जेठ २, २०७९
बुद्ध पूर्णिमाको अवसरमा सोमवार लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट हेलिकप्टरमा लुम्बिनी आइपुगेका मो...
प्रदेश १ सरकारले कोशी पुलदेखि मेची पुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सीसी क्यामेरा जडान गर्ने भएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति सुरक्षालाई ध्यानमा राखी ती स्थानका मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गर्न लागिएको जानकारी दिए ।
उनले भने, 'सीसी क्यामेरा जडान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । शान्ति सुरक्षामा प्रविधिको अत्यधिक प्रयोगबाट अपराध नियन्त्रण गरिने छ ।'
शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने अनुभूति गर्नका लागि वैज्ञानिक ढंगले काम गरिरहेको उनले बताए ।
उनले भने, 'प्रदेशको राजधानीलाई हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरी हामीले काम गरिरहेका छौँ ।'
प्रदेश सरकारले १४ जिल्लामा गरिब, अशक्त, महिला आदिलाई लक्षित गरेर निःशुल्क कानूनी सहायता केन्द्र स्थापना गरिने जानकारी दिँदै उनले आन्तरिक मामिला तथा कानून मन्त्रालय हो भनेर देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री कार्कीले केही महिनाभित्रै प्रदेशका अदालत तथा बारलाई प्रदेश सरकारले निर्माण गरेको ऐन कानून उपलब्ध गराउने जानकारी दिए ।
बुद्ध पूर्णिमाको अवसरमा सोमवार लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट हेलिकप्टरमा लुम्बिनी आइपुगेका मो...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सम्बन्ध हिमालय जति नै प्राचीन र अटल रहेको बताएका छन् । बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी भ्रमण गरेका मोदीले सम्बोधनका क्रममा दुई देशबीचको सम्बन्धका विषयमा...
झापाको कचनकवल गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसले वडाध्यक्ष सहित प्यानल जितेको छ । वडाध्यक्ष उम्मेदवार ग्यास अजमल मियाले १३ सय ७५ मत ल्याएर विजय प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्ध...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गर्दा वरदान पाएको अनुभव गरेको बताएका छन् । सोमवार बुद्ध पूर्णिमाको अवसरमा मोदीले लुम्बिनी भ्रमण गरेर मायादेवी मन्दिरको दर्शन गर...
आदरणीय बालकृष्ण दाई, तपाईं सन्चै हुनुहुन्छ होला । तर, म यतिबेला फ्रन्टलाइन अस्पतालको आइसियु बेड नम्बर–१ मा छु । तपाईंलाई गृहमन्त्री भनेर सम्बोधन गर्न मन लागेन । किनकी मैले तपाईंलाई दाईको नाताले चिनेक...
वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा शुरू गरेका छन् । उनी यसअघि लामो समयदेखि बयोधा अस्पतालमा कार्यरत थिए । उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...