जेठ २, २०७९
वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा शुरू गरेका छन् । उनी यसअघि लामो समयदेखि बयोधा अस्पतालमा कार्यरत थिए । उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक ...
धनुषा | माघ १०, २०७८
कोरोना भाइरसको तेस्रो लहर चलिरहेको समयमा मधेश प्रदेशमा हालसम्म लक्षित जनसङ्ख्याको ४४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज लगाएका छन् । साथै करिब ११ हजार नागरिकले बुस्टर डोज लगाएका छन् ।
मधेश प्रदेशमा हालसम्म १२ वर्षदेखि माथिका ४४.२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।
निर्देशनालयको तथ्याङ्कअनुसार सर्लाहीमा ५५.५, बारामा ४९.४, धनुषामा ४९.१, पर्सामा ४३.८, सप्तरीमा ४२.७ प्रतिशत, सिरहामा ४०.७, महोत्तरीमा ३५.४ र रौतहटमा ३४.७ प्रतिशत लक्षित नागरिकले कोरोना विरुद्धको खोपको पूर्ण डोज लगाएका छन् ।
त्यसैगरी नेपाल सरकारले अग्रपङ्क्तिमा खटेकालाई बुस्टोर डोज दिन सुरु गरेकामा मधेश प्रदेशमा करिब ११ हजारले बुस्टर डोज लगाएका छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले आइतबारसम्ममा मधेश प्रदेशमा १० हजार ९९८ जनाले बुस्टर डोज लगाएकोे जानकारी दिए ।
बारामा सबैभन्दा बढी तीन हजार २२० जनाले बुस्टर डोज लगाएका छन् । त्यस्तै सर्लाहीमा दुई हजार २६, धनुषामा एक हजार ९६०, रौतहटमा एक हजार ८२३, सिरहामा एक हजार ८७, महोत्तरीमा ४१६, सप्तरीमा ३२१ र पर्सामा १०० जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशक झाका अनुसार प्रदेशमा हालसम्म कूल जनसङ्ख्याको ३४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज र ३९.५९ प्रतिशत नागरिकले पहिलो डोज लिएका छन् । प्रदेशमा कूल ६३ लाख ४३ हजार ९७० जना जनसङ्ख्या रहेकोमा आइतबारसम्म २१ लाख ५६ हजार ९६४ जना अर्थात ३४ प्रतिशतले खोपको पूर्ण डोज लगाएका छन् ।
प्रदेशमा कूल जनसङ्ख्यामध्ये १८ वर्षभन्दा माथिका ६६ प्रतिशत अर्थात ४१ लाख ६० हजार ४२५ र १२ देखि १७ वर्षसम्मका ११ प्रतिशत नागरिक अर्थात सात लाख १५ हजार ३४२ जनालाई खोप दिने लक्ष्य रहेको छ ।
लक्ष्यअनुसार भने मधेश प्रदेशमा १८ वर्षभन्दा माथिका ५१.८ प्रतिशत नागरिकलाई खोपको पूर्ण डोज र ६०.४ प्रतिशत नागरिकले पहिलो डोज लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बाह्र वर्षदेखि १७ वर्षसम्मका भने ६७.२ प्रतिशतले खोपको पहिलो मात्रा लिएका छन् ।
पूर्ण डोज लिनेमा सबैभन्दा बढी पर्सामा पाँच लाख २८ हजार ३१६ जनाले रहेका छन् । त्यस्तै सर्लाहीमा तीन लाख ८७ हजार ६५९, धनुषामा तीन लाख २१ हजार ७५४, बारामा तीन लाख २० हजार ८५१, सप्तरीमा दुई लाख ३६ हजार ३१६, रौतहटमा दुई लाख २९ हजार ३८१, सिरहामा दुई लाख २० हजार ३७७ र महोत्तरीमा एक लाख ९५ हजार ५९८ जनाले भ्याक्सिन लगाएका छन् ।
वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा शुरू गरेका छन् । उनी यसअघि लामो समयदेखि बयोधा अस्पतालमा कार्यरत थिए । उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक ...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सम्बन्ध हिमालय जति नै प्राचीन र अटल रहेको बताएका छन् । बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी भ्रमण गरेका मोदीले सम्बोधनका क्रममा दुई देशबीचको सम्बन्धका विषयमा...
चितवनको भरतपुर महानगरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् । सोमवार बिहान सम्मको गणनामा एमाले उम्मेदवार विजय सुवेदीले ३ हजार ८ सय ९९ मत पाएका छन् । माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ८ सय ...
झापाको कचनकवल गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसले वडाध्यक्ष सहित प्यानल जितेको छ । वडाध्यक्ष उम्मेदवार ग्यास अजमल मियाले १३ सय ७५ मत ल्याएर विजय प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्ध...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गर्दा वरदान पाएको अनुभव गरेको बताएका छन् । सोमवार बुद्ध पूर्णिमाको अवसरमा मोदीले लुम्बिनी भ्रमण गरेर मायादेवी मन्दिरको दर्शन गर...
धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा १६ वटा मतपत्र बढी भेटिएपछि झडप भएको छ । मतपत्रको विषयमा झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...