×

X
Nic Asia
Marvel
Khukuri

चर्चा–परिचर्चा

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

काठमाडाैं | माघ ३, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए । 

DHARA
LAxmi BAnk

हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुने गर्दछ तर हामी वीर नेपालीले गर्व गर्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा छ, त्यो के भने हाम्रो मन्त्रीको तौल घटेको छैन । लगभग सय किलोको हाराहारीमा छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जुन देशका मन्त्रीको तौल सय किलो हुन्छ, त्यो देशका जनताको भाग्य चम्किन्छ । २ मन्त्रीको भाले जुधाइ आफ्नो शरीरको तौलमा केन्द्रित छ । दुब्ला–पातला पूर्व मन्त्री योगेश भट्टराईको दुःखमा रोई दिने कोही छैन । हुन त मेरो पनि तौल घटेको थियो, मलाई देखेर पनि उत्तर कोरियामा जस्तै यहाँ कोही रोइदिएनन् । दुब्लो हुनु पनि बडा गाह्रो छ यो देशमा । त्यसलाई त लडेर पनि जित्छु भनेर टीभीमै भन्दिन्छन् । 

प्रसङ्ग अलिकति बदलौं, डोटी घर भएका प्रेमबहादुर आले यतिखेर पर्यटन मन्त्री छन् । वनमन्त्रीका रूपमा धेरै नै बदनाम भएपश्चात उनको उपनाम ‘कार्बनडाइअक्साइड’ बनेको थियो । उनको उपनाम यति प्रख्यात थियो कि कार्बनडाइअक्साइड मन्त्रीका रूपमा उनलाई शिशु कक्षामा पढ्ने केटाकेटीहरूले पनि चिन्दथे । त्यतिखेर ‘आलेले इज्जत फाले’ जस्ता अपमानजनक मुक्तकहरू पनि लेखिए ।


Advertisment
Bizbazar
Saurya island

तर आज परिस्थितिमा फेरबदल आएको छ । कार्बनडाइअक्साइड मन्त्री एकाएक किम जोङ उनको भाइ बन्न पुगेका छन् । यद्यपि मानिसहरूको कसरी दानवीकरण हुन्छ र कसरी फेरि देवत्वकरण हुन्छ भन्ने कुराको प्रेम आले बलियो प्रमाण हुन् । यहाँभन्दा धेरै दार्शनिक कुरा नलेखौं ।

नेपाली पाठकहरू दार्शनिक कुरा बुझ्ने हैसियतमा पुगेका छैनन् । यूट्युबतिर भेनासालीको झगडा हेरेर दिन बिताउनेहरू मेरो कुरा बुझ्न पनि सक्दैनन् ।

Vianet communication
IME BANK INNEWS

हिजोआज समाचार र सामाजिक सञ्जालमा मन्त्री प्रेम आलेको चिटिक्क परेको हँसमुखी अनुहार मात्रै देखिन्छ । उनले लगाएको कोट कता सिलाएको हो ? त्यो अलिक मिलेको छैन तर उनका एकपछि अर्को कदमहरू मिल्दै गएको अनुभूति भइरहेको छ । यतिखेर उनी वास्तवमै ७ नम्बर गियरमा छड्के जाँचमा डौडिरहेका छन् । यो मंहगो लोकप्रियता हो । 

पशुपतिको धर्मशालाको मंहगो कोठाभन्दा पनि उनको लोकप्रियता महंगो बन्दैछ ।

प्रेम आले दाई पहिले दिल्लीतिर सेक्युरिटी गार्ड हो कि के गरेर बसेका थिए अरे । उनको १०० किलो तौल देख्दा त्यो हो कि जस्तो पनि लाग्छ । किनकि सेक्युरिटी गार्डको काम बस्ने, खाने, सुत्ने अनि मोटाउने हो । धेरै–थोरै अनुभव मलाई पनि छ । सुदूरपश्चिमका एक जना भट्ट थरका मुख्यमन्त्री भएका थिए । तिनी पनि उहिले दिल्लीतिरै सेक्युरिटी गार्ड थिए अरे तर तिनी किन दुब्लो छन् ? आश्चर्यको विषय बनेको छ ।

