×

Nic Asia
Marvel

महामारीमा अर्थतन्त्रको चिन्ता

कोरोना महामारीमा अर्थतन्त्रप्रति चिन्ता: खराब सूचकतर्फ नधकेल्न अर्थविद्को यस्तो सुझाव

काठमाडाैं | माघ ११, २०७८

NTC
TVS INSIDE
Esewa

कोरोना महामारीका कारण गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्रै भयो । त्यसअघि आव २०७६/७७ मा आर्थिक वृद्धिदर –२.१ प्रतिशत ऋणात्मक थियो ।

IME BANK INNEWS
morang Auto yamaha

विश्वव्यापी महामारीले दुई वर्षदेखि आर्थिक वृद्धिदरमा नकारात्मक असर पर्दै आएको छ । गत दुई वर्षको जस्तै यो वर्ष पनि अर्थतन्त्रको सूचक र आर्थिक वृद्धिदर कमजोर नबनाउन अर्थविद्ले सुझाव दिएका छन् । महामारीका कारण फेरि स्मार्ट लकडाउन शुरू भइसकेको छ ।


Advertisment
NMB BANK
Saurya island

लामो समय आर्थिक गतिविधिलाई रोक्ने गरी अर्थतन्त्रका मुख्य गतिविधिमा प्रतिबन्ध लगाउँदा यो वर्ष पनि अर्थतन्त्रका सूचक खराब हुनसक्ने भएकाले समयमा नै सरकार जिम्मेवार हुनुपर्ने सुझाव अर्थविद्हरूको छ ।

चालू आर्थिक वर्षमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । चालू आवको अर्धवार्षिक प्रतिवेदन अनुसार सरकारी ढुकुटीबाट भएको पूँजीगत खर्च १३ प्रतिशत मात्रै छ । 

Vianet communication
Maruti inside

अहिलेसम्मको खर्च र सरकारले गर्ने पूँजीगत खर्च जम्मा ५० अर्ब मात्रै पुगेको देखिन्छ । जबकि यो वर्ष सरकारले गर्ने यस्तो खर्चको लक्ष्य भने ३ खर्ब ७८ अर्ब रुपैयाँ छ ।

दुई वर्षदेखि नै महामारीका कारण थलिएको अर्थतन्त्रका केही क्षेत्र लयमा फर्कन नपाउँदै पुनः ओमिक्रोनको चपेटामा पर्न थाल्नुले आर्थिक सूचक थप खराब हुन्छन् कि भन्ने चिन्ता गर्न थालिएको हो ।

गत वर्ष महामारीलाई नै बहाना बनाएर विकास निर्माणलाई गति दिन नसकेको सरकारले यो वर्ष ६ महिना बितिसक्दा पनि लक्ष्यको एकतिहाइ पनि पूँजीगत खर्च गर्न सकेको छैन ।

विकासे मन्त्रालयहरूले गर्ने खर्च कम हुँदा ६ महिनाको खर्च जम्मा १३.४४ प्रतिशत रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भएको ९ खर्ब ९९ अर्ब आयातको आँकडाले यो वर्ष बजेटको अंकभन्दा माथि व्यापार घाटा हुनसक्ने देखाएको पूर्व गभर्नर समेत रहेका अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले बताए ।

भन्सार विभागको तथ्यांक हेर्दा नेपालको व्यापार घाटा ६ महिनामा नै करीब ९ खर्ब पुगिसकेको छ । १० खर्बको आयात हुँदा नेपालले जम्मा १ खर्बको मात्रै निर्यात गर्न सकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनाको तथ्यांक अनुसार अर्थतन्त्रको सूचक अधिकांश नकारात्मक भएका छन् । विदेशी मुद्राको सञ्चिती १० खर्ब ३ करोड मात्रै छ ।

यसले जम्मा ७.५ महिनाको मात्रै आयात धान्न पुग्छ ।  रेमिट्यान्स घटिरहेको छ भने देश भित्रने र बाहिरिने रकमको अन्तर (शोधनान्तर स्थिति) १ खर्ब ९५ अर्ब घाटामा छ । 

महामारी नियन्त्रणसँगै उत्पादकत्व बढाउन सुझाव

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. गोविन्द पोखरेल अर्थतन्त्र सुधार्न सरकारले महामारी नियन्त्रणसँगै उत्पादकत्व बढाउन जोड दिनुपर्ने बताउँछन् ।

उनको बुझाइमा महामारी नियन्त्रण गर्न मान्छेको गतिविधिमा रोक लगाउँदा अर्थतन्त्रका अवयव चलायमान बनाउनुपर्छ भन्नेतर्फ पनि त्यत्तिकै ध्यान दिनुपर्छ । 

पोखरेलले भने, ‘सरकारले उत्पादन क्षेत्र, सेवा प्रदान र वस्तुको उत्पादन गर्ने व्यक्तिहरूलाई तुरुन्त खोपको व्यवस्था गर्नुपर्छ । जसले गर्दा सेवा प्रवाहमा कुनै असर नपरोस् ।’

