×

Nic Asia
Marvel

ट्रेडरले नाफा बूक गर्दा घट्यो शेयर बजार, लगानीकर्ता भन्छन्- आत्तिनुपर्ने अवस्था छैन

काठमाडाैं | माघ १०, २०७८

NTC
TVS INSIDE

शेयर बजार परिसूचक नेप्से सोमबार एकैदिन १०० अंकले घट्नुलाई लगानीकर्ताहरूले नाफा बूक भनेका छन् । आत्तिइहाल्नुपर्ने अवस्था नआएको शेयर लगानीकर्ताका अगुवा बताउँछन् ।

IME BANK INNEWS
morang Auto yamaha

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार कुनै सिरियस विषय होइन, महत्त्वपूर्ण एजेन्डा पनि कुनै नआएको हुँदा बजारमा करेक्सन मात्रै भएको हो । 


Advertisment
NMB BANK
Saurya island

उनले भने, ‘पहिलो विषय त प्रोफिट बूक हो भने त्यसपछि राष्ट्र बैंकले जारी गरेको क्रिप्टोकरेन्सीमा कारोबार गर्न नपाउने विषयको हल्ला पनि हो ।’

रौनियारले लगानीकर्ताले आत्तिएर बजारबाट भाग्नुपर्ने अवस्था नभएको तर्क गरे । ‘नयाँ नीति वा एजेन्डा पनि केही आएको छैन, कुनै बियरिस ट्रेन्ड पनि हैन, त्यसैले अहिलेको अवस्था सामान्य नै हो । पछिल्लो समय बजार बढिरहेकाले बजार अझै बढ्ने हुँदा लगानीकर्ताले हतास मनस्थिति बनाउनुपर्ने अवस्था छैन,’ रौनियारले भने ।

Vianet communication
Maruti inside

अर्का लगानीकर्ता तथा इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले आज प्रोफिट बूक गर्ने हाबी हुँदा शेयर बजारमा करेक्सन आएको हो ।

‘अहिले कुनै पनि लगानीकर्ताले आत्तिएर शेयर बेचिहाल्नुपर्ने अवस्था आएको होइन,’ उनले भने । चुनाव भनेको ६ महिना अगाडि वा पछाडि हुने विषय भएको हुँदा यसले लगानीकर्तालाई केही फरक नपर्ने उनको बुझाइ छ ।

सामान्य करेक्सनमा आत्तिनु आवश्यक नभएको उनको भनाइ छ ।

२९ सय देखि ३ हजारको सूचकमा सय/पचास अंक घट्नुलाई सामान्य मान्नुपर्ने पनि ढकालको भनाइ छ ।

‘एक दुईदिन कुर्दा धेरै नाफा हुन्छ भनेर लगानीकर्ता बस्छन्, त्यसमा पनि २३ सय अंक पुग्दा किनेका लगानीकर्ताले २८ सयमा प्रोफिट बुक गर्छन् । अझै बढीमा किन्नेले अझै केही समय पर्खेर बस्छन्, यो सामान्य प्रक्रिया हो,’ ढकालले भने ।

TATA Below
NLIC
fman
जेठ ३, २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र 'र्‍याडिसन' होटल काठमाडौं बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरू...

बैशाख २९, २०७९

बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २९ रुपैयाँ ४४ पैसा  र बिक्री दर १ सय २३ रुपैयाँ ८९ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार य...

जेठ ६, २०७९

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध गराइएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध...

जेठ ५, २०७९

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि भएको छ ।  गत वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा...

जेठ ६, २०७९

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मुलकोटमा रहेको अक्क्षित रिसोर्ट एण्ड र्‍याफिटिङ्गबीच बैंकका ग्राहकहरुलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्र...

जेठ ६, २०७९

शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ ०७ पैसा  र बिक्री दर १ सय २४ रुपैयाँ ६७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार य...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x