×

Nic Asia
Marvel

विमानस्थलबाट सुन तस्करी

गुपचुप रहेको एउटा सुनकाण्ड: कसले लग्यो रामेश्वरले अन्डरवेरमा लुकाएर ल्याएको सुन ?

काठमाडाैं | माघ १०, २०७८

NTC
TVS INSIDE

वैदेशिक रोजगारीमा गएका एक व्यक्ति सुन तस्करको अपहरणमा परेको रहस्य ३ महिनापछि खुलेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ का ३० वर्षीय रामेश्वर राम वैदेशिक रोजगारीमा गएर फर्किंदा काठमाडौंबाट अपहरणमा परेको खुलेको हो । 


Advertisment
NMB BANK
Saurya island

महानगरीय प्रहरी परिसर काठमाडौंले ३ जना अपहरणकारीलाई पक्राउ गरेर माघ ४ गते सार्वजनिक गरेपछि विदेशबाट सुन ल्याएका रामेश्वर अपहरणको केश बाहिर आएको छ । 

प्रहरीले रामेश्वर रामलाई अपहरण गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने ३२ वर्षीय संयोग राई र ३० वर्षीय रमेश अर्याललाई पुस ३० गते पक्राउ गरेको थियो ।

Vianet communication
Maruti inside

यस्तै मकवानपुरगढी  गाउँपालिका ५ घर भई काठमाडौंमा होटल सञ्चालन गर्ने ३१ वर्षीय गोकुल घिमिरेलाई पनि पक्राउ गरी प्रेस वक्तव्यमार्फत सार्वजनिक गरिएको थियो । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार अपहरणमा परेका रामेश्वरले उनीहरूको चंगुलबाट उम्केपछि प्रहरीमा जाहेरी दिएका थिए ।

त्यसपछि प्रहरीले अनुसन्धान शुरू गरेर थियो ।

अन्डरवेरमा लुकाएर ल्याएका थिए सुन

केही समयअगाडि वैदेशिक रोजगारीमा गएका रामेश्वर रामलाई संयुक्त अरब इमिरेट्सको दुबईमा काम गर्दै गर्दा कम्पनीले निकालियो  । उनी दुबईमै अलपत्र परे । 

त्यसको फाइदा उठाउँदै हिन्दी भाषा बोल्ने व्यक्तिले आफ्नो सामान नेपालसम्म लगिदिएको खण्डमा जहाज टिकट काटिदिने बताए । 

अलपत्र परेका कारण उनले सहजै त्यसलाई स्वीकारे । 

त्यहाँ उनलाई कालो प्लाष्टिकभित्र रहेको सामान अन्डरवेरमा लुकाएर लैजान भनेको अनुसन्धानमा खुलेका छ । 

‘रामेश्वरलाई तस्करहरूले प्रलोभनमा पारेर कालो प्लाष्टिकभित्र पहेँलो धातु लैजान भनेको देखिन्छ,’ एसपी मैनालीले लोकान्तरसँग भने ।

उनी त्यो सामान लिएर असोज ८ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए ।  उनीसँग अर्का एक व्यक्ति पनि आएका थिए । 

उनी त्रिभुवन विमानस्थलबाट सुन सहजै बाहिर निकाल्न सफल भए । 

विमानस्थलबाट बाहिर आएपछि एक व्यक्तिले रामेश्वरलाई उनकै फोटो देखाएर आफू वास्तविक सम्पर्क व्यक्ति भएको भनी त्यो सुन लगे ।

त्यसपछि उनी सिरहास्थित घर जानका लागि बल्खुको होटल कञ्चनजङ्घामा बसेका थिए । त्यहाँ बसेको केही समयमै २ जना मानिस आएर ‘हाम्रो सुन कहाँ लुकाइस् ?’ भन्दै सोधखोज गरे ।

