साउन २६, २०७९
झापामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । बिहीबार अपराह्न झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित आइतबारे बस्ने ११ वर्षिया एन्जिला सुन्दास र १२ वर्षीय सिकुम राईको मृत्यु भएको हो । व...
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार २३६ को पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ को एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा पाँच, उदयपुरमा चार, संखुवासभामा तीन, इलाम र भोजपुरमा दुई÷दुई, पाँचथर, तेहृथुम र खोटाङमा एक÷एक र प्रदेश बाहिरका ३८ मा कोरोना सङ्क्रमण भएको हो ।
मोरङको विराटनगरमा २५३, बुढीगङ्गामा १९, सुन्दरहरैचामा ११, उर्लाबारीमा सात, रङ्गेलीमा पाँच, कटहरी र स्थानीय तह नखुलेका तीन÷तीन, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा र ग्रामथानमा दुई÷दुई, पथरीशनिश्चरे, रतुवामाई र कानेपोखरीमा एक÷एक, सुनसरीको धरानमा १३०, इटहरीमा १००, इनरुवामा १२, दुहवीमा छ, हरिनगरमा तीन, बराह क्षेत्र र बर्जुमा दुई÷दुई, गढी र रामधुनीमा एक÷एक जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार झापाको विर्तामोडमा ३९, भद्रपुरमा २१, मेचीनगरमा १७, अर्जुनधारामा १४, दमकमा १२, कनकाईमा १०, शिवसताक्षीमा आठ, हल्दिबारीमा पाँच, बाहृदशी र कमल गाउँपालिकामा चार÷चार, कचनकवलमा तीन, बुद्धशान्ति र स्थानीय तह नखुलेका दुई÷दुई, गौरादहमा एक, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका दुई÷दुई, पाख्रिबासमा एक जनामा सङ्क्रमण भएको छ ।
यसैगरी उदयपुरको त्रियुगामा तीन, चौदण्डीगढीमा एक, सङ्खुवासभाको मादीमा एक र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका एक÷एक, भोजपुरको साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा एक÷एक, पाँचथरको फिदिम, तेहृथुमको आठराई र खोटाङको हलेसीतुवाचुङमा एक÷एक र प्रदेश बाहिरका ३८ जनामा कोरोना सङ्क्रमण भएको छ ।
प्रदेशमा आज ३६ महिलासहित ८० कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस क्षेत्रमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित तीनको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०४ रहेको मन्त्रालयले जनाएको छ ।
झापामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । बिहीबार अपराह्न झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित आइतबारे बस्ने ११ वर्षिया एन्जिला सुन्दास र १२ वर्षीय सिकुम राईको मृत्यु भएको हो । व...
मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने प्रतिवादीका आफन्तले पीडितलाई बयान फेर्न दबाब दिएका छन् । पीडितका आफन्तले बयान फेर्न दबाब आएको बताएका हुन् । बालिकालाई...
गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । विहिबारको प्रदेश सभाबाट उक्त विधेयक पारित भएको हो । कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थाप...
न्याय परिषद् सचिवालयमा तोडफोड गर्ने नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारीले न्याय परिषद् सचिवालयको ढोका तोडफोड गर्दै कर्मचारीलाई कुटपिट ग...
झापा जिल्लाको गौरादह नगरपालिका–७ ग्वालडुब्बाबाट साउन २५ गते राति सशस्त्र प्रहरीले करीब ९४ लाख ४८ हजार रुपैयाँ बराबरको बिलविजक अनुरूप नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित १ जनालाई पक्राउ गरेको छ...
परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको बताएका छन् । चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...