जेठ १३, २०७९
प्रतिनिधि सभामा शनिवार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ । बैठकमा शुक्रवार नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेश हुन पाएन । ...
विराटनगर | माघ १०, २०७८
कीर्ते कागजात मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी नेकपा एमालेकी सांसद गुलेफुन खातुनलाई आसन्न राष्ट्रियसभा चुनावमा मतदान गराउने तयारी भएको छ ।
माघ १२ गते विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा चुनाव हुँदैछ । एमाले निकट स्रोतका अनुसार खातुनलाई मतदानस्थलसम्म सुरक्षित रूपमा ल्याउने जिम्मा पूर्व मुख्यमन्त्री शेरधन राई, संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री भीम आचार्य, प्रदेश सासद तथा प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने र प्रदेश इन्चार्ज देवराज घिमिरेलाई दिइएको छ ।
प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले खातुन मतदाता भएकाले मतदानमा सहभागी हुने अधिकार भएकाले मतदानमा आउनसक्ने बताए ।
मोरङको तत्कालीन कदमाहा गाविस–२ मा ससुरा स्व. शेख धाइका मियाँको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि मधुसूदनराज पाण्डेको कित्ता नम्बर १०६, २५५ र सीता जोशी पाण्डेको कित्ता नम्बर ११० भएको ३ बिघा १० कट्ठा जग्गा नामसारी गर्न उनले सरकारी छाप र दस्तखत कीर्ते गरेर गाविसको सिफारिस कागज बनाएको मुद्दामा अदालतले दोषी ठहर गरेको छ ।
जिल्ला अदालतले २०७४ वैशाख ३१ गते खातुन र उनका पतिलाई १ वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि खातुनले २०७४ भदौ १९ गते उच्च अदालत विराटनगरमा जाहेरी दिएकी थिइन् ।
उच्चले खातुनसहित ३ जनाको हकमा कैदतर्फ जिल्लाकै फैसलालाई सदर गर्दै जनही १४ हजार ५८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
यता, मोरङ प्रहरीले खातुन आउने सूचना पाएपछि प्रहरी परिचालन गरेको छ । खातुनका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए ।
दोषी ठहर भएपछि खातुन प्रदेश सभामा आएकी थिइन् । संसदमा आउँदा समेत प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको थिएन ।
गृहमन्त्री बालकृष्ण खाँणले फरार सूचीमा रहेकी खानुत आउने भएकाले विशेष ध्यान दिन मोरङ प्रहरीलाई टेलिफोनमार्फत निर्देशन दिएका छन् ।
प्रतिनिधि सभामा शनिवार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ । बैठकमा शुक्रवार नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेश हुन पाएन । ...
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले बोलेका असंसदीय शब्द संसदको रेकर्डबाट हटाउने सहमतिपछि प्रतिनिधि सभाको बैठक सुचारु भएको छ । शुक्रवार बसेको बैठकमा सरकारको तर्फबाट सार्वजनिक महत्त्वको...
पूर्वसभामुख ओनसरी घर्तीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफललाई विषयान्तर गरिएको भन्दै आपत्ति जनाएकी छन् । संसद आमजनताको भावना अभिव्यक्त गर्ने र आफ्ना प्रतिनिधिमार्फत जनताले सार्वभौम सत्ताको प्रयोग गर्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आगामी बजेटमार्फत शिक्षा र स्वास्थ्यलाई नि:शुल्क गर्न सरकारसँग आग्रह गरेका छन् । संविधान कार्यान्वयनको चरणमा रहेको र संविधानमै शिक्षा र स्वास्थ्यलाई नि:शुल्क गर्ने कुरा...
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न सर्वोच्च अदालतले गरेको फैसलामा आपत्ति जनाएका छन् । सर्वोच्चको उक्त फैसलाले मधेशको विकास अवरुद्ध भएको उनको भ...
नेकपा एमाले रूपन्देहीले स्थानीय तहको निर्वाचनमा अनपेक्षित मतपरिणाम आएको निष्कर्ष निकालेको छ । मतपरिणामको गम्भीर समीक्षा गर्दै पार्टी संगठन सबल भएका पालिकामा आएको अनपेक्षित परिणामबाट निराश नभई उच्च मनो...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...