बैशाख २५, २०७९
राजनीति एउटा यस्तो शस्त्र जसको प्रहारमा कोही कोहीलाई सुखै सुख छ कोही कोहीलाई दुखैदु:ख छ सधै दिनभर हाँस्ने बोल्ने साथी आज साथी छैनन् अर्को पार्टीका कार्यकर्ता पो त फेरि केहीलाई जसरी नी चुनाव ...
पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन मीमांसा’ नामक पुस्तक सार्वजनिक भएको छ । विद्यार्थी पुस्तक भण्डार काठमाडौंद्वारा प्रकाशित पुस्तकमा पूर्वीय दर्शनसित सम्बन्धित ४५ वटा निबन्ध समावेश छन् ।
पाञ्चायन दर्शन, संस्कृति दर्शन, जीवन दर्शन, दृष्टान्त दर्शन र विविध दर्शनसित सम्बन्धित पाँच खण्ड रहेको यस कृतिमा पूर्वीय दर्शन सम्बन्धी धर्म, दर्शन, संस्कृति, संस्कार तथा षड्दर्शनका यावत पक्षलाई मिहिन ढङ्गले केलाउने प्रयास गरिएको लेखक रिजालले बताए ।
उनका अनुसार वेद, उपनिषद्, रामायण, महाभारत, ब्राह्मण, आरण्यक, गीता, ब्रह्मसूत्र, तथा पुराण र बौद्ध ग्रन्थहरूका समेत अध्ययन, अन्वेषण गरी निचोडका आधारमा लेखिएकाले निबन्धहरू सबै अनुसन्धानमूलक रहेका छन् । पुस्तकमा पूर्वीय वैदिक दर्शनका विशेषता बुझ्न चाहने पाठकका तीर्खा मेट्न हरसम्भव प्रयास गरिएको लेखक रिजालको दावी छ ।
भूमिका लेखक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले भनेका छन्– ‘रिजालजीको प्रस्तुत कृति पूर्वीय वैदिक दर्शनका अतिरिक्त ती दार्शनिक मान्यताहरूका अभिव्यञ्जनासँग सम्बन्धित दार्शनिक पक्षबारे विविध किसिमले विश्लेषण गर्दै पूर्वीय दर्शनलाई व्यावहारिक तथा व्यावहारोपगी बनाएर लेखिएको कृति हो ।’ उनका अनुसार कतिपय प्रसङ्गमा ज्ञानका पुनर्निर्माण भएकाले प्रस्तुत कृतिले अनौपचारिक अनुसन्धानमूलक कृति हुने अधिकार राखेको छ ।
भूमिका खण्डसहित २५४ पृष्ठको पुस्तकको मूल्य रू ३५० रहेको छ ।
गोरखापत्रका पूर्वप्रधान सम्पादक रिजालको यो कृति बाह्रौँ हो । उनका यसअघि ‘सुकर्म’, ‘सुदर्शन’, ‘दर्शनभित्रको दर्शन’, ‘दृष्टिभ्रम’, ‘सत्यवती’, ‘विश्वविख्यात वैदिक वैज्ञानिक’, ‘पौराणिकपात्र र मिथकहरू’ तथा ‘रत्न नीतिकथा सङ्ग्रह’ भाग एक, दुई र तीन प्रकाशित भइसकेका छन् ।
राजनीति एउटा यस्तो शस्त्र जसको प्रहारमा कोही कोहीलाई सुखै सुख छ कोही कोहीलाई दुखैदु:ख छ सधै दिनभर हाँस्ने बोल्ने साथी आज साथी छैनन् अर्को पार्टीका कार्यकर्ता पो त फेरि केहीलाई जसरी नी चुनाव ...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय सदस्य कवि तारा अधिकारीको कविताकृति 'म भित्रको म' सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेको प्रमु...
अर्जुन दुलाल हिमाल यो पहाड यो मधेस एक सान हो किराँत हिन्दु कृश्चियन् सबै समान हो हसाउँदै म हाँस्दछु भुलेर भेदभाव त्यो छ देश बग्छ रक्तमा म प्यार गर्छु देशको ।।१।। फुटेर लर्नु छैन हे अनेक जात धर्म...
हाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सहयोगको अपिल गरिएको छ । उनको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग संकलन अभियान शुरू...
चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथा संग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनुदित सो संग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्...
नीति अनुसन्धान प्रतिष्ठानले 'कोभिड-१९ सम्बन्धी' पुस्तक बजारमा ल्याएको छ । यस पुस्तकमा विभिन्न मुलुकमा कोभिड–१९ महामारीको अवस्था, व्यवस्थापनको अनुभव र सिकाइहरू रहेको प्रतिष्ठानले जनाएको छ । वि...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...