बैशाख २८, २०७९
प्रदेश १ मा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ वटा मतदान केन्द्र स्थापना गरिएको छ । मंगलवार साँझसम्ममा सबै मतदानस्थलमा सामग्री पुगेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । तराईका जिल्ला तथा सदरमुकाम ...
काठमाडाैं | माघ १०, २०७८
सुन चोरी प्रकरणमा महानगरीय अपराध महाशाखाका एक जना प्रहरी निरीक्षक मुछिएका छन् ।
महाशाखाको ललितपुर परिसरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सानाकान्छा रम्तेलमाथि महाशाखाले समिति बनाएर अनुसन्धान शुरू गरेको हो ।
गोदावरीको एक सुन पसलमा चोरी घटनामा अभियुक्तबाट रकम असुल्न लगाएर आर्थिक लाभ लिएको उनीमाथि आरोप लागेको छ ।
‘सुन सञ्चालकसँग मिलेर अभियुक्तसँग पैसा असुलेर मुद्दा नचलाएको पाइएकाले कानूनी दायरामा ल्याइएको छ,’ महाशाखाका एक अधिकृतले लोकान्तरसँग भने ।
रम्तेलमाथि छानबिन गर्न महाशाखाले प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा समिति बनाएर छानबिन गरिरहेको छ ।
केही समयअघि सुन पसलबाट एक जना महिलाले सुन चोरी गरेकी थिइन् । त्यसको अनुसन्धान गरेका रम्तेलले मुद्दा चलाउनुको साटो चोरी बापतको सुन बराबरको पैसा तिराएर घटना सामसुम पार्न खोजेका थिए ।
महाशाखाका अधिकारीका अनुसार उनले त्यो कुरा माथिल्लो निकायलाई पनि जानकारी गराएका थिएनन् ।
प्रदेश १ मा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ वटा मतदान केन्द्र स्थापना गरिएको छ । मंगलवार साँझसम्ममा सबै मतदानस्थलमा सामग्री पुगेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । तराईका जिल्ला तथा सदरमुकाम ...
मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवाद हुँदा प्रहरी ९ राउण्ड हवाई फायर गरेको छ । बुधवार सोरु गाउँपालिका–३ भिईमा झडप भएको कर्णाली प्रदेशका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।&...
स्थानीय तह निर्वाचनका बेला दोलखाको बैत्यश्वरमा गोली चलेको छ । दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी भोजर...
सर्लाहीमा झण्डै १४ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तमकुमार यादवलाई १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित बुधवार राति प्रहरीले पक्राउ...
दाङको भालुवाङबाट पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रहरी नियन्त्रणबाट छुटेका छन् । पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीवार बिहान बास्तोलालाई प्रहर...
धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा १६ वटा मतपत्र बढी भेटिएपछि झडप भएको छ । मतपत्रको विषयमा झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...