जेठ १३, २०७९
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले बोलेका असंसदीय शब्द संसदको रेकर्डबाट हटाउने सहमतिपछि प्रतिनिधि सभाको बैठक सुचारु भएको छ । शुक्रवार बसेको बैठकमा सरकारको तर्फबाट सार्वजनिक महत्त्वको...
काठमाडाैं | माघ ९, २०७८
स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्ने चौतर्फी दवाबलाई वेवास्ता गर्दै सत्ता गठबन्धनले चुनाव पर सार्ने संकेत गरेको छ । निर्वाचन आयोगले आगामी २०७९ वैशाख १४ र २२ गतेका लागि चुनाव गर्न प्रस्ताव गर्दै सरकारसँग मिति घोषणाको लागि आग्रह गरेको थियो । वैशाखको चुनाव सार्नेबारे औपचारिक निर्णय नभएपनि सो मितिमा चुनाव हुन नसक्ने आफूहरुको निष्कर्ष रहेको बैठकमा सहभागि एक नेताले बताए ।
स्थानीय तहको कार्यकालबारे संविधान र कानूनमा देखिएको छिद्रलाई देखाएर गठबन्धनले चुनाव पर सार्ने तयारी गरेको हो । गठबन्धनले तीन चरणमा भएको चुनावबाट गठित पालिकाको कार्यकाल पूरा भएपछि चुनाव गर्ने योजना बनाएको स्रोतको दावी छ । अब गठबन्धनले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको चुनाव एकैपटक गर्न प्रस्ताव गर्ने नेताहरुले बताएका छन् ।
चुनावको मिति घोषणा गर्नुपर्नेमा गठबन्धनले संविधानसँग बाझिएका कानून संशोधन गर्ने तयारी गरेको छ । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एस निकटकानुनविद्हरुले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ दलहरुलाई सुझाव दिएका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
‘स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ३ र संविधानको धारा २२५ बाझिएको देखिएकाले संविधानको धारा १ अनुसार यस संविधानसँग बाझिएको कानुन बाझिएको हदसम्म अमान्य हुनेछ । भन्ने व्यवस्था भएकाले सो अनुसार कानुन संशोधन गर्नुपर्ने सुझाव प्राप्त भएको छ’ कार्कीले भने ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धनले स्थानीय तहको चुनाव पर धकेल्न खोजेको आरोप लगाउँदै आएको थियो । एमालेको आरोपलाई बल पुग्नेगरी गठबन्धनले वैशाखमा गर्नुपर्ने चुनावलाई पर धकेल्ने गृहकार्य गरेको हो ।
बैठकमा सहभागि एक नेताले अहिले बाहाल पदाधिकारीलाई कायम राखेर गरिने चुनाव निश्पक्ष नहुने भएकोले रिक्त बनाएर मात्र चुनाव गर्नुपर्नेमा गठबन्धनमा सहमति भएको दावी गरे । ‘अहिलेका पदाधिकारीलाइ कायमै राखेर चुनाव गर्दा चुनाव प्रभावित हुन्छ भन्ने हाम्रो बुझाइ छ । केही समय रिक्त राखेर चुनाव गर्दा आकाश खस्दैन’ गठबन्धनको रणनीतिबारे ती नेताले लोकान्तरसँग भने ।
जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले तीन चरणमा सम्पन्न चुनावबाट गठन भएका पालिकाले कार्यकाल पूरा गरेपछि चुनाव गर्नेबारे गठबन्धनमा सर्वसम्मती भएको दावी सामाजिक सञ्जाल ट्वीटरमार्फत गरेका छन् ।
‘संविधानसंग बाझिएका कानूनमा सुधार गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकाहरूको कार्यकाल पूरा हुनासाथ संविधान बमोजिम नयाँ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति भएको छ । आफ्नो आंगको भैंसी नदेख्नेहरूले अरूको आंगको जुम्रा देखाएर जनतामा भ्रम नछरुन्’ भट्टराइले लेखेका छन् ।
गठबन्धनले २०७४ असोज २ गते सम्पन्न निर्वाचनलाई आधार मानेर स्थानीय तहको पदावधि गणना गर्नुपर्ने दलिल गर्न थालेको छ । पुस ३० गते आयोजना गरिएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते सम्पन्न निर्वाचनलाई आधार बनाएर कार्यकाल निर्धारण गरिएको जानकारी गराएको थियो ।
संविधानविद्हरुले स्थानीय तहका पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ गते सकिने भएकोले त्यस अगावै चुनाव गर्नुपर्ने बताउँदै आएका छन् । वैशाखमा निर्वाचन गर्नको लागि आयोगले माघ पहिलो साताभित्र चुनावको मिति घोषणा गर्नुपर्ने बताएको थियो ।
सामान्य अवस्थामा चुनाव गर्नको लागि १२० दिनको समय आवस्यक पर्ने भएपनि आयोगले १०० दिनमा पनि चुनाव गर्न सकिने प्रस्ताव सर्वदलीय बैठक र सरकारसंग राखेको थियो । शुक्रवार राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको चुनाव गर्ने प्रतिबद्धता जनाएपनि स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्नेबारे मौन बसेका थिए ।
गठबन्धनले चुनावको मिति पर धकेल्ने गृहकार्य गरेपनि कांग्रेस भित्र स्थानीय तहको चुनाव समयमै गर्नुपर्ने आवाज जोडदार रुपले उठेको छ । उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत नेताहरुले स्थानीय तहको चुनाव सार्न नमिल्ने बताउँदै आएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले बोलेका असंसदीय शब्द संसदको रेकर्डबाट हटाउने सहमतिपछि प्रतिनिधि सभाको बैठक सुचारु भएको छ । शुक्रवार बसेको बैठकमा सरकारको तर्फबाट सार्वजनिक महत्त्वको...
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्ने बताएका छन् । नेपाल प्रेस युनियनको ३१औं स्थापना दिवसका अवसरमा शुक्रवार आयोजित विशेष भेलामा उनले स्थानीय तहको निर्वाचनबाट...
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न सर्वोच्च अदालतले गरेको फैसलामा आपत्ति जनाएका छन् । सर्वोच्चको उक्त फैसलाले मधेशको विकास अवरुद्ध भएको उनको भ...
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनले शुक्रवार आयोजना गरेको निर्वाचित जनप्रतिनिधिल...
यौन दुर्व्यवहारको उजुरी दिने हदम्यादसम्बन्धीको संकल्प प्रस्ताव शुक्रवार संसद सचिवालयमा दर्ता भएको छ । राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक रहेको सो संकल्प प्रस्तावबारे चाँडै छलफल गर्ने तयारी गरिएको हो ।&nb...
नेकपा एमाले रूपन्देहीले स्थानीय तहको निर्वाचनमा अनपेक्षित मतपरिणाम आएको निष्कर्ष निकालेको छ । मतपरिणामको गम्भीर समीक्षा गर्दै पार्टी संगठन सबल भएका पालिकामा आएको अनपेक्षित परिणामबाट निराश नभई उच्च मनो...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...