×

Nic Asia
Marvel

क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड अवैध हुन्, कारोबार नगर्नू: राष्ट्र बैंक

काठमाडाैं | माघ ९, २०७८

NTC
TVS INSIDE

नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधारण ठगिने गुनासो आउन थालेपछि राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्र्दै यस्तो कारोबार नगर्न आग्रह गरेको छ । कसैले यस्तो सूचनाको बेवास्ता गरी अवैध कारोबार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ । 


Advertisment
NMB BANK
Saurya island

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसहितको कारोबार हुने गरेकोले त्यसमा आबद्ध नहुन र कारोबार नगर्न राष्ट्र बैंकले आम सर्वसाधारणसमक्ष अनुरोध गरेको छ । 

भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड १, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिड आधारमा नेटवर्किङमा आबद्ध नहुन तथा कारोबार नगर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

Vianet communication
Maruti inside

नेपालमा विदेशी विनियम वा मुद्राको रूपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएकोले त्यस अनुसारका गैरकानूनी बित्तीय औजारमा आबद्ध भई कारोबार गर्न नहुने उल्लेख छ । 

यस्तो कारोबारबाट सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने र स्वदेशी पुँजी पलायन हुने भएकाले नेपालमा यस्तो कारोबार अवैधानिक भएको राष्ट्र बैंकको भनाइ छ । यस्तो कारोबार वा व्यवसायमा नेपालबाट वा बाहिर बस्ने नेपाली कसैले पनि कारोबार गर्न नहुने र कारोबार गरेको पाइएमा कारवाही हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

TATA Below
NLIC
fman
बैशाख २९, २०७९

मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ ।  काठमाडौंको कमलादीस्थित मेगा बैंक...

जेठ ६, २०७९

शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ ०७ पैसा  र बिक्री दर १ सय २४ रुपैयाँ ६७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार य...

जेठ ६, २०७९

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध गराइएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध...

बैशाख २९, २०७९

बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २९ रुपैयाँ ४४ पैसा  र बिक्री दर १ सय २३ रुपैयाँ ८९ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार य...

जेठ ३, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमवार उद्घाटन गरेसँगै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको ...

जेठ ६, २०७९

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मुलकोटमा रहेको अक्क्षित रिसोर्ट एण्ड र्‍याफिटिङ्गबीच बैंकका ग्राहकहरुलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्र...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x