बैशाख २८, २०७९
बुधवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ०४ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युर...
काठमाडाैं | माघ ७, २०७८
एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।
यस बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुर्याउन सफल भएको छ ।
साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पुर्याउन बैंक सफल भएको छ ।
बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो ।
यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.४३ आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रयमाससम्ममा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।
साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।
बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८/७९ को प्रथम त्रयमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रति शेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो ।
मुलुकभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
बुधवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ०४ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युर...
बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले सरकारले गरेको सातामा दुई दिन बिदा दिने कार्यान्वयन गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ । सरकारले आगामी १ जेठदेखि सातामा आइतबार पनि बिदा दिने...
एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा 'नेपालपे क्यूआर'लाई सफलतापूर्वक एकीकृत गरेको छ । जसले गर्दा यसका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध 'नेपालपे क्यूआर...
चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले बुधव...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधवार नेप्से परिसूचक ५६.०६ अंकले उकालो लागेर दुई हजार ३६९.०६ मा पुगेको छ । त्यस्तै ...
लुम्बिनी विकास बैंक लिमिटेडले ‘११% एल.बि.बि.एल डिबेञ्चर २०८९’ ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । १ हजार अंकित दरको १० लाख कित्ताले हुन आउने १...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...