सरकारले धेरै भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्न स्मार्ट लकडाउन गर्न थालिसकेको छ । जसका कारण रात्रिकालीन व्यवसाय, होटल, रेस्टुरेन्ट, सभा सम्मेलन, पार्कसहतिका गतिविधि अहिले बन्द भएका छन् ।

भीडभाडमा जाने व्यक्तिहरूलाई खोप लगाएर मात्र जान भनिएको पनि छ । साथै सरकारले भीडभाड नै हुन नदिने रणनीतिअनुसार २५ जनाभन्दा बढी भेला हुन दिएको छैन ।

यातायातका साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न थालिएको छ ।

सरकारले लगाउने प्रतिबन्ध र यसका लागि अपनाउने व्यवस्थाले हाम्रो अर्थतन्त्रको सिस्टममा तनाव सिर्जना हुन थालेको पोखरेलको बुझाइ छ । अर्थतन्त्र त मजदुर घरमा सुत्दा, कर्मचारी कार्यालय नजाँदा, निर्माण क्षेत्रमा केही मजदुर नपुग्दा पनि बलियोसँग चलिरहेको हुनुपर्छ ।

सीमित क्षेत्र र व्यक्ति उपस्थित हुन नसक्दा मान्छेको उत्पादकत्व घट्न सक्छ, तर त्यसलाई पूर्ति गर्ने मेकानिजमले सपोर्ट दिएर राखेको हुनुपर्ने तर्क पोखरेलको छ ।

अहिलेको असहज अवस्थामा सरकारले कम भीडभाड हुने क्षेत्रमा काम बढाउने, सोही अनुसार मजदूर खटाएर राजमार्गसहितको निर्माण क्षेत्रमा जनशक्ति प्रयोग गर्नुपर्ने हुन्छ । 

तत्कालको आवाश्यकता अनुसार तरकारी ढुवानी, निर्माण सामग्रीसहितमा कमी कमजोरी दिन नदिन बलियो संयन्त्र बनाउनुपर्ने तर्क पनि अर्थशास्त्री पोखरेलको छ । 

पोखरेलले अहिले खाद्यान्नसहितका विभिन्न सेवा अनलाइनबाट हुन थालेकाले यसैको मात्रै भएपनि प्रबद्र्धन गर्दा उक्त क्षेत्रको विकासमा ठूलो फड्को हुनसक्ने तर्क समेत गरे ।

चलायमान सिस्टम बनाउँदा दैनिक गतिविधि नरोकिने र आर्थिक गतिविधि पनि चल्नुपर्ने हुन्छ ।

त्यसपछि दीर्घकालीन योजनाअन्तर्गत व्यापक रूपमा उत्पादन बढाउने काम गर्नुपर्छ । अहिले बढेको आयात प्रतिस्थापन गर्न गाउँगाउँबाट योजना शुरू गर्नुपर्ने सुझाव पनि अर्थशास्त्री पोखरेलको छ ।

बजेटभन्दा ठूलो व्यापार घाटा हुन सक्ने

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भएको ९ खर्ब ९९ अर्ब आयातको आँकडाले यो वर्ष बजेटको अंकभन्दा माथि व्यापार घाटा हुनसक्ने देखाएको पूर्व गभर्नर समेत रहेका अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले बताए ।

उनका अनुसार अहिलेकै हिसाबले एक वर्षमा २० खर्बको आयात हुने भयो । यस्तो आयात नेपालको वार्षिक १६ खर्ब बजेटको आकारभन्दा बढी घाटामा हुने देखिन्छ ।

अहिलेकै गतिमा आयात बढ्ने हो भने यो वर्ष बजेटभन्दा पनि चार खर्ब बढीको बजेट घाटा हुने क्षेत्रीको अनुमान छ । नेपालीले जबसम्म विलासिताको वस्तु प्रयोगमा नियन्त्रण गर्दैनन् र अधिक उपभोग्य वस्तुको खपत कम गर्दैनन्, तबसम्म व्यापार घाटा घट्ने अवस्था आफूले नदेखेको उनले बताए ।

विलासिताको वस्तुमा पर्ने सुन आयात अहिले नै ३१ अर्बभन्दा बढीको भइसकेको छ ।

हाल दैनिक २० किलो सुन वैधानिक बाटोबाटै आउँछ । यस्तो सुन एक वर्षको आयातलाई एकै ठाउँमा राख्ने हो भने घरै सुनैसुनको बन्न पुग्नेगरी आइसकेको बुझाइ क्षेत्रीको छ ।

यस्तो विलासिताका धेरै वस्तु आयातको तथ्यांक हेरेरै आनन्द मानेर बसिरहेकाले पनि अर्थतन्त्रको सूचकलाई खराबतर्फ धकेलिरहेको तर्क क्षेत्रीको छ ।

