भदौ १, २०७९
बुटवलबाट बेलहिया (सुनौली) अहिले २० मिनेटमा पुगिन्छ तर सिद्धार्थ राजमार्गमा पर्ने व्यापारिक मार्ग नाम दिइएको २७ किलोमिटरको सडक विस्तार हुनुअघि सवा घण्टा लाग्थ्यो । चिल्ला र फराकिला सडकका स्थानीय रुटमा अहिले व्...
बुटवल | फागुन ७, २०७८
रूपन्देहीको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशका २ पुराना शहर बुटवल र सिद्धार्थनगर (भैरहवा) बीचको नयाँ नगरपालिका । उत्तरी छिमेकी उपमहानगर बुटवलले यहीँ फागुन ३ गते स्थापनाको ६३औं वर्षगाँठ मनाउँदै गर्दा तिलोत्तमा नगरपालिकामा रूपान्तरण भएको बल्ल सातौं वर्षमा प्रवेश गरेको छ ।
तर स्थापनाको छोटो समयमा तिलोत्तमाले छिमेकी पुराना शहरलाई सामाजिक विकास, शहरी सौन्दर्य, पूर्वाधारमा पछाडि पारेको मात्र छैन, आफूलाई एउटा अब्बल, उत्कृष्ट, नमूना नगरको रूपमा स्थापित गरिसकेको छ ।
यहीँ नगरपालिकालाई नेतृत्व प्रदान गरिरहेका ‘डायनामिक लिडर’ हुन् बासुदेव घिमिरे । तिलोत्तमा नगरलाई विकासको तीव्र गति र सुस्पष्ट खाँकामा हिँडाउन बासुदेव सफल भएका छन् ।
बासुदेव नेकपा एमालेका नेता हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनले निकै लामो रस्साकस्सीपछि पार्टीबाट मेयरको टिकट पाए । नेपाली कांग्रेसले स्थानीय स्तरमा राम्रै जनमत भएको राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी गठबन्धन गर्यो । यतिसम्मकी जनमुक्ति पार्टीले आफ्नो चुनाव चिह्न छाडेर कांग्रेसकै चुनाव चिह्नमा उम्मेदवारी दियो । यत्ति कसिलो गठबन्धनलाई पाखा लगाउँदै एमालेका अधिकांश उम्मेदवारले जीत निकाले ।
बासुदेवले नगर प्रमुखको पदबहाली गर्दा नगरपालिकाको आफ्नो भवन थिएन । कर्मचारीहरू पर्याप्त थिएनन् । काम गर्ने ‘सिस्टम’ थिएन । किनकि नगरपालिका नयाँ थियो । नगर प्रमुखमा विजय भएसँगै बासुदेवले घोषणा गरे – अबको ५ वर्ष मैले पूर्णकालीन रूपमा नगरपालिकामा लगाउँछु ।
उनले यस्तो घोषणा गर्नुको एउटै कारण थियो, उनी विभिन्न संघ–संस्था, बैंक–वित्तीय संस्था, व्यावसायिक प्रतिष्ठानको नेतृत्वमा थिए । उनले सबै ठाउँको जिम्मेवारी छाडेर नगरपालिकाको काममै आफूलाई पूर्ण केन्द्रित गराए ।
प्रदेश सरकारले कानून बनाएर स्थानीय जनप्रतिनिधिलाई पारिश्रमिक दिने व्यवस्था गर्यो तर बासुदेवले त्यो रकम आफूले लिएनन् । सो रकमबाट नगरका सामुदायिक विद्यालयका जेहेन्दार, गरीब विद्यार्थीलाई छात्रवृत्ति दिए ।
उनले दिनरात नगरकै विकासबारेमा सोंचे । यो अवधिमा उनले जे गरे, दत्तचित्त भएर गरे । त्यसैले तिलोत्तमा आज मुलुकको नमूना नगर भएको छ । मुलुकका अन्य पालिकाका लागि सिकाइ केन्द्र बनेको छ ।
बासुदेवले नगरवासीको यति साथ, सहयोग र समर्थन पाए कि उनले जनसहभागितामा आधारित रहेर नगरलाई खुला पोलिथिन शून्य नगर बनाउन सफल भए । नगरमा थुप्रिएको कैयौ टन पोलिथिन संकलन गरेर व्यवस्थापन गरियो ।
नगर सरसफाइको हरेक श्रृंखलामा उनले सहभागिता जनाए, नगरवासी सँगसँगै निरन्तर सरसफाई अभियानमा लागे । यहीँ कारण उनले तिलोत्तमालाई नेपालकै पहिलो पूर्णसरसफाई नगरपालिका बनाउन सफल भए ।
बासुदेवले उद्घोष गरे – सामुदायिक विद्यालय र संस्थागत विद्यालयको हैसियत एउटै बनाउनुपर्छ, कोही पनि अभिभावकले बाध्य भएर आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाउन नपरोस् । तर कसरी ?
