जेठ १३, २०७९
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेसनल प्याब्सन) ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरूका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ । संगठनले शुक्रवार पत्रकार सम्मेलन...
काठमाडाैं | माघ ६, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले पूर्वाञ्चल विश्वविद्यालयले लिइरहेको बीए एलएलबी चौथो वर्षको परीक्षालाई निरन्तरता दिने कि कोभिड–१९ संक्रमणको दर उच्च दरमा बढेकाले केही समय रोक्ने भनेर टेलिफोनमा संवाद गरेका छन् ।
बीए एलएलबीको पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ठ अंक ल्याएका मध्य प्राञ्जली कंडेल र अञ्जली तिवारीलाई बिहीवार टेलिफोन गरेर गृहमन्त्री खाँणले जारी परीक्षा सञ्चालन गरिरहने कि केही समय स्थगन गर्ने भनेर सोधेका छन् ।
विश्वविद्यालयले पुस २९ गतेबाट शुरू गरेको बीए एलएलबी चौथो वर्षको परीक्षामध्ये बुधवार भएको परीक्षामा कोभिड–१९ संक्रमित र संक्रमणमा नभएकालाई एउटै कोठामा राखिएको भन्दै परीक्षार्थीहरूले शान्तिपूर्ण धर्ना दिएका थिए । त्यो धर्नामा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीको टोली बिहीवार गृहमन्त्री खाँणलाई भेट्न मन्त्रालय आएको थियो ।
काठमाडौं स्कूल अफ ल भक्तपुर दधिकोटमा अध्ययनरत साइरस शर्मा, जीवन शर्मा, रश्मी रेग्मी, अर्नव चौधरी, अमृत मिश्र लगायतका विद्यार्थीहरू मन्त्री खाँणलाई भेट्न मन्त्रालयमा आएका थिए ।
उनीहरूलाई मन्त्री खाँणले पढ्नमा ‘ट्यालेन्ट’ विद्यार्थीले परीक्षा होस् भन्ने चाहना राखेको तर परीक्षाको तयारी नगरेका विद्यार्थीले परीक्षा स्थगन भएमा केही तयारी गर्न पाइन्थ्यो भरेर स्थगनको माग राखेको भन्ने कुरा आएकाले यथार्थ के हो भनेर सोधेका थिए ।
त्यसपछि विद्यार्थीले बीए एलएलबी पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीले पनि परीक्षा नदिएको बताएका थिए ।
उनीहरूको त्यो जवाफपछि मन्त्री खाँणले पहिलो हुने विद्यार्थी कंडेल र तिवारीको मोबाइल नम्बर मागेर टेलिफोन गरेका थिए । मन्त्री खाँणसँग टेलिफोनमा कंडेलले परिवारसहित आफू कोभिड–१९ संक्रमणमा रहेको र संक्रमणमा रहेका विद्यार्थीले छुट्टै बसेर परीक्षा दिने व्यवस्था विश्वविद्यालय र परीक्षा सेन्टरले नगरेको भन्दै केही समय स्थगन गर्दा उपयुक्त हुने सुझाएकी थिइन् ।
अर्की विद्यार्थी तिवारीले पनि परीक्षा केही समय स्थगित गरेर संक्रमण वृद्धिको उच्चदर केही रोकिएपछि गर्दा उपयुक्त हुने सुझाव दिएकी थिइन् । गृहमन्त्री खाँणलाई विद्यार्थीहरूले भेटेर स्वास्थ्यका मापदण्ड नअपनाई विश्वविद्यालयले परीक्षा सञ्चालन गरिएको भन्दै स्थगन गर्न माग गरेका छन् ।
उनीहरूले गृहमन्त्री खाँणसँग कोभिड–१९ संक्रमित र संक्रमणमा नभएकालाई एउदै कोठामा राखेर परीक्षा लिँदा सबैलाई संक्रमण हुने भन्दै कि त छुट्टाछुट्टै राखेर परीक्षा दिने वातावरण निर्माण गरिदिनुपर्ने, नभए स्थगन गरिदिन माग गरेका छन् ।
गृहमन्त्रीलाई भेट्न आएका शर्माले बुधवार चौथो वर्षका परीक्षा दिने १५० जनामध्ये २७ जनाले मात्र परीक्षा दिएका बताए । परीक्षा दिनेमध्य ९ जनालाई कोभिड–१९ संक्रमण भएको पनि गृहमन्त्री खाँणलाई भेट्न आएका शर्माले जानकारी दिए ।
आफूहरूले स्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षा गराउन माग गर्दै बुधवार शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले धरपकड गरेको भन्दै उनीहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
गृहमन्त्री खाँणले आफूले सबै विद्यार्थीले स्थास्थ्यका मापदण्ड पालना गरेर परीक्षा दिने वातावरण निर्माण गर्न पहल गर्ने बताएका थिए । ‘कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफलमै छौं । निर्णय भएपछि तपाईंहरूलाई जानकारी आउँछ,’ गृहमन्त्री खाँणले भने ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेसनल प्याब्सन) ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरूका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ । संगठनले शुक्रवार पत्रकार सम्मेलन...
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिमको डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने आगामी आ...
नीति अनुसन्धान प्रतिष्ठानले आज नेपालमा प्रादेशिक विश्वविद्यालयको स्थापनाका लागि आवश्यक न्यूनतम पूर्वाधार, संस्थागत ढाँचा, वित्तीय व्यवस्थापन तथा लगानीका सम्भावित स्रोतहरू सम्बन्धी अध्ययनको नतिजा प्रस्तुतीकरण तथा पृष्ठपो...
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष असिम राईले आफ्नै सेवा सुविधाले गाउँपालिकाका १ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउन खर्च गर्ने निर्णय गरेका छन्। नेकपा ...
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ । विगत दुई वर्ष अगाडिदेखि कोभिड–१९ का कारण विद्याल...
नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...