नेपालमा भएको उपभोगको खर्च मात्रै हेर्ने हो भने पनि अघिल्लो वर्ष एक खर्ब बराबरको मात्रै थियो । पछिल्ला एक वर्षमा यस्तो तथ्यांक ४१५ प्रतिशतले बढेर ७ खर्ब पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । उपभोग्य वस्तुमा भएको यस्तो अस्वाभाविक वृद्धि नै अत्यासलाग्दो हो भने नेपाली धेरै खर्चालु भए भन्ने पनि देखिन्छ ।

अर्थतन्त्रलाई अहिलेको भन्दा थप खराब नबनाउने हो भने तत्कालै अल्पकालीन योजना र दीर्घकालीन योजना बनाएर सरकारले द्रुत गतिमा काम गर्नुपर्ने हुन्छ ।

अहिले ज्यान बचाउँदै अर्थतन्त्र पनि जोगाउनुपर्ने चुनौती राज्यसामु छ । अहिले अर्थतन्त्र जोगाउन नसके भोलि के खाने, कहाँ जाने ?भन्ने चिन्ता शुरू हुन सक्ने तर्क अर्थविद् क्षेत्रीको छ ।

सरकारले ल्याएको योजना कार्यान्वयनमा दृढतापूर्वक कार्यान्वयन गर्ने, दीर्घकालीन योजना बनाएर काम गर्ने र सधै ४०/५० लाख नेपाली जनशक्तिलाई बाहिर नराख्ने गरी काम गर्ने हो भने अर्थतन्त्रमा सुधारको संकेत छिटो आउन सक्ने बुझाई यस क्षेत्रका जानकारहरूको छ ।

सरकारले ल्याएका योजनाको कार्यान्वयन प्रभावकारी बनाउँदै जाने, पुँजीगत खर्च बढाउने र इमान्दारिता देखाउँदै अरूलाई पनि विश्वासमा लिएर काम गर्ने हो भने अर्थतन्त्र थप बिग्रिन नपाउने तर्क अर्थशास्त्रीहरूको छ ।

सरकारले ल्याएका योजनाको कार्यान्वयन प्रभावकारी बनाउँदै जाने, पुँजीगत खर्च बढाउने र इमान्दारिता देखाउँदै अरूलाई पनि विश्वासमा लिएर काम गर्ने हो भने अर्थतन्त्र थप बिग्रिन नपाउने तर्क अर्थशास्त्रीहरूको छ ।

अहिले विदेशी मुद्रा सञ्चिती घट्नुलाई चिन्ताको विषयका रूपमा लिइएको छ । यसलाई बढाउनका लागि निर्यात बढाउने र आयात घटाउनुपर्ने हुन्छ ।

अर्थशास्त्री डिल्लीराज खनाल पनि अहिलेको अल्पकालीन प्रयास खोपको मात्रा बढाउँदै उद्योग व्यवसायलाई प्रतिकूल अवस्था आउन नदिनु नै उपयुक्त विकल्प भएको तर्क गर्छन् ।

उनका अनुसार अहिलेदेखि जहाँ बिग्रियो र कमजोरी भयो भन्ने छ त्यही ठाउँमा सुधार गर्दै जाने हो भने सुधारका सम्भावना पर्याप्त रहेको बुझाइ खनालको छ । 

खनालले भने, ‘समस्या आएको छ भने समाधानका उपाय पनि पक्कै हुन्छ । सरकारले दीर्घकालीन योजना बनाउने र कार्यान्वयन पक्ष बलियो हुने हो भने छोटो समयमा नै नेपालको अर्थतन्त्र रिकभरी हुन सक्छ ।’

खनालका अनुसार यसअघि दुई वर्षदेखि थलिएको अर्थतन्त्र बाउन्स ब्याक भइसकेको थियो ।

अहिलेको सरकारको नीति लकडाउन नगर्ने तर महामारी नियन्त्रण गरेर जाने नै देखिएकाले अहिले नै यसै हुन्छ भनेर भनिहाल्न नसकिने र यसका लागि लामो बहस आवश्यक पर्ने खनालको तर्क छ ।

NLIC
TATA Below
बैशाख २६, २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी  छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध व...

बैशाख २७, २०७९

सरकारले समयमै काम पूरा नगर्ने विभिन्न ७ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सरकारी निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलवार कालोसूचीमा राखेको ...

बैशाख २९, २०७९

हरेक पटक हुने चुनावमा अनौपचारिक अर्थतन्त्र फस्टाउने गर्छ । चुनावका बेला राजनीतिक दलले बोरामा थुपारेर राखेको पैसा निकाल्ने समय भन्ने पनि गरिन्छ । त्यसो हुँदा राजनीतिक दलले चुनावी माहोल सिर्जन गर्न गाउँगाउँस...

बैशाख २८, २०७९

आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु  निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७८/७९ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चाल...

बैशाख ३१, २०७९

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रुपैयाँ बढाएको हो । ...

बैशाख ३०, २०७९

लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रूपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् ।  देशभर आज स्थानीय तहको निर्वाचन भएको हो ।  निर्वाचनमा सक्रिय सहभागिता ...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x