जेठ ४, २०७९
पन्ध्र वटा स्थानीय तह रहेको झापामा चार वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई स्थानीय तहमा जीत हासिल गरेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/...
सोलुखुम्बु | माघ १०, २०७८
हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ ।
यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत सोही विधि अवलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भूमिराज उपाध्ययले बताए ।
पर्यटकीय समय सकिएसँगै यस क्षेत्रका अधिकांश बासिन्दा चिसो छल्नकै लागि राजधानी काठमाडौंलगायत क्षेत्रमा जाने गर्छन् । यस वर्ष पनि धेरैजसो व्यक्ति चिसो छल्न खुम्बु छाडेका छन् भने दैनिक सय हाराहारीमा उडान हुने तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा अहिले दैनिक २/३ उडानमा सीमित बनेको छ ।
खुम्जुङ क्षेत्रका करिब ७० प्रतिशत मानिस चिसो छल्न काठमाडौँ गएको स्थानीयवासी पेमायाङ्जी शेर्पाले बताए । घरमा ताल्चा लगाएर नै सबै परिवार काठमाडौं गएको उनले जानकारी दिए ।
शान्ति शुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीले भने दैनिक गस्ती गर्ने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जसमेत भएकाले चोरी शिकारीलगायत अन्य घटना हुन नदिन प्रहरी सधै सक्रिय हुनुपर्ने भएकाले सोहीअनुसार ड्युटीमा खटिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले बताए ।
प्रहरी चौकीमध्ये सबैभन्दा बढी उचाइमा खुम्जुङ प्रहरी चौकी पर्छ । पाइपमा पानी जमेका कारण २० मिनेट टाढा मुहानको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रहरी चौकी खुम्जुङका इन्चार्ज प्रहरी हवलदार जय ढकालले बताए । रासस
पन्ध्र वटा स्थानीय तह रहेको झापामा चार वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई स्थानीय तहमा जीत हासिल गरेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/...
काठमाडौं महानगरपालिकामा शुक्रवार बिहान पौने ९ बजेसम्म ७२ हजार ९ मत गणना भएको छ । जारी मतगणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाइरहेका छन् । पछिल्लो तथ्यांक अनुसार साह...
कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्वजनिक भएको छ । गोदावरी नगरपालिकामा बहुमत वडासहित...
तनहुको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले सुरुवाती अग्रता बनाएका छन् । वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार ब...
काठमाडौँको थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप उम...
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजबाट सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्ने २६ वर्षिय रञ्जित मण्डललाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...