जेठ ११, २०७९
पछिल्ला दिनहरूमा नेपालको मौसममा तीन प्रकारका वायुको प्रभाव रहेको मौसम विभागले जनाएको छ । विभागका अनुसार अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय...
गत साउन र भदौमा बुटवलको ज्योतिनगरमा झरेको ठूलो पहिरो नियन्त्रणका लागि बजेट छुट्याइएको छ ।
बस्ती नै जोखिममा पारेको पहिरो व्यवस्थापनका लागि चुरे तिनाउ संरक्षण समितिले क्षेत्रगत रूपमा २ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएको हो ।
बजेट ज्योतिनगर, लक्ष्मीनगर र पाखापानीकार लागि झरेको पहिरो नियन्त्रणमा खर्च गरिने छ । ज्योतिनगरका लागि १ करोड २५ लाख, लक्ष्मीनगरका लागि १ करोड ५ लाख र पाखापानीको लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
तिनाउ चुरे संरक्षण समितिका अध्यक्ष कमल गौतमले पहिरोले जोखिममा परेका बस्ती बचाउन रकम खर्चिने बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले पहिरो नियन्त्रणका लागि थप ४ करोड रुपैयाँ बजेट माग गरेको छ । अध्यक्ष गौतमले हाल विनियोजित बजेटबाट काम थाल्न उपभोक्ता समिति गठन गर्ने प्रक्रिया अघि बढेको बताए ।
बुटवल उपमहानगरपालिकाले यस वर्ष पहिरो प्रभावित क्षेत्रको माटो सफाइ गर्न र बस्ती भित्रको कल्भर्ट निर्माणका लागि ८५ लाख रुपैयाँ लगानी गरिसकेको छ । हाल १५ लाख रुपैयाँ थप विनियोजन गरी खोल्सी सुधारको काम गरिरहेको छ ।
पहिरोले बुटवल–३ ज्योतिनगर क्षेत्रका १ दर्जन घर बगाएको थियो भने करीब २४ घर विस्थापित भएका छन् ।
पहिरोले ३०० भन्दा बढी घर जोखिममा छन् । लक्ष्मीनगर र पाखापानी क्षेत्रमा पनि पहिरो खसेर बस्तीमा जोखिम देखिएको छ । चुरे क्षेत्रमा जथाभावी खोस्रिँदा पहिरो झरेको चुरे क्षेत्रका जानकारहरू बताउँछन् ।
पछिल्ला दिनहरूमा नेपालको मौसममा तीन प्रकारका वायुको प्रभाव रहेको मौसम विभागले जनाएको छ । विभागका अनुसार अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय...
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षकलाई बर्खास्त गरिएको छ । काठमाडौं चावहिलमा रहेको कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी...
इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा ...
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण बुधबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथ...
परराष्ट्र मन्त्री डा नारायण खड्काले राहदानी सङ्ग्रहालयको उद्घाटन गरेका छन् । राहदानी विभागले गत वर्ष असार ८ मा राहदानी सङ्ग्रहालय स्थापना गर्ने निर्णय गरेअनुसार मंगलबार संग्राहलयको उद्घाटन गरिएको हो ।&nb...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाबीच मङ्गलबार मुख्यमन्त्री कार्यालयमा भेटवार्ता भएको छ । कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत सञ्चालित ...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...