जेठ ५, २०७९
भरतपुर महानगरपालिकामा ४९ हजार १४ मत गणना हुँदा रेनु दाहालले १८ हजार ४८० मत पाएकी छन् । गठबन्धनको तर्फबाट उम्मेदवार भएकी रेनु नेकपा माओवादीकी उम्मेदवार हुन । उनले १८ हजार ४८० मत पाएकी छन । उनका प्रत...
काठमाडाैं | माघ १०, २०७८
नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । आगामी निर्वाचनको सन्दर्भमा आफ्नो समूहको साझा धारणा बनाउनका लागि डा. कोइरालाले सोमबार आफू निकट नेताहरुसँग भर्चुअल संवाद गरेका हुन् ।
उक्त संवादमा उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, नेताहरु, अर्जुन नरसिंह केसी, डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, डा. रामशरण महत लगायतका नेताहरू सहभागी भएका थिए ।
निर्वाचनको सम्बन्धमा गठबन्धनका नेताहरुले विभिन्न धारणा बाहिर ल्याएको तर, काँग्रेसले निर्वाचनको सम्बन्धमा आधिकारिक धारणा बनाउन नसकेको उनीहरूले औँल्याएका थिए ।
संविधान र निर्वाचन कानूनमा भएको व्यवस्था कार्यान्वयन गराउन आगामी वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने र त्यसलाई विभिन्न बाहनामा सार्ने प्रयास भएमा मान्य नहुने निष्कर्ष निकालिएको संवादमा सहभागी एक नेता बलबहादुर केसीले बताए ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा लतारिएको र त्यसले कांग्रेसलाई बेफाइदा हुने कुरा पनि छलफलको क्रममा आएको नेताहरुले बताएका छन् । कतिपय निकटस्थ नेताहरू राष्ट्रिय सभाको निर्वाचनको लागि काठमाडौं बाहिर रहेको र उनीहरू काठमाडौं फर्किएपछि थप छलफल गरेर आफ्नो समूहको धारणा बनाउने पनि नेता केसीको भनाइ छ । त्यसपछि पार्टी सभापतिसँग पनि छलफल गर्ने निष्कर्ष निकालिएको केसीले बताए ।
त्यसबाहेक, सभापति देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै त्यसमा असन्तुष्टि पनि नेताहरुले व्यक्त गरेको संवादमा सहभागी अर्का एक नेताले बताए । पार्टी सभापतिले राष्ट्रिय मुद्दामा पार्टीमा छलफल गर्न नचाहेको र केही सीमित मान्छेको भरमा परेको नेताहरुले छलफलमा बताएका थिए ।
सरकारको कामको बारेमा समेत पार्टीमा छलफल नगरेको भन्दै देउवासँग गम्भीर रूपमा छलफल गर्नुपर्ने पनि नेताहरुले बताएका थिए ।
भरतपुर महानगरपालिकामा ४९ हजार १४ मत गणना हुँदा रेनु दाहालले १८ हजार ४८० मत पाएकी छन् । गठबन्धनको तर्फबाट उम्मेदवार भएकी रेनु नेकपा माओवादीकी उम्मेदवार हुन । उनले १८ हजार ४८० मत पाएकी छन । उनका प्रत...
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन् । नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका...
धरानमा ३१ हजार ४६३ मतगणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायमै राखेका छन् । लौरो चुनाव चिह्न लिएर लडेका हर्कले ९ हजार ३९५ मत पाउँदा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईले ८ ह...
काठमाडौंको चन्द्रागिरी नगरपालिकामा कांग्रेसका घनश्याम गिरी दोहोरिएका छन् । यस अघि पनि मेयर रहेका गिरीले एमालेका उत्तमबहादुर राउतलाई पराजित गरेका छन् । गिरिले ६४ सय ५३ मत ल्याएर नगर प्रमुख विजयी हुँदा ...
स्थानीय तह निर्वाचनको क्रममा विराटनगर महानगरमा भएको निर्वाचनमा अत्याधिक मत बदर भएको पाइएको छ । विराटनगर महानगरमा मत गणना चलिरहेको छ । अहिलेसम्मको गणनाको तथ्यांक अनुसार, अघिल्लो निर्वाचनमाभन्दा बढि म...
मोरङको उर्लाबारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । एमालेका गंगाप्रसाद खरेलले १२ हजार १५६ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर फागोले भने १० हज...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...