उनले योजना ल्याए – सामुदायिक विद्यालयमा निःशुल्क दिवा खाजा, कलर कोड, दरबन्दी कम भएका विद्यालयमा नगरपालिकाको तर्फबाट दरबन्दी, छात्रालाई निःशुल्क स्यानेटरी प्याड, यातायात सेवा, बालविकास केन्द्रका सहजकर्तालाई थप पारिश्रमिक, हरेक विद्यालयमा आकर्षक बालविकास केन्द्र, आदि–आदि ।
सुधारका यी र यस्तै कार्यक्रमले अहिले यहाँ निजी छाडेर सामुदायिक विद्यालय रोज्नेको लर्को छ, अभिभावक दंग छन् ।
बासुदेव नगरवासीको कुरा सुन्छन्, राम्रो सुझाव आए कार्यान्वयन गर्छन् । ट्राफिक लाइट व्यवस्थापन, शहरी सौन्दर्य, लाइटिङ लगायतका कामहरू अरुका लागि अनुकरणीय बनेका छन् । तिलोत्तमाले शुरू गरेको सामुदायिक विद्यालयमा निःशुल्क दिवा खाजा, छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड अहिले संघीय सरकारको कार्यक्रममा परेको छ ।
तिलोत्तमाबाट शुरू भएको रगतको सेवा शुल्क भुक्तानी गर्ने अर्थात् निःशुल्क रगतको अवधारणालाई अरुले समेत पछ्याएका छन् । यस्ता थुप्रै काम छन् जसले तिलोत्तमाको पहिचान बनाएको छ ।
पछिल्लो ५ वर्षमा तिलोत्तमा वास्तवमै ‘कायापलट’ भएको छ । नेतृत्वको सुझबुझपूर्ण कामले तिलोत्तमाले राष्ट्रिय पहिचान मात्र बनाएन, कैयौ पुराना शहरलाई विकासमा माथ दिएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, शहरी सौन्दर्य, वातावरण लगायत आर्थिक तथा सामाजिक क्षेत्रमा नगर प्रमुख घिमिरे नेतृत्वको टीमले उल्लेख्य काम गरेको छ । यहीँ कामको मूल्यांकनको आधारमा तिलोत्तमाले उत्कृष्ट नगरपालिकाको पुरस्कार समेत प्राप्त गरेको छ ।
स्थानीय कानून निर्माण गर्ने तिलोत्तमा मुलुकको पहिलो स्थानीय तह मात्र होइन, ५१ वटा सूचक पार गर्ने तिलोत्तमा पहिलो बालमैत्री नगरपालिका समेत हुन सफल भएको छ । काठमाडौं बाहिर लगानी सम्मेलन गर्ने तिलोत्तमा नै हो ।
शहरी सौन्दर्यमा तिलोत्तमाले अघि बढाएका कामहरू अन्य पालिकाका लागि सिकाइ समेत भएका छन् । नगरवासीको साथ, सहयोगले अघि बढेको घिमिरे नेतृत्वको टीमको कामलाई प्रतिपक्षी दलले समेत सहयोग गर्दै आएको छ । नेतृत्वले चाहँदा परिवर्तन सम्भव छ भन्ने कुरा घिमिरेले देखाएका छन् ।
बासुदेवले तिलोत्तमामा यस्तो परिवर्तन कसरी गराए ? एउटा पक्ष भनेको उनले दत्तचित्त भएर काम गरे । उनले विकास र परिवर्तनबाहेक अरु देखेनन् । अर्को हो उनको स्पष्ट भिजन ।
उनी देश–विदेशको अनुभव संगालेका व्यक्ति हुन् । उनी कुनै समय रोजगारीका लागि दक्षिण कोरिया समेत पुगेका थिए । उनले निकटवर्तीसँग भन्छन् – मैले श्रमको महत्त्व, श्रमलाई गर्नुपर्ने सम्मान र काम गरे सम्भव छ भन्ने कुरा त्यहीँबाट सिकेको हुँ । हुन पनि उनलाई खास नपुग्दो छैन, आर्थिक रूपमा उनी सम्पन्न नै छन् तर उनको आजसम्मको दिनचर्यामा बिहान गाई दुहुनेदेखि खेतीपाती गर्नेसम्म पर्छ । अर्थात् उनी श्रममा विश्वास गर्छन् ।
उनी कामलाई यतिसम्म ‘फलोअप’ गर्छन् कि सम्बन्धित कर्मचारीबाट कामबारे निरन्तर रिपोर्टिङ लिन्छन् । उनको सचिवालयका कर्मचारीको अनुभव छ – उहाँलाई नतिजामुखी काम चाहिन्छ ।
