बैशाख २२, २०७९
बलिउड अभिनेता कार्तिक आर्यन यतिबेला हलमा आउन लागेको चलचित्र 'भूल भुलैया २'को प्रचारमा व्यस्त छन् । उनलाई चलचित्रमा र चलचित्रको प्रचारमा कियारा आडवाणीले साथ दिएकी छन् । यसैबीच अभिनेता कार्तिकले कर...
'पुष्पा' फिल्मबाट देश र विश्वका करोडौं दर्शकको मनमा राज गरेका तेलुगु फिल्म स्टार अल्लु अर्जुनलाई धेरै चर्चामा रहन मन पर्दैन । उनी आफ्नो सादगीका लागि चिनिन्छन् । तर, उनी कार कलेक्सनका भने सोखिन छन् । उनीसँग धेरै लक्जरी कारहरूसँगै एक सुपर लक्जरी भ्यानिटी भ्यान पनि छ ।
अल्लु अर्जुनको लक्जरी कार संग्रहमा हमर एच२, रेन्ज रोभर र जगुआरका साथै अन्य थुप्रै लक्जरियस् कारहरू छन् ।
भ्यानिटी भ्यान (भारू ७ करोड)
तेलुगु सुपरस्टार अल्लु अर्जुनको लक्जरी कारहरूको बारेमा बताउनुअघि, तपाइँलाई थाहा छ कि छैन सन् २०१९ मा उनले फाल्कन नामको सुपर लक्जरी भ्यानिटी भ्यान किनेका थिए, जसको भित्री भाग महल जस्तो छ । अल्लु अर्जुन जब कुनै फिल्मको सुटिङमा जान्छन्, यो भ्यान उनीसँगै रहन्छ ।
हमर एच २
अल्लु अर्जुन विलासिताका साथसाथै मस्कुलर एसयूभीहरूमा पनि निकै रूचि राख्छन् । उनको ग्यारेजमा हमर एच २ पनि छ । यस एसयूभीको मूल्य ७५ लाख भारतीय रूपैयाँ हो । भारतमा महेन्द्र सिंह धोनी र हरभजन सिंह जस्ता क्रिकेटरसँगै गायक मिका सिंहसँग पनि हमर गाडी छ ।
रेन्ज रोभर भोग
निर्माता अल्लु अरविन्दका ४० वर्षीय छोरा अल्लु अर्जुनसँग आफ्नो ग्यारेजमा प्रिमियम एसयूभी रेन्ज रोभर भोग पनि छ, जसको मूल्य १.८८ करोडदेखि ४.०३ करोड भारू (एक्स-शोरूम) सम्म छ । अल्लु अर्जुनले आफ्नो आवश्यकता अनुसार यो एसयूभीलाई कस्टमाइज गरेका छन् ।
जगुआर एक्सजे एल कार
आर्या २, वेदम, जुलायी र रेस गुरमजस्ता धेरै सुपरहिट फिल्म दिएका अल्लु अर्जुनसँग लक्जरी कार जगुआर एक्सजे एल कार पनि छ, जसको मूल्य १.२ करोड भारू (एक्स-शोरूम) छ । लुक्स र फिचरका हिसाबले यो कार प्रिमियम हो ।
भोल्भो एक्ससी ९० टी ८ एक्सिलेन्ट
अभिनेता र नृत्य मास्टर अल्लु अर्जुन, जसले 20 वर्ष भन्दा बढी समयदेखि अभिनय गरेर दुनियाँलाई चकित पार्दै आएका छन्, उनीसँग लक्जरी सेडान भोल्भो एक्ससी ९० टी ८ एक्सिलेन्ट पनि छ, जसको मूल्य १.३५ करोड भारू (एक्स-शोरूम) हो ।
बलिउड अभिनेता कार्तिक आर्यन यतिबेला हलमा आउन लागेको चलचित्र 'भूल भुलैया २'को प्रचारमा व्यस्त छन् । उनलाई चलचित्रमा र चलचित्रको प्रचारमा कियारा आडवाणीले साथ दिएकी छन् । यसैबीच अभिनेता कार्तिकले कर...
‘हामी अटेरी’ भन्ने गीत सोमवार सार्वजनिक भएको छ । अटेरी अभियानको चुनावी अभियानलाई सहयोग पुर्याउने उद्देश्यले सो गीत सार्वजनिक गरिएको हो । स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अटेरी अभिया...
चलचित्र ‘पृथ्वीराज’का कारण पछिल्ला दिनहरूमा अक्षय कुमार चर्चामा छन् । उनले यस चलचित्रका लागि सञ्जय दत्तले भन्दा १२ गुणा बढी रकम लिएको बताइएको छ । चलचित्रमा अक्षय र सञ्जयका साथमा मानुषी छ...
सेरोगेसीबाट आमा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी छोरीलाई पहिलो पटक घर भित्र्याएकी छिन् । प्रियंकाले मातातिर्थ औंसीको दिन पारेर आफ्नो छोरीको पहिलो पटक तस्वीर समेत सार्वजनिक गरे । ...
शिवहरि पौड्याल नेपाली दर्शकमाझ लोकप्रिय कलाकार हुन् । विशेषगरी हास्य कलाकारका रुपमा परिचित उनले थुप्रै टेलिसिरियल तथा चलचित्रमा अभिनय गरिसकेका छन् । हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’मा लामो समय नि...
निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पा...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...