बैशाख २९, २०७९
अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडीए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ । सुरक्षाकर्मीले अरु कर्मच...
काठमाडौं तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिँदै गरेको टेलिकमको तार चोरी गरेको आरोपमा पाँच जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गैरीधारा डेरा गरी बस्ने बझाङ बुङ्गल नगरपालिका-७ घर भएका २३ वर्षीय प्रेम बहादुर बोहरा, काठमाडौं सुकेधारा डेरा गरी बस्ने कैलाली घोडाघोडी नगरपालिका-२ घर भएका २५ वर्षीय नमेश बुढा, गोरखा सिराञ्चोक गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर, काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २४ वर्षीय गोबिन्द साउँद र काठमाडौं महानगरपालिका-१६ नयाँ बजार बस्ने काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ३० वर्षीय प्रबिन कार्की रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं तारकेश्वर नगरपालिका-६ धर्मस्थली महाकाल मन्दिर नजिक प्रदेश न.३ -०१-०२३ च.४३०१ नम्बरको हात्ती गाडी जंगलतर्फ गइरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त गाडीमा टेलिकमको तार गुजुल्टो पारेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
साथै उनीहरूको साथबाट तार काट्न प्रयोग गरिने बिभिन्न औजारहरु र ११४ मिटर कालो टेलिफोनको तार समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूमाथि महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडीए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ । सुरक्षाकर्मीले अरु कर्मच...
विवादास्पद धर्मगुरु सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाइदिएको छ । मंगलवार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन ...
ताप्लेजुङको मिक्काखोला गाउँपालिका-१ को खोक्लिङमा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रमुख कैलाश राईले बिहीवार राति खोक्लिङ भन्ने ठाउँमा सडकबाट ३०० मिटर तल विमल क...
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजबाट सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्ने २६ वर्षिय रञ्जित मण्डललाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ...
संखुवासभाको चैनपुरमा ठूलो आवाजमा विस्फोट भएको छ । चैनपुर–४ को बालज्योति आदर्श स्कुल मतदान केन्द्रभन्दा करीब १५–२० मिटरको दूरीमा रहेको बाँसको झ्याङमा विस्फोट भएको आवाज आएको १ नम्बर प्रदेश ...
सर्लाहीमा झण्डै १४ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तमकुमार यादवलाई १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित बुधवार राति प्रहरीले पक्राउ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...