बासुदेवले नेकपा एमालेको राजनीतिक यात्रा २०४८ सालबाट शुरू गरेका हुन् । उनले २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरे । तत्कालीन प्ररायु संघ नेपाल (हाल युवा संघ नेपाल) को विभिन्न कमिटी हुँदै केन्द्रीय कमिटीसम्मको जिम्मेवारी बहन गरे । नेकपा एमालेका विभिन्न कमिटी हुँदै ३ कार्यकाल जिल्ला कमिटी रुपन्देहीको जिम्मेवारी प्राप्त गरेका उनी केन्द्रीय स्थानीय विभाग सदस्य समेत भए ।
आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तय भएको छ । तिलोत्तमामा बासुदेव नेतृत्वको वर्तमान टीमले उत्कृष्ट काम गरिरहँदा अबको निर्वाचनपछि कस्तो टीम आउँला भन्ने धेरैलाई जिज्ञासा छ ।
नेकपा एमालेले कसलाई टिकट दिन्छ भन्ने कुरा अहिले सबैतिर चासो छ । राम्रो काम गरेकाले थप १ कार्यकाल नगर प्रमुखको टिकट बासुदेव घिमिरेलाई नै दिनुपर्ने मत पनि छ । पालिकामा परितवर्ननका धेरै काम अघि बढेकाले त्यसलाई संस्थागत बनाउन थप ५ वर्ष उनलाई जिम्मेवारी दिनुपर्छ भन्ने कुरा समेत उठेको छ तर कतिपयले उनलाई प्रदेश वा संघमा पठाएर काम गर्ने फराकिलो ठाउँ दिनुपर्ने मत राखेका छन् ।
नगर प्रमुख घिमिरेले आफ्नो उम्मेदवारीका सन्दर्भमा स्पष्ट कुरा त सार्वजनिक गरेका छैनन् तर पार्टीले टिकट दिँदा त्यो जिम्मेवारी पूरा गर्ने निकटवर्तीसँग बताउने गरेका छन् । यसको अर्थ उनी आगामी निर्वाचनमा प्रमुखको उम्मेदवार बन्न तयार देखिन्छन् तर पार्टीले उनलाई रोज्छ वा अरुलाई ? त्यो समयक्रमले नै देखाउने छ ।
बुटवलबाट बेलहिया (सुनौली) अहिले २० मिनेटमा पुगिन्छ तर सिद्धार्थ राजमार्गमा पर्ने व्यापारिक मार्ग नाम दिइएको २७ किलोमिटरको सडक विस्तार हुनुअघि सवा घण्टा लाग्थ्यो । चिल्ला र फराकिला सडकका स्थानीय रुटमा अहिले व्...
धरान घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईं बिहान ६ बजे फोहर संकलनका लागि निस्कन्छन् । विगत ३ वर्षदेखि उनको दिनचर्या यसरी नै चलिरहेको छ । बिहान ६ बजे मध्यपुरथि...
धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिर समेत निर्यात हुन थालेको छ । जिल्लामा वर्षभरमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रह...
दरिलो अठोट र इच्छाशक्ति भएकी प्रतिमा पन्थले सफलताको शिखर चुमेकी छन् । रूपन्देहीको तिलोत्तमाकी पन्थलाई पाइला–पाइलाको तिरस्कारले झनै सफल बनाएको छ । पीडाको पहाड जितेर उनी सफलतामा पुगेकी हुन् । ति...
देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुल समेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग २ वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्...
सवारीसाधन चलाउने चालकको काम संवेदनशील हुन्छ । त्यसमा पनि विशिष्ट पदधारण गरेका व्यक्तित्व सवार हुने सवारीसाधन चलाउने चालकका लागि विशेष अनुशासन र संवेदनशीलता हुन्छन् । १ नम्बर प्रदेशमा भीआईपी मध्येकै पद मुख्य...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...