दिल्ली बस्दा प्रेम आलेले पक्कै पनि ‘नायक’ चलचित्र हेरेको हुनुपर्छ । मन्त्री भएदेखि उनी प्रेम आले कम अनिल कपुर धेरै देखिएका छन् । अनुहार र शरीरबाहेक उनको हाउभाउ त्यही नायक चलचित्रको अनिल कपुरकै हारहारीमा छ । पत्रकार साथीहरू पनि के कम, पशुपतिको धर्मशाला देखेर आले ‘सक’ भएको समाचार लेखिदिन्छन् । त्यत्रो मोटोघाटो मान्छे पनि सामान्य कुरामा सक हुन्छ ? हावाकुरा ! 

प्रेम आले यतिखेर हिन्दी फिल्मको एक दिन मन्त्री हुने कथाको नेपाली भर्जनमा खटिएका छन् । भावुक नेपालीहरूका लागि यस्तो कर्म सिधै राष्ट्रवादसँग जोडिन्छ । विधि र प्रक्रियाभन्दा पनि तोडफोड गरेको, जंगिएको, रिसाएको, कालोमोसो दलेको नेपालीलाई खुबै मन पर्छ । फ्रस्टेसनमा रहेका जो कोहीलाई यस्तो शैली मन पर्छ । यो भारत वर्षमा यस्तो कदमलाई लोकप्रिय मानिन्छ । भारतमा पनि मन्त्रीहरू सडकमा निस्किएर यस्तै होहल्ला गरिरहेका देखिन्छन् ।

पूर्व मन्त्री योगेश भट्टराई र बहालवाला मन्त्री प्रेम आले बीचमा शितयुद्ध चलिरहेको छ । बैगुनीलाई गुनले मार्नुपर्छ भनेर होला योगेश भट्टराईको १–१ गुन प्रेम आलेको मुखारविन्दबाट वाचन हुँदैछ । 

यसरी एकाएक योगेश भट्टराईको जीवनमा हुरी–बतास चल्न पुगेको छ । फलस्वरूप प्रधानमन्त्रीलाई कोरोना नियन्त्रण गर्न अनुरोध पत्र बोकी बालुवाटार पुगेका भट्टराईले आफैं मास्क लगाउन बिर्सिएका छन् । हुन त उनले नारायणहिटी दरबारमा आफैंले रेस्टुरेन्ट खोल्न दिएको अनुमति पनि बिर्सिएका थिए । मैले हुँदै होइन, दिएकै छैन भनेर पाथिभराकै कसम खाएका थिए । 

पहिले प्रेम आलेको ३ करोड नेपाली जनताले खिसी गरेका थिए । अहिले ४ करोड नेपाली जनताले हाईहाई गरेका छन् । ४ करोड यसअर्थमा कि जनगणनामा नाम टिपाउन छुटाएकाहरूले पनि प्रेम आलेको हाईहाई गरेका छन् । प्रेम आलेले सबैको इज्जत राखे, मन्त्री होस् त प्रेम आले जस्तो, प्रेम आले राष्ट्रवादी मन्त्री, कसैको डरधम्की नमान्ने देशको सच्चा सपुत प्रेम आले ... यस्तै–यस्तै भन्न थालेका छन् मानिसहरू । 

मोटो भएर के भयो त ? अटेरी प्रबन्ध निर्देशकहरूलाई ‘ओ भाइ, ओ भाइ ! के हो यार ? अलि छिटो आउनुहोस्, यो के हो हँ ? कति हजारको कोठा हो भन्न थालेका छन् । अस्ति कहिले हो रक्सी काण्ड मच्चिएको थियो । विदेश भ्रमण जाँदा रक्सी खाने कि नखाने भनेर विवाद चलेको रहेछ । सोझो मगरको छोरा प्रेम आलेले त्यो पनि सार्वजनिक गरिदिए । मगरको छोरालाई रक्सी खाने कि नखाने भनेर पनि कतै सोध्ने हो त ? झमक्क रात पर्न थालेपछि खाइहाल्छ नि ! उस्तै परे बिहानैसम्म खान्छ । जति खाए पनि लाग्दैन क्यारे ! स्लोली खाने हो नि ! खाएकोले त खाइहाल्छ नि ! ज्यान गए पनि खान्छ । 

