बैशाख १९, २०७९
राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा व्यक्तिलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’को व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघद्वारा सोमवार आयोजित ‘अपाङ्गता भएका व्यक्तिको स...
काठमाडाैं | माघ ११, २०७८
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भइरहेको गुनासो आइरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीलाई निर्देशन दिए ।
मंगलवार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अनुगमन गर्न पुगेका उनले विद्यार्थीले चाहेको बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था अपनाउन पनि त्यहाँका पदाधिकारीलाई सचेत गराए ।
मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ गर्न नहुने स्पष्ट पारे । ‘फास्ट ट्रयाक’को विधि अपनाएर भए पनि परीक्षाको नतिजा प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयले ढिलाइ गर्न नहुने उनको भनाई थियो ।
मन्त्री पौडेलले भने, ‘जेसुकै तर्क गरे पनि रिजल्ट ढिलो भएको कुरा प्रमाणित छ । कोसिस गरेको कुरा काम गर्ने जनशक्ति कम भएको हुँदाखेरी काममा ढिलाइ भएको यहाँका कर्मचारीहरूले राख्नुभएको छ तर सेवाग्राहीले समयमा सेवा प्राप्त गर्नुपर्नेमा रिजल्ट ढिला भएको छ । जे स्थिति छ । मौजुदा अवस्थाबाट रिजल्ट छिटो निकाल्ने फास्ट ट्रयाकको तरिका अपनाउनुस् भनिएको छ । यसलाई सुधार्ने प्रसंगमा अर्को प्रणाली अपनाउँला तर अहिले नै भएको जनशक्तिबाट छिटोभन्दा छिटो रिजल्ट निकाल्ने काम अघि बढाउनुस् भनेका छौं । केही विषयको रिजल्ट निस्केको पनि छ । केही विषयमा निस्कन बाँकी रहेको छ । कन्ट्रोलर सर पनि यहाँसँगै हुनुहुन्छ । विद्यार्थीको गुनासो अनुसार कर्मचारी पुगेन, सिस्टम पुगेन भन्ने कुराले मिल्दैन । उसले चाहेको बेलामा रिजल्ट दिन सक्नुपर्छ विश्वविद्यालयले । त्यो व्यवस्था गर्नुस् भनेको छु ।’
यता, परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भएको जवाफ मन्त्री पौडेललाई दिएका थिए । उनले जनशक्तिको अभाव र विश्वविद्यालय अन्तर्गतको विद्यार्थीको संख्या बढी भएकाले परीक्षाको नतिजा प्रकशित गर्ने काममा ढिलाइ हुन गएको कुरा आफूले मन्त्री पौडेललाई जानकारी गराएको बताए ।
मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयका सबै शाखाको अनुगमन गरी त्यहाँका कर्मचारीको गुनासो सुनेका थिए । त्रिभुवन विश्वविद्यालयको परीक्षाबारे धेरै गुनासो बाहिर आएपछि आफू अनुगमनमा आएको मन्त्री पौडेलले बताए ।
उनले विश्वविद्यालयको समग्र पुनःसंरचना गरेर अघि बढ्नुपर्ने योजना सुनाउँदै त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छिट्टै परामर्श गरेर अघि बढ्ने बताए ।
राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा व्यक्तिलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’को व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघद्वारा सोमवार आयोजित ‘अपाङ्गता भएका व्यक्तिको स...
त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने...
शिक्षक सेवा आयोगले चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) तर्फको नतिजा सार्वजनिक गरेको छ । मंगलवार सार्वजनिक गरिएको नतिजाहरू प्रदेशगतरुपमा...
शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् । चितवनस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसईई परीक्षा निरीक्षणपछि आज पत्रकार...
युरो किड्सले प्रि-स्कूलको नयाँ पाठ्यक्रम सुरू गरेको छ। बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि EUNOIA नामक पाठ्यक्रमको सुरुवात गरेको हो। यस पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गिण विकासको लागि...
नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...