जेठ ३, २०७९
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट उत्पादन बढाउनमा केन्द्रित हुने गरी आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले खेतीयोग्य जमिन बाँझो राखेर युवापुस्ता विदेशिने अवस्था हटाउने गरी बजेट ल्याइने बताएका छन् । यस...
काठमाडाैं | माघ ११, २०७८
राजश्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा एकै परिवारका तीनसहित चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले उनीहरूविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १०० रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
विभागका अनुसार कैलाली लम्कीचुहा-१० घर भई हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, उनको दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र गर्लफ्रेन्ड अनिता धितालविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरूमाथि सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स इ-स्क्रिल र बाइन्यान्स प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलर सम्बन्धी कसूर गरेको आरोप छ ।
विभागले कसूर पुष्टि भएको भन्दै ३७ करोड ६४ लाख ११ हजार १०० जफत गर्दै तीन वर्षसम्मको कैद सजाय मागदाबी गरेको छ ।
प्रतिवादीहरूको बयान, विभिन्न बैंकका बैंक स्टेटमेन्टहरू,बरामदित मोबाइलमा प्राप्त भएको डाटाहरू, कल डिटेल लगायत प्रमाणको आधारमा मुद्दा दर्ता गरेको विभागको भनाइ छ । अमेरिकी डलरको अनलाइनमार्फत अवैध रुपमा कारोबार गरिरहेको अभियोग लगाइएको छ।
दिनेश खड्काको ग्लोबल बैंक समेतबाट ९ करोड ७९ लाख ९८ हजार ५८१ रूपैयाँ, अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार ८२६ रूपैयाँ, भगवती खड़काको एनआईसी एसिया बैंकबाट २० करोड ४२ लाख ९४ हजार ५२६ रूपैयाँ, नरबहादुरको ग्लोबल आईएमई बैंकबाट एक करोड ६४ लाख ११ हजार १६६ रूपैयाँ गरेर कुल ३७ करोड ६४ लाख ११ हजार १०० रूपैयाँ विदेशी विनिमय गरेको आरोप लगाइएको छ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट उत्पादन बढाउनमा केन्द्रित हुने गरी आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले खेतीयोग्य जमिन बाँझो राखेर युवापुस्ता विदेशिने अवस्था हटाउने गरी बजेट ल्याइने बताएका छन् । यस...
पूर्व प्रधानमन्त्री झलनाथ खनालले औद्योगिकीकरण नभएसम्म देश विकास गर्न नसकिने बताएका छन् । बुधवारबाट शुरू भएको पूर्व बजेट छलफल कार्यक्रममा उनले देशमा प्रशस्त उद्योग स्थापना हुनुपर्ने र यसका लागि आगामी बजेटले प्रा...
कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवा...
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्यमा लगानी गर्न नदिनुपर्ने र भएका लगानीलाई पनि शेयर दिएर अन्यत्रै पठाउनुपर्ने बताएका छन् । यो क्षेत्रको पूर्ण दायित्व राज्यले लिनुपर्ने ...
संसदमा शुरू भएको पूर्व बजेट छलफलमा नेकपा एमालेका सांसद योगेश भट्टराईले व्यापार घाटा कम गर्ने वैकल्पिक उपाय किन नल्याएको भनेर अर्थमन्त्रीलाई प्रश्न गरेका छन् । बुधवार छलफलमा सहभागी हुँदै उनले सरकारको इच्...
बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले फजुल खर्च कटौतीलाई प्राथमिकता दिने बताएका छन् । प्रतिनिधि सभा संसदमा बजेट अधिवेशन शुरु भएसँगै एमालेले ९ महिनादे...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...