन्दा बाँके र रूपन्देहीमा कोरोनाले भयावह रूप लिएको थियो ।
कोरोना महामारीका कारण सिर्जित संकटबीच जनता रोग र भोकविरुद्ध जीवनमरणको लडाइँ लडिरहेका बेला सरकारले राजनीतिक प्रतिशोध साँधेर अस्पताल विकास समितिलाई रित्तो बनाउने काम गरेको लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष सूर्यबहादुर भट्टराईले बताए ।
भट्टराईले भने, ‘कोरोना फैलिन थालेपछि हामीले कोभिड आईसीयू बेड थप्दै थियौं । दोस्रो लहरमा जस्तो अक्सिजनको अभाव नहोस् भनेर कोभिड बेडहरूमा पाइपलाइनबाट अक्सिजन पुर्याउने काम प्रभावकारी रूपमा हुँदै थियो । एकाएक मलाई बर्खास्त गरियो । केही छैन । तर, जनतालाई बचाउनुपर्ने बेलामा विकास समिति खारेजले अस्पतालका डाक्टरहरूलाई काम गर्न असहज हुन्छ ।’
६ माघ २०७६ मा तत्कालीन सरकारले भट्टराईलाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरेको थियो ।
अहिले लुम्बिनी प्रदेशमा संक्रमण तीव्र छ । प्रदेशमा दैनिक १ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन् । प्रादेशिक अस्पतालमा संक्रमणको लक्षण देखिएर आएका १०० जनाको जाँच गर्दा ३० जनामा पोजेटिभ देखिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बिरामीको चाप तीव्र रहेको बताए । अहिले प्रादेशिक अस्पतालमा २०० जना कोरोनाका बिरामी उपचारका लागि आउन थालेका छन् ।
जसमध्ये अहिलेसम्म धेरैलाई अक्सिजन चाहिने अवस्थामा नरहेकाले तत्कालै अप्ठ्यारो नभए पनि संक्रमण झनै बढ्न थालेपछि अवस्था गाह्रो हुन सक्ने मेसु ढकालले बताए ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा अस्पतालमा अध्यक्ष र पदाधिकारी नभएर कोरोना रोकथामको कामलाई असर नपर्ने दाबी गर्छन् ।
यद्यपि, व्यवस्थापनको कार्यमा भने केही समस्या भएको उनको बुझाइ छ । शर्माले छिट्टै सबै अस्पतालमा नयाँ विकास समितिको नेतृत्व दिन प्रदेश सरकार तयारीमा रहेको बताए ।
यस अघिदेखि नै सञ्चालनमा रहेका अस्पताल, आइसोलेसन, अक्सिजन प्लान्टहरू सबैको राम्रो व्यवस्थापन गरिने सरकारको उनको भनाइ छ ।
सीमा नाका भद्रगोल
भारतबाट संक्रमित भएर आएकाहरूलाई होल्डिङ सेन्टरमा नराखेर सिधै घर जाँदा संक्रमण झनै फैलिएको छ । नेपाल–भारत सीमा नाका बेलहिया (सुनौली) मा चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित बनेका छन् । त्यसतर्फ प्रदेश सरकारको ध्यान पुग्न सकेको छैन ।
लुम्बिनी प्रदेशमा नेपाल–भारत आवतजावत गर्ने ठूला चारवटा नाका छन् । ती सबै अस्तव्यस्त र भद्रगोल छन् । संक्रमण रोकथाम भनेर हतारमा विद्यालय बन्द गरेको सरकारको उपस्थिति सीमा नाकामा प्रभावकारी देखिँदैन ।
नाकामा पर्याप्त परीक्षण र पूर्वतयारी नै छैन । संक्रमित सिधै सार्वजनिक गाडी चढेर घर जान्छन् । जसले गर्दा संक्रमण फैलिने क्रम तीव्र छ । अहिले दैनिक लुम्बिनी प्रदेशका विभिन्न नाकाबाट दैनिक २ हजारभन्दा बढी नेपालीहरू नेपाल प्रवेश गरेर सिधै घर गएका छन् ।
खोप अझै ४५ प्रतिशतलाई बाँकी
