बैशाख २९, २०७९
सरकारले हरेक शुक्रबार ४ बजेसम्म नै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वज...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययनरत एमबीबीएस विद्यार्थी बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको बताएका छन् ।
संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको बताएका हुन् ।
‘मन्त्री पद गौण हो, म विद्यार्थीको पक्षमा छु’ मन्त्री पौडेलले भने, ‘विद्यार्थीको पक्षमा उभिँदा पद गएपनि केही फरक पर्दैन ।’ २०७५ मा बनेको चिकित्सा शिक्षा ऐनले विद्यार्थी ठगी गर्ने कलेजलाई कारबाही गर्ने अधिकार गृहमन्त्रालयलाई दिएको बताउँदै विद्यार्थीले दिएका प्रमाणहरु गृहमन्त्रालयमा पठाइसकेको जानकारी दिए ।
पुस ३० गते शिक्षा मन्त्री पौडेलको अध्यक्षमा बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो ।
यस्तै, छात्रावाससम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्थाले तथा अभिभावक एवम् विद्यार्थीबीच आपसी छलफल गरी सहमतिमा निरूपण गर्ने र यसको सहजीकरण विश्वविद्यालयले गर्ने र ऐन कार्यान्वयनका सन्दर्भमा देखिएका असहजता निरुपणका लागि सम्बन्धित निकाय, विज्ञ तथा अन्य सरोकारका पक्षहरूसँग छलफल गरी संशोधनका लागि राय परामर्श उपलब्ध गराउनेलगायतका विषयमा निर्णय भएपनि कार्यान्वयन नभएपछि शिक्षा मन्त्रालयले कारबाहीका लागि गृहलाई सिफारिस गरेको हो ।
सरकारले हरेक शुक्रबार ४ बजेसम्म नै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वज...
त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने...
निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक दवाद पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भन्दै न...
शिक्षक सेवा आयोगले चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) तर्फको नतिजा सार्वजनिक गरेको छ । मंगलवार सार्वजनिक गरिएको नतिजाहरू प्रदेशगतरुपमा...
शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् । चितवनस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसईई परीक्षा निरीक्षणपछि आज पत्रकार...
जेठबाट शिक्षण संस्था पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । विद्यालय समय बिहान १० ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...