भदौ ३, २०७९
सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरूको स्वागतमा आय...
पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए ।
बक्यौँता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नुपर्ने बक्यौँता रकम नबुझाएका कारण आज पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए ।
उनले भने, “सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम बुझाउन हामीले तीन क्यासिनो कम्पनीलाई पाँच दिनको समय दिएका थियौँ, उहाँहरूले बक्यौँता नबुझाएकाले बन्द गराउनका लागि पत्राचार गरेका हौँ ।”
पर्यटन विभागले दिएको जानकारीअनुसार रक इन्टरनेशनल प्रालि काठमाडौँको रु ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको रु ३० करोड १७ लाख र ओरियन्टल होटल्स (¥याडिसन होटल) लाजिम्पाटको नाममा रु ३० करोड सरकारलाई क्यासिनो सञ्चालन बापत तीर्नुपर्ने बक्यौता बाँकी छ ।
पटकपटक बक्यौता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्रचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम ती कम्पनीका इजाजतपत्र/अनुमतिपत्र रद्ध गरिएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ सम्मको नियमित रोयल्टी र नवीकरण रु ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ । हालसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा रु ८७ करोड राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरूको स्वागतमा आय...
भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय अर्थमन्त्री निर्मला सिथारमनसँग भेट गरेका छन् । बुधवार भएको राजदूत शर्मा र अर्थमन्त्री सिथारमनबीचको भेटमा वित्तीय अवस्थाको सुदृढ पार्ने विषयमा छलफल भएको छ । छल...
पछिल्लो समय ठूला सहकारी साधारण बचतकर्ताको रकम झ्वाम पारेर सम्पर्कमा नआउनु समग्र सहकारी क्षेत्रकै लागि टाउको दुखाइको विषय बन्न पुगेको छ । सर्वसाधारणबाट बचत संकलन गरेका यस्ता सहकारी छिटो प्रतिफलको लोभ र सञ्चाल...
स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बंगुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम शुरू गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पक...
नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसंग वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानून ल्याउन माग गरेको छ । भाद्र १ गते संघले ‘नेपालमा बैदेशिक लगानी आउनमा बाधक बौद्धिक सम्पत्ति...
चितवनको भरतपुर महानगरपालिकाले बेरुजु फर्छ्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । संघसंस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी ब...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...