लुम्बिनी प्रदेशमा अझै ४५ प्रतिशत जनसंख्या कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लगाउन पाएका छैनन् । खोपको गति सुस्त छ । सबै नागरिकलाई पूर्ण मात्रा खोप नदिँदै सरकारले खोप कार्ड अनिवार्य गर्दा व्यावहारिक रूपमा यसको कार्यान्वयन कठिन हुने देखिएको छ । दुवै खोप लगाउन नपाएकाहरू सार्वजनिक सेवा लिनबाट बञ्चित हुन सक्ने देखिएको छ ।
लुम्बिनीमा १२ वर्षमाथिको जनसंख्यामा ३९ लाख ६७ हजार छ । जसमध्ये १९ लाख ३० हजारले मात्र खोप दुवै डोज खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म पहिलो डोज खोप लगाउनेको संख्या करीब ३० लाख पुगेको छ ।
प्रदेशका १२ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ । केही स्थानीय तहले उमेर समूह अनुसार बालबालिका बाहेक अन्यलाई खोपका दुवै मात्रा पूरा गरेका छन् । लुम्बिनीमा १२ जिल्ला छन् ।
खोप लगाएकाहरू पनि संक्रमित
प्रदेशका विभिन्न अस्पतालमा भर्ना भएका कोरोना संक्रमितमध्ये अधिकांश खोप लगाएकाहरू रहेका भेटिएका छन् ।
लुम्बिनी प्रादेशिक, भेरी, राप्ती र भीम अस्पतालमा रहेका कोरोना संक्रमितमध्ये अधिकांश कोरोनाविरुद्धको पूर्ण खोप लगाएकाहरू हुन् ।
खोप लगाएका संक्रमितहरू प्रशस्तै रहेको अस्पतालका सूचना अधिकारी डा. नेत्र रानाले बताए ।
‘अहिले अस्पतालमा एक गर्भवतीसहित १० जना कोरोनाका संक्रमितहरू भर्ना हुनुभएको छ,’ उनले भने, ‘भर्ना भएका संक्रमितमध्ये ८ जनाले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनुभएको छ ।’
अस्पतालमा भर्ना भएका संक्रमितहरूमध्ये अहिले कुनै पनि संक्रमितमा जटिल समस्या छैन ।
पालना भएन सरकारको ‘प्रोटोकल’
सरकारले ठूलो सभा र कार्यक्रम गर्न भनेको छ । प्रायः सबैजसो ठाउँमा सरकारको निर्देशन पालना भएको छैन ।
२५ जनाभन्दा बढी भेला नगर्न भने पनि संघ संस्थाका कार्यक्रम माघी पर्वमा सयौं मानिसहरू जम्मा भएर कार्यक्रमहरू भइरहेका छन् ।
जसलाई रोक्न प्रशासन उदासीन देखिन्छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ । ...
भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले बुधबार (आज) बिहान पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै दाहालले २ निर्णय गरेकी छिन् । उनले दोस्रो कार्यकालको पहिलो निर्णयमा अब भरत...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर या फागुमा प्रतिनिधि सभाको चुनाव हुने भन्दै अहिलेदेखि नै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय तह निर्वाचनबाट कांग्रेसको लोकप्रियता बढेकाले जनतालाई...
पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्...
शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर चलचित्र ‘कबड्डी ४’ले मल्टिप्लेक्स हलहरूमा सर्वाधिक शो पाएको छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको पहिलो दिन चलचित्रलाई ९७ श...
रूपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका चित्रबहादुर कार्कीले नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र शर्मालाई २ हजार ७२७ मतान्तरले पराजित गरेका थिए । कार्कीले १३ हजा...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...