जेठ ४, २०७९
रुसमा लोकतन्त्रका मूल्यमान्यताको प्रवर्धनका लागि अमेरिकाले विभिन्न परियोजनामा साढे दुई लाख डलरसम्म लगानी गर्ने योजना बनाएको छ । रुसी सञ्चारमाध्यम आरटीले दिएको खबरअनुसार, अमेरिकाको परराष्ट्र मन्त्रालयले अ...
संखुवासभा | माघ १०, २०७८
जिल्ला अस्पताल सङ्खुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
आजदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा योगेन्द्रमणि बस्नेतले बताए । एन्टिजेन परीक्षण गर्दा जिल्ला अस्पतालका कार्यरत आठ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि माघ १५ गतेसम्म अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको छ ।
आजदेखि अस्पतालमा आकस्मिक सेवा, प्रसूति सेवा र फिभर क्लिनिक मात्र सञ्चालन हुने उनको भनाइ छ । जिल्लामा सञ्चालित कोरोना विरुद्धको खोप अभियान भने यथावत सञ्चालन रहने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्खुवासभामा कोरोनाको तेस्रो लहर फैलिएपछि जिल्लामा सक्रिय सङ्मितको सङ्ख्या १४१ पुगेको छ । हालसम्म ४७ जना निको भएका छन् ।
त्यस्तै जिल्ला कारागार खाँदबारीले कोभिड सङ्क्रमण जोखिम बढ्दै गएपछि कैदीबन्दी भेटघाटलाई माघ १५ गतेसम्म बन्द गरेको जिल्ला कारागारका जेलर विनोद अधिकारीले बताए ।
मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने स्थानीयवासीको सुझाव छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।रासस
रुसमा लोकतन्त्रका मूल्यमान्यताको प्रवर्धनका लागि अमेरिकाले विभिन्न परियोजनामा साढे दुई लाख डलरसम्म लगानी गर्ने योजना बनाएको छ । रुसी सञ्चारमाध्यम आरटीले दिएको खबरअनुसार, अमेरिकाको परराष्ट्र मन्त्रालयले अ...
मरिउपोलको आजोभस्टालमा आत्मसमर्पण गरेका ९०० भन्दा बढी युक्रेनी सैनिकहरूलाई पुर्पक्षका लागि थुनाकेन्द्रमा पठाइएको रुसको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अहिलेसम्म १७ सय ...
अफगानिस्तानका तालिबानी नेता सिराजुद्दीन हक्कानीले छात्राहरूलाई विद्यालय जान दिने वाचा दोहोर्याएका छन् । कायममुकायम गृहमन्त्री हक्कानीले सीएनएनकी क्रिस्चिएन अमनपुरसँग कुराकानी गर्दै महिलालाई काममा ...
युक्रेनी सेनामा रहेको कुख्यात नवनाजी आजोभ रेजिमेन्टका एक कमान्डरले विपक्षी दलका सदस्यहरूको हत्याका विषयमा घमण्ड गरेका छन् । मार्च महिनाको आरम्भतिर युक्रेनको नियन्त्रणमा रहेको सेभेरोडोनेत्स्कबाट बेपत्ता बना...
युक्रेनको मरिउपोलस्थित आजोभस्टालमा रुसी सेनासमक्ष आत्मसमर्पण गरेका युक्रेनी सेनाको विषयमा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले झूटो बोलेका छन् । अहिलेसम्म १७ सय ३० सैनिकहरूले आत्मसमर्पण गरेको रुसको...
फिनल्यान्ड र स्विडन नेटोको सदस्य बन्नबाट रोक्न क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिचले नेटोका लागि देशका राजदूत मारियो नोबिलोलाई निर्देशन दिने योजना बनाएका छन् । आरटीमा छापिएको खबरअनुसार, ती दुई देश...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...