×

Nic Asia
Marvel

निक्षेप सातामै १३ अर्बले घटेपछि वाणिज्य बैंकहरूले रोके कर्जा विस्तार

काठमाडाैं | माघ ११, २०७८

NTC
TVS INSIDE

निक्षेप घट्न थालेपछि वाणिज्य बैंकहरूले कर्जा विस्तार रोकेका छन् । माघ पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

नेपाल बैंकर्स संघले उपलब्ध गराएको माघ ७ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ । यस्तो निक्षेप अघिल्लो साता अर्थात पुस मसान्तसम्ममा ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो  । 


Advertisment
NMB BANK
Saurya island

यो अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह करीब ठप्प छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले एक सातामा जम्मा एक अर्ब रुपैयाँमात्रै कर्जा विस्तार गरेका छन् ।

यो अवधिमा बैंकहरूको कर्जा विस्तार ४१ खर्ब ४३ अर्बबाट ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।

Vianet communication
Maruti inside

कर्जा विस्तार घट्नुको कारण अधिकांश बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमाभन्दा माथि पुग्नुलाई मानिएको छ ।

माघ पहिलो साता वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ९०.४३ प्रतिशत रहेको छ । राष्ट्र बैंकले असार मसान्तको समय दिएर वाणिज्य बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशतभित्रै राख्न निर्देश दिएको छ ।

मंगलवारसम्ममा १५ वटा वाणिज्य बैंकको सीडी रेसियो तोकिएको सीमा ९० प्रतिशतभन्दा बढी रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।  

राष्ट्र बैंकका अनुसार सीडी रेसियो सीमाभन्दा माथि गएकाले घटाउनुपर्ने र कर्जा विस्तार क्षमताभन्दा बढी भइसकेकाले पनि कर्जा प्रवाह रोकिएको बैंकर्सहरू बताउँछन् ।

TATA Below
NLIC
fman
जेठ ४, २०७९

सरकारले आगामी आर्थिक वर्षको बजेट सबै समुदाय र महिला वर्गले महसुस गर्ने गरी आउनुपर्ने सुझाव संसद सदस्य पुष्पा भुसालले दिएकी छन् । बजेटका सिद्धान्त र प्राथमिकतालाई अझै सुन्दर बनाउने गरी बजेट आउनुपर्ने पनि उनको भन...

जेठ ३, २०७९

बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले फजुल खर्च कटौतीलाई प्राथमिकता दिने बताएका छन् । प्रतिनिधि सभा संसदमा बजेट अधिवेशन शुरु भएसँगै एमालेले ९ महिनादे...

जेठ ४, २०७९

कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवा...

जेठ ४, २०७९

संसदमा शुरू भएको पूर्व बजेट छलफलमा नेकपा एमालेका सांसद योगेश भट्टराईले व्यापार घाटा कम गर्ने वैकल्पिक उपाय किन नल्याएको भनेर अर्थमन्त्रीलाई प्रश्न गरेका छन् । बुधवार छलफलमा सहभागी हुँदै उनले सरकारको इच्...

जेठ ४, २०७९

पूर्व प्रधानमन्त्री झलनाथ खनालले ​औद्योगिकीकरण नभएसम्म देश विकास गर्न नसकिने बताएका छन् । बुधवारबाट शुरू भएको पूर्व बजेट छलफल कार्यक्रममा उनले देशमा प्रशस्त उद्योग स्थापना हुनुपर्ने र यसका लागि आगामी बजेटले प्रा...

जेठ ४, २०७९

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्यमा लगानी गर्न नदिनुपर्ने र भएका लगानीलाई पनि शेयर दिएर अन्यत्रै पठाउनुपर्ने बताएका छन् ।  यो क्षेत्रको पूर्ण दायित्व राज्यले लिनुपर्ने ...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x