बैशाख २९, २०७९
मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवाद हुँदा प्रहरी ९ राउण्ड हवाई फायर गरेको छ । बुधवार सोरु गाउँपालिका–३ भिईमा झडप भएको कर्णाली प्रदेशका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।&...
काठमाडाैं | माघ १०, २०७८
कोरोना संक्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै उनले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिए । सार्वजनिकस्थलमा स्थानीय प्रशासनले २५ जना भन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ ।
कारागार कार्यालयले बाहिरबाट ल्याइएका कैदीबन्दीको कोरोना परीक्षण नगरी नबुझ्ने गरेको उनले जानकारी दिए ।
'पीसीआर परीक्षणको रिपोर्ट नभएसम्म कैदीबन्दी हामी बुझ्दैनौँ,' उनले भने ।
कारागार कार्यालयमा रहेका एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै उच्च सावधानी अपनाइएको उनले बताए ।
कारागार प्रशासनले बाहिरबाट नयाँ आएका कैदीबन्दीलाई र अस्पताल लग्नुपर्ने कैदीबन्दीलाई छुट्टै क्वारेन्टिनको समेत व्यवस्था गरेको छ । ३० जनाको क्षमता रहेको क्वारेन्टिनको व्यवस्था गरिएको उनले बताए ।
अहिले क्वारेन्टिनमा १३ कैदीबन्दी छन् । बाहिरबाट कारागारमा थपिने कैदीबन्दीको संख्या बढ्दै जाँदा यसलाई थप गर्न सकिने काफ्लेको भनाइ छ ।
२५ जना महिला र २५५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७१२ जना छन् ।
कारागारमा रहेका मध्ये ५० महिला र ६६२ पुरुष हुन् । उनीहरूसँगै दुई आश्रित बालिका छन् ।
कारागार कार्यालय भरतपुरमा विभिन्न २० मुद्दाका कैदीबन्दी रहेको काफ्लेले जानकारी दिए ।
मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवाद हुँदा प्रहरी ९ राउण्ड हवाई फायर गरेको छ । बुधवार सोरु गाउँपालिका–३ भिईमा झडप भएको कर्णाली प्रदेशका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।&...
विवादास्पद धर्मगुरु सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाइदिएको छ । मंगलवार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन ...
अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडीए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ । सुरक्षाकर्मीले अरु कर्मच...
सर्लाहीमा झण्डै १४ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तमकुमार यादवलाई १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित बुधवार राति प्रहरीले पक्राउ...
संखुवासभाको चैनपुरमा ठूलो आवाजमा विस्फोट भएको छ । चैनपुर–४ को बालज्योति आदर्श स्कुल मतदान केन्द्रभन्दा करीब १५–२० मिटरको दूरीमा रहेको बाँसको झ्याङमा विस्फोट भएको आवाज आएको १ नम्बर प्रदेश ...
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजबाट सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्ने २६ वर्षिय रञ्जित मण्डललाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...