बैशाख २८, २०७९
चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७८/७९ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थि...
कुनै समय चितवन तोरीखेतीका लागि प्रसिद्ध थियो । बीचका समयमा खासै यसतर्फ तर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरुमा विस्तारै उनीहरु यसतर्फ आकर्षित हुँदै गएका छन् ।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा १३ हजार २७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा १२ हजार २६० हेक्टर क्षेत्रफलमा यसको खेती गरिएको थियो । कार्यालयका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार गत आवको तुलनामा यस वर्ष तोरीखेती गर्ने कृषकको सङ्ख्या बढेको छ । उनले भने, “यस वर्ष तोरी खेतीका लागि ज्ञान केन्द्रले ब्लक कार्यक्रम सञ्चालन गरेको छ यसले कृषकलाई आकर्षित ग¥यो ।”
गहुँ लगाउने किसानहरु तोरीखेतीतर्फ आकर्षित भएका कारण तोरीखेती गर्ने किसान बढेको र छिटो उत्पादन लिने बाली भएकाले तोरी खेतीमा कृषक आकर्षित भएका उनले बताए। उनले भने, “तोरी खेती गरे पछि अन्य बाली पनि छिटो लगाउन पाउने भएकाले कृषकको आकर्षण बढेको छ ।”
अघिल्लो वर्ष जिल्लामा तोरीको उत्पादकत्व प्रतिहेक्टर एक मेट्रिक टन रहेको भए पनि यो वर्ष २ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयले गरेको छ । कार्यालयका योजना अधिकृत उमराज अर्याल निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाले तोरी खेती गर्न थालेका छन् । जङ्गली जनावरले खासै नोक्सान नपु¥याउने भएपछि यस क्षेत्रका बासिन्दा तोरी खेतीमा आकर्षित भएका हुन । उनले भने, “तोरी बालीलाई हात्ती, गैँडा र चित्तलले खासै मन नपाउने भएकाले यसतर्फ कृषक बढ्दै गएका छन् ।”
माडी नगरपालिका वडा नम्बर ३ की रसपतिया चौधरी विगत तीन वर्षदेखि तोरीखेती गर्दै आएका छन् । त्यसअघि गहुँ खेती गर्ने उनी जङ्गली जनावरका कारण खेती गर्न मन लाग्न छोडेको भए पनि माइतीले तोरी लगाउन सल्लाह दिएपछि यो खेती गरेको बताउँछन् । उनले भने “जनावरले मकै, गहुँलगायतका बालीमा नष्ट गर्न थालेपछि तोरी लगाउन सुरु गरेँ ।” उनले अहिले एक बिघा क्षेत्रफलमा तोरी खेती गर्दै आएका छन् ।
अहिले माडीको वडा नं ३ वैराष्ठ क्षेत्रमा अधिकांश स्थानमा तोरीखेती गरिएको छ । निकुञ्जसँग नजिक रहेकाले पनि यस क्षेत्रका किसान तोरी खेतीमा आकर्षण बढेको जागृति कृषक समूहका अध्यक्ष ओमप्रकाश महतोले बताए । उनले भने, “निकुञ्जबाट नजिक रहेकाले जनावरले क्षति नपु¥याउने बालीको रुपमा तोरीखेती गरिएको हो ।” उनले अहिले १२ कट्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आएका छन् । यहाँका कृषक अहिले समूहगतरुपमा तोरी खेती गर्दै आएका छन् । समूह निर्माण गरेर तोरी खेती गर्नेको सङ्ख्या बढेको उनले बताए।
अहिले यस क्षेत्रमा मात्रै २०० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको ज्ञान केन्द्रका योजना अधिकृत अर्यालले जानकारी दिए । कृषि ज्ञान केन्द्र चितवनबाट प्रथम वर्ष सञ्चालन गरिएको तोरी ब्लकको कार्यक्रमले समेत कृषकलाई यस खेतीतर्फ आकर्षण बढाएको उनले जानकारी दिए । चितवनमा मोरङ–२, प्रीति, प्रगति र चितवन स्थानीयजस्ता जातका तोरी लगाइँदै आइएको छ । नारायण अधिकारी,रासस
चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७८/७९ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थि...
बिहीवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९७ हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार यस्तो सुन प्रति तोल...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको पछिल्लो ९ महिनाको तथ्यांकअनुसार महंगी दर अचाक्ली बढेको छ । मूल्यवृद्धि विपन्न वर्गका उपभोक्ताको ढाड सेकिने गरी बढेका कारण मंहगीको ...
बर्जर पेन्ट्स नेपालले बर्जर उपहारको वर्षा २०७९ सार्वजनिक गरेको छ । २ दशकदेखि सजावटी पेन्टहरूमा चिरपरिचित ब्राण्ड रहँदै आएको बर्जरले जेठ १ देखि प्री-मनसुन ग्राहक योजना ‘बर्जर उपहारको वर्षा’ ल्याएको ...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ६० देखि ७० रूपै...
बुधवार नेपाली बजारमा सुनको मूल्यमा एक हजार रुपैयाँको गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार यस्तो सुन ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...