असार ८, २०७९
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित 'आइएमई पे'ले हवाई उडान टिकटमा नयाँ अफर सार्वजनिक गरेको छ । “उच्च तापक्रममा उच्चत्तम छुट” नामक “...
व्यावसायिक सेवा प्रदायक ‘भेटायो’ले काठमाडौं उपत्यकामा आफ्ना सेवाहरु सञ्चालन गरेको छ।
कम्पनीका अनुसार यो आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ। सबै व्यावसायिक सेवाहरूको आवश्यकता सजिलै पूरा गर्नका लागि ‘भेटायो’ छिटो र सरल एप भएको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार यसले घरेलु तथा व्यवसायिक सेवाहरु प्रदान गरिरहेको छ। व्यावसायिक सेवाहरू जस्तै प्लम्बिङ, कीट नियन्त्रण, सवारी साधनको सफाई, ब्यूटिसियन तथा अन्य नयाँ सेवाहरू निरन्तर थप्दै जाने कम्पनीको योजना छ।
भेटायोको शुरुवात खासगरी समयमै कुनैपनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको जनाएको छ।
‘हामीले ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी तपाईंकै घरदैलोमा व्यवसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि हामीले यो अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय गरेका हौं। जहाँ हाम्रा प्रयोगकर्ताहरूले भरपर्दो र व्यवसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सक्छन्। हाम्रो एपले सम्पूर्ण प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउन ग्राहकको ढोकामा नै आवश्यकता अनुसार सेवाहरू उपलब्ध गराई जीवनलाई सजिलो बनाउने लक्ष्य राखी ‘भेटायो सेवा’ को स्थापना गरेका हौं। ‘भेटायो’ शब्दले आफ्नो समस्याको समाधान खोज्नुलाई जनाउदँछ’ कम्पनीले भनेको छ।
‘यसबाट आफ्नो आवश्यकता पूरा गर्न एक अनुभवप्राप्त प्राविधिकबाट छिटो र सजिलो सेवा लिन सकिन्छ। हाम्रो एपमा क्लिक गर्ने वित्तिकै तपाईंले सत प्रतिशत ग्राहक सन्तुष्टिको साथ आफ्नो घर वा व्यवसायमै अनुभवी र प्रशिक्षित सेवा पाउन सक्नुहुन्छ’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
उचित र पारदर्शी मूल्य प्राप्त गर्न, अनुभवी सेवा प्रदायकहरू छनोट गर्न, सेवामा ३० दिनको ग्यारेन्टी पाउन र विविध प्रकारका सेवाहरु सजिलै पाउन भेटायो एप प्रयोग गर्न सकिने बताइएको छ।
कसरी अर्डर गर्ने वा सेवा बुक गर्ने ?
दर्ता : ‘हाम्रो एप’ डाउनलोड गर्नुहोस् र आवश्यक विवरणहरूको साथ दर्ता फारम भर्नुहोस्। जसमा नाम, ठेगाना, इमेल आईडी र सम्पर्क विवरणहरू आदि भर्ने वा आफ्नो फेसबुक खाताबाट पनि लगइन गर्न सक्नुहुनेछ।
सेवा लिन :एकचोटि तपाईंले दर्ता गरिसकेपछि, तपाईंले खोजिरहनु भएको कुनै पनि आवश्यक सेवा खोज्नुहोस् र आफ्नो सेवा प्रदायकको मूल्याङ्कन र विगतका ग्राहक विवरणहरू हेरेर छनौट गर्नुहोस्।
निश्चितता :तपाईंको सुविधा अनुसार समय तालिका मिलाएर बुक गर्नुहोस् । सेवा प्रदायक सो अनुसार तपाईंको स्थानमा आइपुग्ने छन्।
भेटायोले सञ्चालनको पहिलो महिनामा १००० भन्दा बढी प्रयोगकर्ताहरू र १०० भन्दा बढी सेवा प्रदायकहरू प्राप्त गर्न सफल भएको जनाएको छ। तिनीहरूको सेवा क्षेत्र हाल काठमाडौं उपत्यकामा सीमित छ र निकट भविष्यमा अन्य शहरहरूमा विस्तार गर्ने योजना रहेको छ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित 'आइएमई पे'ले हवाई उडान टिकटमा नयाँ अफर सार्वजनिक गरेको छ । “उच्च तापक्रममा उच्चत्तम छुट” नामक “...
इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घरघरमा’ नामक अभियान शुरू गरेको छ । कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यका साथ यस्तो ‘क्याम्पेन’ थालेको ह...
इसेवाबाट मनकामना केबुलकारको टिकट काट्दा हिराको हार उपहार सकिने भएको छ । योजना अन्तर्र्गत मनकामना केबलकारको टिकट काट्दा एकजनाले हिराको हार, एक नाले आइफोन १३, एकजनाले स्मार्ट टीभी र एकजनाले वासिङ्ग मेसिन ...
नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की, स...
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ । शनिवार बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा आयोजना भएको रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख कार्य...
क्यासिफिक ब्रोडब्याण्ड स्याटलाइटस् समुहले आफ्नो क्यासिफिक १ स्याटलाइटमार्फत नेपालमा का (Ka)ब्याण्ड टर्मिनलको सफल परिक्षण गरेको छ । नेपालमा गरिने स्याटलाइट ब्रोडब्याण्ड सेवाको यो पहिलो परिक्षणले 'का' ...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...