बैशाख २८, २०७९
बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले सरकारले गरेको सातामा दुई दिन बिदा दिने कार्यान्वयन गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ । सरकारले आगामी १ जेठदेखि सातामा आइतबार पनि बिदा दिने...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार ३३.०३ अंकले उकालो लागेर २ हजार ९३१.३४ मा पुगेको छ ।
साताभर लगातार उकालो लागेको नेप्से शेयर कारोबार हुने बिहीवार अन्तिम दिन समेत उल्लेख्य रूपमा वृद्धि भएको हो ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०९ अंकले बढेर ५४३.७४ मा पुगेको छ ।
कूल २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार बिहीवारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ४२ अर्ब ५३ करोड ८ लाख ८० हजार बराबर पुगेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये बिहीवार २ उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.०२ र सामूहिक लगानी कोष ०.०२ अंकले ओरालो लागेको छ । व्यापार ४४.७९, होटल तथा पर्यटन १८.७६, विकास बैंक १७१.६५, जलविद्युत् ७६.४२, वित्त ७७.४७, निर्जीवन बीमा २७०.१, उत्पादन ३१.४८, अन्य ११.३९, लघुवित्त ६०.१८, जीवन बीमा ४६२.४ र लगानी १.९६ अंकले उकालो लाग्यो ।
कारोबारका आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर २२ करोड २० लाख ५३ हजार ४१६ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । अपि पावर कम्पनी १८ करोड ४७ लाख २४ हजार ९७६, शिखर इन्स्योरेन्स १७ करोड ६७ लाख ६५ हजार ६२७, अरुण भ्याली हाइड्रोपावर १६ करोड १० लाख ९० हजार १६८ र नेपाल दूरसञ्चार कम्पनी १५ करोड ६७ लाख ५३ हजार २५९ बराबरको कारोबार भई शीर्ष ५ स्थानमा पर्न सफल भए ।
नेप्सेका अनुसार मैलुङ खोला जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लाग्यो । यसैगरी बुद्धभूमि नेपाल हाइड्रोपावर ९.९७, न्यादी हाइड्रोपावर ८.८६ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.७९ प्रतिशतले कमाए ।
आईसीएफसी फाइनान्सको ऋणपत्र ४.३९, बोटलर्स नेपाल तराई १.८४, एनएमबी हाइब्रिड फण्ड एक १.६१, नयाँ सारथी लघुवित्त १.६० र सिटिजन म्युचुअल फण्ड एकका लगानीकर्ताले १.५४ प्रतिशतले गुमाए ।
बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले सरकारले गरेको सातामा दुई दिन बिदा दिने कार्यान्वयन गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ । सरकारले आगामी १ जेठदेखि सातामा आइतबार पनि बिदा दिने...
रिभर फल्स पावर लिमिटेडले आज अर्थात बैशाख २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण ...
मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंक...
चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले बुधव...
नबिल बैंकले नेपालमा आÏनो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) को स्वीकृति प्रदान गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) नेपाल राष्ट्र बैंकबाट इजाजत...
एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा 'नेपालपे क्यूआर'लाई सफलतापूर्वक एकीकृत गरेको छ । जसले गर्दा यसका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध 'नेपालपे क्यूआर...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...