प्रेम आले दाइ यतिखेर असली छापामार भएका छन् । ‘प्रचण्डले बनाएको मन्त्री हुँ म, बर्ता हुने हैन’ भन्दै आवेगपूर्ण अनुहार लिएर हिँडिरहेका छन् । अब फेरि मगरको रिस तपाईंहरूलाई थाहा नै होला । रिसाउँदै–रिसाउँदैन, जब रिसायो एकछिनपछि हाँस्ने गरी रिसाउँछ तर खै हिजोआज प्रेम आलेलाई लाटो रिस उठेको हो कि क्या हो जे कुरा पनि भत्काउन मात्रै लागेको देखिन्छ ।

मेरो विचार के हो भने मन्त्री–मन्त्रीको लडाइँ व्यापारीको लगानीमा पार्नु हुँदैन । राज्यले निकास दिनुपर्छ । सस्तो लोकप्रियताका लागि संरचना भत्काउनु राम्रो होइन । हिजो चन्द्रागिरिमा केबुलकार बन्दा पनि लौ जंगल नासियो, बर्बाद भयो भन्नेहरू धेरै थिए, आज तिनै चन्द्रागिरिमा पुगेर फोहोरी अनुहार देखाउँदै सेल्फी हान्छन् ।

प्रेम आले दाइको नियत सही छ । तर नियति गलत छ । एउटा कुरामा असहमति के भने विकास गर्नका लागि केही न केही त विनाश हुनैपर्‍यो नि ! एउटा सरकारले सहमति गरेर दिएको कुरा सरकार परिवर्तन हुने बित्तिकै विमति राख्नु सर्वथा गलत हो । यदि त्यसो हो भने सरकारले व्यापारीलाई क्षतिपूर्ति दिनुपर्छ । 

पशुपतिमा धर्मशाला बनेको छ, त्यहाँ विदेशीहरू बस्ने हो, सेवासुविधा दिएर सोअनुरूप पैसा लिनु खासै ठूलो अपराध होइन । बरु नीतिनियम बनाउनुपर्‍यो । नेपालीलाई छुट हुनुपर्‍यो । दरबार परिसरभित्र पानी, कफी, जुस, स्यान्डविजहरू खान पाइनु पनि आघुनिक नेपालका लागि सही नै हो । भ्रष्टाचार भएको छ, अनियमितता भएको छ भने त्यो रोक्ने होला तर केही गर्नै नदिने त कसरी राम्रो भयो र ? 

अलिकति आलोचना सहितको खबरदारी गरौं भन्ने विचार थियो तर मौसम खराब छ, भो लेख्दिनँ । फेरि प्रेम आले त नेपालको किम जोङ उन हुन् अरे ! मलाई पक्राउ गरेर कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा लगेर फ्याँकिदिए भने ...

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

भदौ २७, २०७९

एकपछि अर्को बलात्कारका घटना सार्वजनिक भइरहँदा समाजमा यसबारेको बहस फेरि तातिएको छ। यस्ता बहसहरू बेलाबेलामा चर्कन्छन्, अनि सुस्तरी सेलाउँछन्। केलाएर हेर्दा बलात्कार नियन्त्रणसम्बन्धी बहसमा मूलतः तीन धारहरू देखिन्छन्।...

भदौ २९, २०७९

अछामको २ नम्बर क्षेत्रको झण्डै ७ दशक लामो परिवर्तित चाहनाको यात्रा वास्तवमै उथलपुथलपूर्ण रह्यो । निकै लामो समयसम्म जंगलघाट–कालेकाँडा, भुलु, रहफ–कालेकाँडा अनि जंगलघाट–गैरीटाँड–विनायक, ...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x