×

Nic Asia
Marvel

कांग्रेस सभापति देउवा गठबन्धनमा लतारिँदा पार्टीलाई घाटा हुने कोइराला समूहको निष्कर्ष

काठमाडाैं | माघ १०, २०७८

NTC
TVS INSIDE

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा लतारिएका र त्यसले कांग्रेसलाई घाटा गर्ने निष्कर्ष निकालेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

आगामी निर्वाचनको सन्दर्भमा पार्टीको आधिकारिक धारणा बनाउनका लागि डा. शेखर कोइरालाले आफू निकट नेताहरूसँग भर्चुअल संवाद गरेका थिए । 


Advertisment
NMB BANK
Saurya island

संवादमा महामन्त्री गगनकुमार थापा, नेताहरू अर्जुन नरसिंह केसी, डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी लगायत रहेका थिए ।

कतिपय नेताहरू राष्ट्रिय सभाको निर्वाचनका लागि काठमाडौं बाहिर रहेका र उनीहरू काठमाडौं फर्किएपछि थप छलफल गरेर आफ्नो समूहको धारणा बनाउने र पार्टी सभापतिसँग छलफल गर्ने निष्कर्ष निकालिएको भर्चुअल संवादमा सहभागी नेता बलबहादुर केसीले बताए । 

Vianet communication
Maruti inside

निर्वाचनको सम्बन्धमा गठबन्धका नेताहरूले विभिन्न धारणा बाहिर ल्याएको तर कांग्रेसले निर्वाचनको सम्बन्धमा आधिकारिक धारणा बनाउन नसकेको उनीहरूले औंल्याएका थिए । 

त्यसबाहेक पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै त्यसमा नेताहरूले असन्तुष्टि पनि व्यक्त गरेका संवादमा सहभागी एक नेताले बताए । 

पार्टी सभापतिले राष्ट्रिय मुद्दामा पार्टीमा छलफल गर्न नचाहेको र केही सीमित मान्छेको भरमा परेको नेताहरूले छलफलमा बताएका थिए । 

त्यसैगरी, सरकारका कामबारे समेत पार्टीमा छलफल नभएको भन्दै पार्टी सभापतिसँग गम्भीर रूपमा छलफल गर्नुपर्ने निष्कर्ष भर्चुअल संवादमा निकालिएको एक नेताले जानकारी दिए । 
 

TATA Below
NLIC
fman
जेठ ५, २०७९

धरानमा ३१ हजार ४६३ मतगणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायमै राखेका छन् ।  लौरो चुनाव चिह्न लिएर लडेका हर्कले ९ हजार ३९५ मत पाउँदा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईले ८ ह...

जेठ ६, २०७९

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन् । नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकामा ४९ हजार १४ मत गणना हुँदा रेनु दाहालले १८ हजार ४८० मत पाएकी छन् । गठबन्धनको तर्फबाट उम्मेदवार भएकी रेनु नेकपा माओवादीकी उम्मेदवार हुन । उनले १८ हजार ४८० मत पाएकी छन । उनका प्रत...

जेठ ५, २०७९

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले तत्काल मन्त्रिपरिषदमा हेरफेरको सम्भावना नरहेको स्पष्ट गरेका छन् । स्थानीय निर्वाचनअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीले आफ्ना...

जेठ ५, २०७९

मोरङको उर्लाबारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ ।  एमालेका गंगाप्रसाद खरेलले १२ हजार १५६ मत ल्याएर विजयी बनेका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर फागोले भने १० हज...

जेठ ५, २०७९

उम्मेदवार दर्ता गर्ने अन्तिम समयमा धोका दिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका कांग्रेसका बागी उम्मेदवारको टोलीले मेयर, उपमेयरसहित ४ वटाअध्यक्ष जितेको छ । महोत्तरीको बर्दिवास नगरपालिकामा कांग्रेसका चिरञ्जिवी हमालले ...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x