बैशाख २२, २०७९
सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ । अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले द...
काठमाडाैं | माघ ७, २०७८
प्रशान्त महासागरमा रहेको मुलुक टोंगामा समुद्रमुनि ज्वालामुखी विस्फोट भएपछि सुनामी आएको छ ।
त्यसले गर्दा आएको लहरमा परेका एक अपांग व्यक्तिले २७ घन्टा पौडेर ज्यान जोगाएका छन् । राम्ररी हिँडडुल गर्न नसक्ने ती व्यक्ति ७.५ किलोमिटर पौडेर मुख्य टापुमा आइपुगेका थिए ।
टोंगाको मिडिया एजेन्सी ब्रोडकम ब्रोडकास्टिङलाई दिइएको रेडियो अन्तर्वार्तामा लिसाला फोलाऊ नामक व्यक्तिले आफू अटाटा टापुको निवासी भएको बताए । शनिवार साँझ ७ बजे ज्वालामुखी विस्फोटपछि आएको सुनामीले चर्को लहर ल्यायो र घरमा पेन्टिङ गरिरहेको बेलामा बगाएर लग्यो ।
उनी रुखमा चढेका थिए तर त्यसबाट खसे र ठूलो लहरले उनलाई बगाएर लग्यो ।
समुद्रमा बगे पनि उनले बाँच्ने आशा छोडेनन् र पौडिरहे । उनी बिस्तारै पौडिँदै मुख्य टापु तोंग टापुमा पुग्न सफल रहे ।
लिसालाको वीरताको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अटाटा टापु राजधानी नुकुआलोफाबाट आठ किलोमिटर उत्तरपश्चिममा छ । डुंगाबाट त्यहाँ पुग्न आधा घन्टा लाग्छ ।
टोंगाका जलसैन्य डुंगा साना टापुको सर्वेक्षण गरेर क्षतिको आकलन गरिरहेका छन् । कैयौं देशले टोंगालाई राहत सामग्री पठाएका छन् ।
सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ । अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले द...
पैसा कमाउनका लागि मानिस केके गर्न सक्छन् ? वा के सम्म गर्छन् ? यहाँ एक व्यक्तिले आफूले लगाइसकेको मोजा बिक्री गरी लाखौँ कमाइरहेका छन् । सुन्दा अचम्म लाग्न सक्छ । तर यो खबर वास्तविक हो । लण्डनमा...
तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ । तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो । त्यहाँ सतीश कुमार नाम...
संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् । संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो । ब्रिटिश सांसद...
कुनै जोखिममा फसेका आफ्नो बच्चालाई जीवन दिन आमाले के के गर्न सक्छिन् ? वा के समेत गर्छिन् ? यो भन्न निकै कठिन हुन्छ । यहाँ एक यस्तो भिडियो सार्वजनिक भएको छ, जसले जोकोहीलाई भावुक नबनाउला भन्न सकिन्न ।&nb...
प्रायः नदीमा चिसो पानी बग्दछ । तर कुनै कुनै नदीहरू फरक प्रकृतिका हुन्छन् । कतिपय नदीहरूमा चिसो पानी नबगेर तातो पानी बगिरहेका हुन्छन् । सुन्दा अचम्म लाग्न सक्छ, तर यो साँचो कुरा हो । यहाँ एक यस्तो नदीक...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...