सुन अर्कैले लगिसकेको बताएपछि बाइकमा हालेर लगे । 

कुटपिट र चुरोटको ठुटोले पोलेर यातना

उनलाई संयोग राई र रमेश अर्यालले काठमाडौंको ज्याठामा रहेको होटल प्लेजर होमको एउटा कोठामा बन्धक बनाएको खुलेको प्रहरीले जनाएको छ । 

‘रामेश्वरलाई संयोग र रमेशले बाइकमा ल्याएर बन्धक बनाएको देखिन्छ,’ काठमाडौं प्रवक्ता मैनालीले लोकान्तरसँग भने, ‘त्यहाँ उनीहरूले यातना दिएको जाहेरवालाले उल्लेख गरेका छन् ।’

रामेश्वर रामले प्रहरीलाई दिएको बयान अनुसार उनीहरूले ‘तैंले ल्याएको सुन कहाँ लुकाइस् भन्दै कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिने र चुरोटका ठुटाले शरीरका विभिन्न भागमा पोल्ने गरेका थिए ।

रामेश्वर आफूलाई बन्धक बनाएर राखेको होटलको दोस्रो तलाबाट हाम्फालेर प्रहरीको सम्पर्कमा पुगेका थिए ।

कति थियो सुन ?

रामेश्वर रामले ल्याएको सुन कति थियो भन्ने प्रश्न अहिले पनि रहस्यमै छ ।

‘सुन कति थियो भन्नेमा हामीले अनुसन्धान गरिरहेका छौं,’ एसपी दिनेशराज मैनालीले भने, ‘अभियुक्तहरू पक्राउ गरेका छौं, थप उनीहरूबाट केही खुल्ला ।’

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी सुन बाहिरियो र सुन एयरपोर्टको सीसीटीभी घेराभित्रबाटै कसले लग्यो भन्ने प्रश्नको जवाफ समेत प्रहरीसँग छैन ।

सुन तस्करी र अपहरण जोडिएको यो काण्ड झण्डैझण्डै ३३ किलो सुन प्रकरणको सनम शाक्य प्रकरण जस्तै रहेको देखिन्छ ।

उक्त प्रकरणमा पनि विदेशबाट भित्रिएको ३३ किलो सुन हराएको भन्दै ‘गोरे’लगायतको समूहले सनम शाक्यको अपहरण गरेको थियो ।

त्यसक्रममा चरम यातना दिँदा सनम शाक्यको हत्या भएको थियो । 

यद्यपि यस प्रकरणमा भने रामेश्वर अपहरणकारीको पञ्जाबाट फुत्किएर भाग्न सफल भए ।

TATA Below
NLIC
fman
जेठ ६, २०७९

कम्युनिस्ट पार्टीको उद्गम थलो मोरङको रतुवामाईमा नेकपा एमालेका उम्मेदवारले हार व्यहोरेका छन् । २०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन साविकको इटहरा गाविस (हाल रतुवामाई नगरपालिका) मा भएको थियो । रतुवामा...

जेठ ६, २०७९

भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् । ताजा मतपरिणामअनुसार कुल ५४ हजार २४४ मत गणना हुँदा दाहालको अग्रता ३२८४ ले अग्रता बनाएकी हुन् ।  मतप...

जेठ ६, २०७९

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहपालिका नगराइन नगरपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।   नगर प्रमुखमा कांग्रेसका विनयकुमार यादव ५ हजार ५५६ मत ल्याएर विजयी भएका हुन्। उनका न...

जेठ ६, २०७९

रुपन्देहीको सियारी गाउँपालिका नेकपा एमालेबाट कांग्रेसले खोसेको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  अध्यक्षमा कांग्रेसका जिल्ला उपसभापतिसमेत रहे...

जेठ ६, २०७९

तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् । वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौ...

जेठ ६, २०७९

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् । २३ हजार ४६० मतसहित उनी निर्वाचित भएको  निर्वाचन आयोगले जनाएको छ।  उनका निकटत...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x